लालबन्दी, जेठ ९—सर्लाहीको लालबन्दी नगरपालिका–९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आईतवार (आज) औधी तथा भिटामीनहरु प्रदान गरिएको छ ।
लालबन्दी नगरपालिका वडा नं.९ का सन्तोष बराल , काठमाण्डौंका ज्ञानी भट्टराई र लालबन्दी –८ का वडा अध्यक्ष राजन श्रेष्ठले लालबन्दी —९ का वडाध्यक्ष गोपाल घिमिरे र स्वास्थ केन्द्र प्रमुख डा. प्रगति रानालाई करिव १ लाख बरावरको औषधी तथा औषधी जन्य सामग्री हस्तान्तरण गरेका हुन ।
लालबन्दी ९ स्थायी घर भएका बराल ललितपुरको इमाडोलमा औषधी व्यवसा गर्छन भने ज्ञानी भट्टराई शाही औषधी लिमिटेडमा कार्यरत छन् ,उनिहरुले भिटाभीन, रुगाखोकीको औषधी तथा वडा अध्यक्ष श्रेष्ठले २० कार्टुन पानी प्रदान गरेका हुन ।
कोरोना महाव्याधिको बिच सहयो प्रदान गर्ने दाता तथा समन्वयकारी भुमिका निर्वाह गर्ने समाजसेवी युवा श्याम श्रेष्ठलाई लालबन्दी ९ का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेले धन्यवाद ज्ञापन गरेका छन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लुमडी प्रसाद धिमाल (लोचन) नगर सचिव लेखराम जर्गा (अर्जुन ) भिम काफ्ले (सुबास) नबराज पौडेल , रमा काफ्ले, लगायतको सहभागिता रहेको थियो ।
Home मुख्य समाचार प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई साजसेवी युवाद्वारा औधी, भिटामीन र पानी प्रदान