काठमाण्डौं,जेठ ४—समाजसेवी मनोज आचार्यले काठमाडौँमा मंगलवार (आज) एक कार्यक्रमका बिच स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाको अग्रसरतामा काठमाण्डौंको ज्ञानेश्वरमा निर्माण गर्न लागिएको अस्थायी कोभिड अस्पतालका लागि समाजवेवी आचार्यले स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन।
कोभिड–१९ को दोस्रो लहरको बढ्दो संक्रमणबाट आजित मानव समुदायलाई बचाउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा समाजसेवी आचार्यले आफ्नै अग्रसरतामा ५० बेडको क्वारेन्टिन स्थल निर्माण गर्ने तयारिमा रहेको चियोचर्चो खबरसंग बताए । आचार्यका अनुसार क्वारेन्टिन स्थलमा चाहिने सम्पूर्ण सामग्री खरिद गरिसकेको र यही सातामा उक्त सामग्री लिएर उनि सर्लाही आउने छन् । आचार्यले सर्लाहीमा विपन्न नागरिकको लागि एउटा फुड बैंक पनि स्थापना गर्ने बताए ।
अहिलेको समय अत्यन्त भयावह र डरलाग्दो भएका कारण राज्यको मात्र मुख ताकेर बस्नुभन्दा जनस्तरबाट पनि कोभिड–१९ को सङ्क्रमण हटाउन सकिन्छ भन्ने आचार्यको तर्कछ । आचार्यले कोभिड –१९ को पहिलो चरणमा पनि सर्लाहीका विभिन्न पालिकाहरूमा आवश्यक स्वास्थ्यलगायत खाद्य सामग्री वितरण गरेका थिए ।
Home मुख्य समाचार समाजसेवी आचार्यद्वारा काठमाण्डौंमा स्वास्थ्य सामाग्री हस्तान्तरण,एकसाताभित्रै सर्लाहीमा पनि ५० बेडको क्वारेन्टिन निर्माण...