प्रतिकात्मक तस्विर ।

मलंगवा,बैशाख २९ – सर्लाहीमा बुधवार (आज) सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख श्रवणकुमार नायकका अनुसार लालबन्दीका एक जना संक्रमितको आज चितवन भरतपुरमा उपचारका क्रममा ज्यान गएको भनिएपनि त्यसको आधिकारिक पुष्टी हुन सकेको छैन ।
वुधवार साँझसम्म पीसीआर र एन्टिजेन विधीबाट गरिएको परीक्षणमा ४४० जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले चियोचर्चो खबरलाई बताए ।
मलंगवाको पीसीआर ल्याबमा वुधवार साँझ अबेरसम्म पनि पीसीआर जाँचको रिपोर्ट भने आइसकेको छैन् ।
यता निषेधाज्ञा जारी हुनुकासाथै मानिसमा उच्च ज्वरोले महामारीकै रुप लिन थाले पछि भने हाट बजार क्षेत्रमा मानिसको भिडभाड कम हुदै गएको छ । मानिसमा प्रकोपबाट बच्न माक्स लगाउनु पर्छ भन्ने चेतनाको बिकास भएको पाईन्छ ।
सर्लाहीमा कोरोना संक्रमण रोकथामका लागि बैशाख २५ गते मध्यरात १२ बजेबाट जारी गरिएको निषेधाज्ञा ३१ गते राती १२ बजेसम्म जारी रहने छ ।