मलंगवा, जेठ ८—सर्लाहीको बरहथवामा शुक्रवार करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । बरहथवा नगरपालिका वडा नं.–१५ पिपराभित्ता स्थित सुकुम्बासी टोलका परिसर सहनीको छोरा अन्दाजी १५ वर्षीय किशोर रामु सहनीको करेन्ट लागेर ज्यान गएको हो ।
मृतक सहनी आफ्नै घरमा बत्ती जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । उनको उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बरहथवामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।मृतकको लास पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा ल्याईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।