ईश्वरपु, जेठ ११ —सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयरसहित ५८ जनामा कोरोना संक्रमण देखिए पछि नगरपालिका सिल गरिएको छ । मेयरसहित कर्मचारी, वडाध्यक्ष, वडासदस्य, नगर क्षेत्रभित्रका विभिन्न बैंकका कर्मचारी तथा व्यापारीहरूमा संक्रमण देखिएको हो ।
जेठ ६ गते ईश्वरपुर नगरपालिका ७ बर्थिङ सेन्टरमा १ सय २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला जनकपुर पठाइएकोमा ईश्वरपुर नगरपालिकाका मेयर सहित ५८ जनामा कोरोना पुष्टि भएको छ।
संक्रमण पुष्टि भएपछि ईश्वरपुर नगरपालिका ७२ घण्टाका लागि सिल गरिएको नगर प्रमुख मनोज देवकोटाले चियोचर्चो खबरलाई जानकारी दिए । नगर प्रमुख देवकोटाका अनुसार थप संक्रमण फैलिन नदिन ईश्वरपुर नगरपालिकालाई जेठ ११, देखि १३ गतेसम्म ७२ घण्टा सिल गरिने छ ।