कृष्ण थपलिया/ लालबन्दी
जेठ २— सर्लाहीमा नयाँ भेरियन्टसहितको कोभिडका कारण संक्रमितको संख्या ६ सय २७ पुगेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आईतवार (आज) प्रकाशन गरेको बुलेटिन अनुसार पिसिआर र एन्टिजेन बिधिबाट १२ सय ५ जनाको परिक्षण गर्दा ६ सय २७ जनामा कोभिड संक्रमण पाइएको हो ।
दोश्रो लहरको कोरोना संक्रमणकै कारण हाल सम्म १८ जनालो ज्यान गुमाएका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
नियमित बुलेटिन मार्फत जिल्ला अस्पताल र अन्य पालिकाका सामान्य उपचार गर्ने अस्पतालमा समेत गरि जिल्लामा जम्मा ९ वटा अस्पला रहेको जनाईएको छ । जसको बेड संख्या १ सय ९० रहेको र जिल्ला अस्पताल तथा सवै पालिका का अस्पतालमा समेत गरी १ सय ४७ वटा मात्र अक्सिजन सिलिण्डर रहको उल्लेख गरिएको छ । जिल्ला अस्पतालमा १० वटा मात्र आई सि यू बेड रहेको उल्लेख छ । भेन्टिलेटर भने सञ्चालको तयारीमानै रहेको उल्लेख गरिएको छ । बुलेटिनमा नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
दैनिक बुलेटिन
सर्लाहीमा २०६८ को जनगणन अनुसार करिव ८ लाखको हाराहरीमा जनसंख्या रहेको थियो भने अहिले त्यो दर निकै बढेको छ । माथिको स्वास्थ्य पुर्वाधारको तथ्याङ्क र संक्रमण दरलाई हेर्नेहो भने अवस्था बिकराल देखिन्छ । हुनत पछिल्लो समय सर्लाहीमा केही मध्यम स्तिरका निजी अस्पताल पनि सञ्चालनमा नआएका भने पक्कै होईन्न यधपी अवस्थाको गाम्भीर्यतालाई दृष्टिगत गर्दै सवैतहका सरकारले यसतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक छ ।