कृष्ण थपलिया /सर्लाही चैत -११, समुदाय स्तरमा क्षयरोग नियन्त्रण कार्यक्रमको कार्यन्व गर्नेमा देशभरकै उत्कृष्ट बन्दै जिल्लाकाे लालबन्दी नगर अस्पताल पुरस्कृत भएको छ ।
बिश्व क्षयरोग दिवसको अवसर पारेर आज क्षयरोग केन्द्र भक्तपुरले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल लालबन्दी नगरपालिका का प्रमुख एवम् लालबन्दी नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष वासुदेव अधिकारीलाई सम्पन्न पत्र प्रदान गरेका हुन ।
सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल लक्ष्य हासिल गर्न अग्रसर रहेको क्षयरोग केन्द्रले समुदाय स्तरमा क्षयरोग नियन्त्रण कार्यक्रमको कार्यन्व गर्नेमा देशभरकै उत्कृष्ट भएको भन्दै ,नगर अस्पताललाई सम्पन्न गरेको हो ।
केन्द्रले देशका ७ वटै प्रदेशबाटा क्षयारोगमा उत्कृष्ट काम गर्ने कर्मचारीहारुलाई पनि सम्मान गरेको छ । मधेस प्रदेशमा महोत्तरीको औरही गाँउपालिका का कर्मचारी सम्मानित भएका छन् ।
अस्पतालले प्राप्त गरेको यो सम्मानले आफूलाई थप जिम्मेवार भएर अघि बढ्न प्रेरणा प्रदान गरेको लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ,मानसिक रोग विशेषज्ञ डाक्टर चन्दन चौधरीले चियोचर्चो खबरकर्मीसंग बताए ।
डाक्टर चौधरीका अनुसार अहिले लालबन्दी नगरपालिका भित्रका ९० जना क्षयरोगका बिरामीले क्षयरोगकाे औषधी सेवन गरिरहेका छन् । केन्द्रले दिएको १५० जनाएको लक्ष्य अनुसार अझै ६० जनाको खोजडताल भइरहेको छ। लालबन्दी नगर अस्पतालबाट अहिले १२ जना सामान्य र ३ जना जटिल खालको क्षयरोगका बिरामीले औषधी सेवन गरिरहेका डाक्टर चौधरीले जानकारी दिए ।
हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ ।
तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा क्षयरोग रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको डाक्टर चौधरीले बताए ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने डाक्टर चौधरीले बताए । औषधिको नियमित सेवनले क्षयरोग निको हुने उनको भनाइ छ ।