लालबन्दी, जेठ ८– सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल कातारमा कार्यरत दिनेश खत्री (पौडेल)ले शनिवार (आज ) बिहान सर्लाहीको लालबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् ।
खत्रीले लालबन्दी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपाल घिमिर र आफ्ना परिवारका सदस्य मार्फत स्वास्थ केन्द्र प्रमुख डा. प्रगति रानालाई दुईलाख ११ हजार सातसय रुपैंया बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन ।
खत्रीले कोरोना महाव्याधिबाट लालबन्दी नगरबासीलाई जोगाउन उद्देश्यले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ३० थान, गाउन ३० थान, थर्मल गन १० थान, सर्जिकल माक्स ४ हजार थान, क्लोरिन पाउडर १० केजी, केएन ९५ मास्क २ सय थान, टप ग्लोब्स ३० प्याकेट, पल्स अक्सो मिटर १० थान र १०० लिटर सेनिटाईजर प्रदान गरेको लालबन्दी नगरपालका वडा नं. ९ का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले जानकारी दिए ।
लालबन्दी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपाल घिमिरे, वडा नं. ७ का वडाध्यक्ष न्यौपाने, स्वास्थ केन्द्र प्रमुख डा. प्रगति राना, डा. हर्ष नारायण साह, हेल्थ असिस्टेण्ट राजकुमार सिंह, दिपेश कुमार पाख्रिन, वडा सदस्य सन्तोष पौडेल लगायतको उपस्थितीमा मनकारी दाता खत्रीकी श्रीमती जुना पौडेल खत्री, बुवा कमल बहादुर खत्री, आमा चन्द्रमाया खत्री, काका काकी जगत बहादुर र खड्ग माया खत्री, भाउजु शान्ता पौडेल लगायतले सामग्री हस्तान्तरण गरेका हुन् ।
खत्रीले गतवर्ष पनि नगरपालिकालाई थ्रोट स्वाब संकलन गर्नका लागि दुई लाख रुपैंया भन्दा बढीको किट प्रदान गरेको थिए । विषम परिस्थितीमा व्यक्तिगत कमाईबाट स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेर नगरपालिकालाई ठूलो गुन लगाएको भन्दै वडाध्यक्ष घिमिरेले खत्री परिवारप्रति आभार प्रकट गरेको कार्यक्रममा सहभागी विध्यार्थी नेता मनोज बख्रेलले जानकारी दिए ।