
सर्लाही,असाेज-२०,जिल्लाको रामनगर गाउँपालिकामा नेपाली कांग्रेस रामनगर गाउपलिका- १ को आयोजना शनिवार (आज) शुभकामना आदानप्रदान तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।
रामनगर गाउँपालिका-१,मा वैजनाथ सहनीको सभापतित्व तथा मधेस प्रदेश सरकारका स्वास्थ तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहकाे प्रमुख आतिथ्यतामा विजया दशमी, दिपावली एवम् छठ पर्वको शुभकामना आदानप्रदान गरिएको हाे ।

कार्यक्रममा मन्त्री सिंहले मधेस प्रदेशमा स्वास्थ सेवा सुलभ ढंगले बिस्तारमा गर्न आफू प्रयासरत रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह,पूर्व सभापति एवम् पूर्व मन्त्री नागेन्द्र कुमार यादवकाे विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य उपेन्द्र सिंह कुशहवा, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह नेपाली काङ्ग्रेस सर्लाही क्षेत्र नं ४ का सभापति तथा धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साहलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले आउदै गरेको चाडपर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव वृद्धि हुने विश्वास व्यक्त गरेकाले थिए ।

कार्यक्रममा १०० भन्दा बढि व्यक्ति विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका खैर्वा गाउँ इकाई सभापति वैजनाथ सहनीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
माैसम प्रतिकुल भएपनि कार्यक्रममा उल्लेखिय कार्यकर्ताकाे सहभागिता रहेको आयाेजकले जनाएको छ ।