जेठ ८—सर्लाहीमा पनि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२१ मनाईएको छ । डिभिजन वन कार्यालय सर्लाहीले शनिवार १ सय २५ वटा फलफुलको विरुवा रोपेर दिवस मनाएको हो । कोभिड महाव्याधिलाई मध्यनजर गर्दै भौतिक दुरी कार्यम गरी दिवस मनाईएको कर्यालय प्रमुख माधव प्रसाद देवले जानकारी दिए । यस अवसरमा बिभिन्न सामुदायिक वन उपभोक्ता समुहका पधाधिकारी वन कर्मचारीहरुको सभागिता रहेकाे डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
हरेक वर्षको मे २२ मा विश्व समुदायले जैविक विभिदता दिवसका रुपमा मनाँउदै आएका छन् । यस वर्ष पनि जैविकविविधताको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाईएको छ । सन् १९९२ मे २२ माब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी बिषय अगाडि बढाउने निर्णय गरेसंगै सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउन थालिएको हो । नेपालमा भनेँ जैविक विभिदतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार ब्याख्या गरिएको छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।