बैशाख २६—सर्लाही प्रहरीले विभिन्न ठाँउमा होल्डमा राखेको सवारी चालकलाई सम्झाई बुझाई छाडेको छ । सर्लाहीमा शनिवार मध्य रातबाट जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा २१८ वटा सवारीलाई प्रहरीले होल्डमा राखेको थियो । कोरोना निन्यत्रणका लागि जारी गरिएको निषेधाज्ञाको पहिलो दिननै नियम विपरित सवारी चलाएकाले २१८ वटा सार्वजनिक तथा निजी सवारीलाई होल्ड गरेर राखिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाही अतर्गका प्रहरी युनिटहरुले चेकजाँच गर्ने क्रममा आईतवार (आज) दिनभर निषेधाज्ञा उल्लङ्घन गरेका सार्वजनिक तथा निजी गरी जम्मा २१८ वटा सवारी होल्डमा राखेर अपरान्ह सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । सर्लाहीमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै शनिवार मध्यरातबाट वैशाख ३१ गते रातिसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।