नगरपालिकालाइ स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै . ग्रामिण नारी उत्थान संघ हरिपुरका कर्मचारी ।

ईश्वरपु,जेठ ६—सेभ द लिल्ड्रेन ईश्वरपुर नगरपालिकालाई बिहिवार (आज) स्वास्थ्य सामग्राी प्रदान गरेको छ । एक कार्यक्रमका विच ग्रामिण नारी उत्थान संघ, हरिपुर र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नती परियोजना अन्र्तगत ईश्वरपुर नगरपालिकालाई स्वास्थ्य सामग्री पिपिई प्रदान गरिएको हो । संस्थाले कोरोना भाईरसको संक्रमण र संक्रमितको मृत्युदर न्यूनिकरणका लागि “आफूँ बाँचौ र अरुलाई पनि बचाँऔ”, “कोरोना विरुद्ध सामुदायिक अभियान” अन्र्तगत पिपिई सेट १ सय ३० थान ५ सय ग्रामको सेनिटाईजर ३० बोतल, ४ सय पिस ग्लोव्स, एक थान इन्फ्रारेड थर्मामिटर प्रदान गरेको छ । जसको बजार मूल्य ४ लाख ३९ हजार ९ सय ६६ रुपैँया रहेको संस्थाले जनाएको छ । स्वास्थ्य सामाग्री ईश्वरपुरका स्वास्थ्य संयोजक सुगेन्द्र महतोलाई हस्तान्तरण गरिएको ग्रामिण नारी उत्थान संघ हरिपुरले जनाएको छ । यस्तै,भोली शुक्रवारबाट ईश्वरपुर र हरिपुर नगरपालिकामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा संस्थाले कोरोना भाइरसको संक्रमण तथा मृत्युदर न्यूनिकरण गर्नका लागि जनचेतनामूलक कार्यक्रम गर्ने ग्रामिण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।