हरिवन, बैशाख २७ —सर्लाहीको हरिवनमा आईतवार राती एक ब्यक्तिले सिलौटो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन । हरिवन नगरपालीका ११ का रामवली (साह) तेलीको घरमा डेरा गरि बस्दै आएका ३५ बर्षिय बिजयलाल कर्णले आफ्नै श्रीमती अन्दाजी ३२ बर्षिया उशादेवी कर्णलाई सिलौटो प्रहार गरी हत्या गरेका हुन ।
लालबन्दी नगरपालिका २ पुनर्बास स्थिाई घर भएका कर्ण हरिवन ११ मा डेरा गरि बस्दै आएका थिए । घरायसि बिवादका बिच राती करिव साँडे ११ बजे कर्णले श्रीमतीलाई (मसला पिस्ने) सिलौटाले टाउकोमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।घट्नामा संलग्न कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।