मलंगवा, बैशाख २४ —सर्लाहीको दक्षिण—पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका १ खैर्वामा बिहिवार मोटरसाईकल दुर्घटना हुदाँ एक युवकको ज्यान गएको छ ।
आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुँदा सोहिस्थानका २५ बर्षिय युव राजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
BRO5M7884 नम्बर को मोटरसाईकलामा सवार यादवको रामनगर गाउँपालिका १ खैर्वाको भित्री सडक खण्ड स्थित सुदामा ब्यारेज नजिक मोटरसाईकल अनियन्त्रितभई पल्टेदा टाउकोमा गम्भिर चोट लागेको थियो । टाउकोमा चोट लागि गम्भिर घाईते भएका यादवको उपचारको लागी स्थानिय मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी जनाएको छ । मृतको लास मोस्टमार्टम पछि परिवारलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।