सर्लाही,चैत -११, लालबन्दी ,हरिपुर लगायत जिल्लास्थित पालिका अन्तर्गतका स्वास्थ्य शाखाहरूले आज क्षयरोग सम्बन्धि विभिन्न चेतनामूलक कार्यक्रम गरि विश्व क्षयरोग दिवस मनाएको छ।
दिवसको आयोजना गर्दै हरिपुरले जनचेतनामूलक र्याली अन्तरक्रिया,क्षयरोग संक्रमितको स्वास्थ्य परिक्षण तथा फलफूल वितरण गरेको थियो ।
हरिपुर नगरपालिकामा यस वर्ष क्षयरोगका संक्रमितकाे संख्या ५० प्रतिशत भन्दा बढीले घटेका छन।
गत वर्ष नगरपालिकामा १५० जना क्षयरोगका संक्रमित रहेकोमा यस आर्थिक वर्षमा संक्रमितको संख्या घटेर ४० मा सीमित भएको स्वास्थ्य शाखाका कार्यक्रम संयोजक रामनरेश ठाकुरले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय बासिन्दाहरूको सहभागीता रहेको थियोे ।
सहभागीहरूले क्षयरोगको रोकथाम, समयमा उपचार तथा स्वास्थ्य सेवामा पहुँचको महत्त्वबारे स्थानीय समुदायलाई चेतनामूलक सन्देश दिनुपर्ने बताएका छन ।
नगर प्रमुख, स्वास्थ्यकर्मी तथा स्थानीयले नगरपालिकामा आगामी वर्ष क्षयरोगको संख्या शून्यमा झार्ने लक्ष्यसहित विभिन्न अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस वर्ष विश्व क्षयरोग दिवसको नारा हामी क्षयरोग अन्त्य गर्न सक्छौं: प्रतिबद्ध बनौं, लगानी गरौं, सेवा प्रवाह सुनिश्चित गरौं” भन्ने रहेको छ।