जेठ,१०—नेपाल विध्यार्थी संघ सर्लाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक,अलोकतान्त्रिक,स्वेच्छाचारी,निरंकुश र प्रतिगमनकारी कदम चालेको भन्दै सोमवार (आज) बिहान सर्लाहीको लालबन्दी स्थित पूर्व पश्चिम राजमार्गमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

निहरुले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कादमको बिरोध गर्दै केहिवेर राजमार्गमा नारावाजी गर्दै प्रर्दशन गरेका थिए । नेविसंघ सर्लाहीका नेताहरु युबराज देवकोटा, मनोज बख्रेल, कृष्ण कार्कीको नेतृत्वमा पुत्ला दहन गरिएको जनज्योति वहुमुखी क्याम्पसका कार्यवहाक सभापति अभिमन्यु चौधरीले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति प्रशान्त आचार्य, विपी कोइराला युवा नेतृत्व विकास मञ्च सर्लाहीका संस्थापक अध्यक्ष मनोज बख्रेल, जीपी फाउन्डेसन लालबन्दी अध्यक्ष कल्याण पुरी, काठमाण्डौमा रही विध्यार्थी राजनीति गर्दै आएका राजेश काफ्ले, प्रवेश ढुंगाना, शशि कुमार यादव लगायतको सहभागिता रहेको थियो ।


पुत्ला दहन पछि आफ्नो मन्तव्य राख्दै विध्यार्थी नेता देवकोटाले ओली तानाशाह बन्दै गएका र मपाइत्वमा मैमत्त भएको भन्दै सवै लोकतान्त्रिक शक्तिहरुलाई प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गर्न आग्रह गरे । अर्का विध्यार्थी नेता मनोज बख्रेलले वीपीले परिकल्पना गरेको समाजवादी समाज र प्रजातान्तिक मुल्य मान्यताको विरुद्दमा प्रधानमन्त्री र राष्ट्रपतिले हिटलर प्रवृत्तिमा शासन गर्न खोजेको भन्दै आक्रोश पोखे ।