कृष्ण थपलिया/हरिवन
जेठ ७—आफन्तबाट तिरस्कृतभई सडकामा नारकिय जीवन बिताईरहेकाहरुलाई आश्रय दिदै आएको सर्लाहीको हरिवन नगरपालिका ९ मा सञ्चालनमा रहेको मानवसेवा आश्रम यतिखेर आफै संकटमा परेको छ ।
कोभिडका कारण देशमा जारी निषेधाज्ञा पछि मानिसको आवागमनमा कमिआएसंगै बिभिन्न मनकारी व्यक्तिहरुको सहयोगबाट सञ्चालनमा रहेको मानवसेवा आश्रम संकटमा परेको हो ।
गयको पुस महिना देखि प्रदेश नम्बर दुईकै ठूलो तथा १५ औँ जिल्ला शाखा तथा २२ आँै सेल्टरको रुपमा स्थापना भएको मानवसेवा आश्रमले बेसहारा भई सडकमा भौतारी रहेका ६३ जनालाई आश्रय दिदै आएको छ ।
आश्रमका आश्रितहरुका लागि दैनीक ३० केजी चामल, मासिक ६० केजी दाल, ६० लिटर तेल, चिनी,चियापत्ति र आश्रित धेरै मानसिक रोगी भएकाले उनिहरुको औषधोपचार तथा सरसफाईका सामग्रीको लागि दैनीक २ हजार खर्च हुनेगरेको आश्रमका संस्थापक केन्द्रीय उपाध्यक्ष धर्मप्रसाद पौडेलले चियोचर्चो खबरसंग बताए ।
पौडेलका अनुसार चालु आर्थिक वर्षमा हरिवन नगरपालिकाले उपलब्ध गराएको २ लाख ५० हजारबाट भदौ महिना सम्मको लागि घर भाडा तिरेको भए पनि निषेधाज्ञा जारी भएसंगै संकट श्रृजना भएको छ । आश्रममा कार्यरत कार्यलय सचिव, स्वास्थ्यकर्मी,सफाईकर्मी सुरक्षा गार्डको मासिक तलव दिन नसकिएको पौडेलले बताए । आश्रममा तलव बापत ७० जहार खर्च हुदै आएको छ ।
आश्रममा आश्रित प्रायः मानसिक तथा दीर्घ रोगीहरु रहेकाले कोरोना महाव्याधिको बेला अक्सिज सिलिन्डर र अन्य स्वास्थ्य सामग्रीको आवस्यक भएपनि त्यसको व्यवस्थापन हुन नसकेकाले मनकारी महानुभावलाई सहयोग गरिदिन आश्रमले अपिल गरेको छ । पछिल्लो समय आश्रममा आश्रितहरुमा मोतिबिन्दु तथा हर्नियाको समस्या समेत देखापरेकाले तत्काल उपचारमा जुटिदिन आश्रमले अनुरोध गरेको छ ।
कोरोना महाव्याधि अघि आश्रममा जन्मदिन, बैवाहिक वर्षगाँठ तथा बिभिन्न शुभकार्यमा आर्शिवाद लिन आउने महानुभवले दैनिक भोजनका लागि गक्षअनुसार दिएको रकम तथा मुठी दान, मासिक दाता, वार्षिक दाताको सहयोगबाट आश्रम संचालनमा आएको भएपनि निषेधाज्ञासंगै त्यो क्रम सुन्य प्रायः भएको पौडेलले बताए ।

निकट भविष्यमा हरिवन नगरपालिका –८ स्थित फेदिमा नगरपालिकाले उपलब्ध गराएको १ बिगाह जमिनमा आश्रमको आफ्नै भवन निर्माण गर्ने तयारी भईरहेको भएपनि अहिले भने मासिक ४० हजार भाँडा तिरेर आश्रम सञ्चालनमा रहेको छ ।