प्रतिकात्मक तस्विर ।

सर्लाही,बैशाख,३१—सवारी ज्यान मुद्दामा फरार रहेका बरहथवा नगरपालिका १३ का वडा अध्यक्ष जय नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख २५ गते साझँ बरहथवा नगरपालिका ३ भगवतीपुरको भित्री सडक खण्ड हुदै सहिदपुर तर्फ जादै गरेका वडा अध्यक्ष यादवले चलाएको BR30S9245 नं. मोटरसाईकलले सोही ठाउँका ४ वर्षिय बालक आदित्य महतोलाइ ठक्कर दिएको थियो । मोटरसाईकलको टक्करबाट गम्भिर घाईते भएका बालकको उपचारकै क्रममा मृत्यु भएको थियो । बालकको मृत्यु पछि फरार रहेका वडा अध्यक्ष यादवलाई बैशाख ३० गते दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका यादवलाई जिल्ला अदालत सर्लाहीबाट पहिलो पटक ६ दिको म्याद अनुमती लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।