काठमाडौँ,चैत -११, सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हाे ।


आजकै मितिबाट लागू हुनेगरी कुलमान घिसिङलाई पदबाट हटाएको भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले जानकारी दिए। पटकपटक स्पष्टीकरण सोध्दा पनि उनले चित्तबुझ्दो जवाफ नदिएको सरकारकाे दावी छ ।


घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक उनलाई स्पष्टीकरण सोधेको थियो।

पाँचौँ पटक घिसिङले केही दिनअघि मात्रै ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण दिएका थिए।