प्रतिकात्मक पुत्ला दहन गर्दै .माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लुमडी प्रसाद धिमाल (लोचन) ।तस्विर साैजन्य :श्याम श्रेष्ठ ।

लालबन्दी, जेठ ९—नेकपा माओवादी केन्द्र ललाबन्दीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक,अलोकतान्त्रिक,स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कदमको विरोधमा पुत्ला दहन गरिएको माओवादी केन्द्र लालबन्दीले जनाएको छ ।
डुमडुमे मन्दिर दक्षिण पट्टी रहेको प्रतिक्षालय अगाडि आईतवार (आज) दिउसो पुत्ला दहन गरिएको युवा नेता श्याम श्रेष्ठले चियोचर्चो खबरलाई जानकारी दिए । पुत्ला दहन कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लुमडी प्रसाद धिमाल (लोचन) नगर सचिव लेखराम जर्गा (अर्जुन ) वाईसीएल केन्द्रिय सदस्य शुक्र लामा वाईसीएल लालबन्दी प्रमुख समिर बराईली लगाएको सहभागिता रहेको थियो ।
पुत्ला दहन पछि उनिहरुले प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक,अलोकतान्त्रिक,स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कदमको विरोधमा नारावाजी गरेका थिए ।