कृष्ण थपलिया/सर्लाही
जेठ ६— बिहिवार दिनभर भएको निरन्तर वर्षाका कारण सर्लाहीका मकै किसान चिन्तित भएका छन् । कोरोना महाव्याधिका विच मकै थन्क्याउन व्यस्त जिल्लाका किसानलाई दिनभर भएको वर्षाले पिरोलेको हो । मिनी पन्जाको नामले चिनिने जिल्लाको बरहथवा, मुर्तिया,राजघाट, शंखरपुर,लालबन्दी हरिवन, ईश्वरपुर क्षेत्रका किसान यतिबेला मकै भित्र्याउन व्यस्त छन् ।
आफुले भर्खरै छोडाएर सुकाउने तयारिमा रहेको मकै वर्षाका कारण कुहिने होकी भन्ने चिन्ताले सताएको बागती ८ सोल्टीका किसान महेन्द्र साहाले बताए । आफुले त मकै भाच्नै पाएको छैन अब वर्षा भईरहे बोटमै कुहिन थाल्छ,“अर्का किसान रामहरी उप्रेती बताउछन्” ।
समयमा मलखादको राम्रो प्रवन्ध नभएपनि जसो तसो बालिनाली लगाईयो मौसमले साथ दिदैन, ‘हामि किसानलाई समस्याको पहाडले सधै थिचिरहन्छ’, “के नै गर्न सक्छौ र हामि” सोल्टीका अर्का किसान उत्तम साहाले गुनासो गरे । यो देशमा मर्ने भनेकै किसान मात्र हुन, ‘जसोतसो रगत पसिना गरेर फलाएको मकैको मूल्य छैन,‘कोरोनाको कारण देखाउदै व्यापारीले हजार १ हजार ८ सय देखी २ हजार प्रति क्यून्टल भन्न थालिसके नखाउत दिनभरको शिकार खाउभने कान्छा बाउको अनुहार भनेझै भईसक्यो,‘अर्का किसान राजन मगरले भने ।
नगदे बाली उखुका लागि बिभिन्न अनुदानका प्याकेजहरु आएपनि आफुहरुलाई सरकारले उपेक्षा गरेको किसानको गुनासो छ । आफुहरुले ८ सय रुपैया प्रति केजीका दरले किनेर लगाएको मकैको मूल्य अहिले १ हजार ८ सय देखी २ हजार सम्ममा बिक्दै छ, “हिजो राज्यले समयमा मल उपलब्ध नगराएर कालाबजारीलाई प्रसय दिएको घाम जस्तै छर्लङ्ग छ” बरहथवाका अर्का किसान नरेन्द्र महतोले भने ।
पछिल्लो समयम सर्लाहीमा १० हजार हेक्टर भन्दा बढि जमिनमा किसानले वर्णशंकर जातको मकै खेति गर्दै आएका छन् । बेलैमा मलखाद उपलब्ध नहुनु, उचित भण्डारणको व्यवस्था नहुनु जस्ता कारणले गर्दा किसान मारमा परेका छन् । जसोतसो व्यावसायिकता तर्फ उन्मुख कतिपय किसान परम्परागत खेति गर्न बध्य हुनथालेका छन् ।