
सर्लाही,माघ-३०, जिल्लाको हरिपुरमा जारी नगरस्तरीय सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगता बिहिवार सम्पन्न भएको छ ।
हरिपुर नगरपालिकाको आयोजना भएको प्रतियोगितामा नगरका सातवटा विद्यालयको सहभागीता रहेको थियो ।

मंगलवारदेखि सुरु भएको प्रतियोगिताका विजेतालाई आज बिहीवार हात्तीसार खेल मैदानमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको शिक्षा शाखा प्रमुख नागेश्वर रायले जानकारी दिए ।

विभिन्न विधाको खेलमा महावीर जनता मावि हरिपुर पहिलो जनता मावि हरैया दोस्रो र सार्वजनिक मावि लक्ष्मीपुर तेस्रो भएको छ ।

समापन कार्यक्रममा हरिपुर नगरपालिकाका उप प्रमुख निलमदेवी राय,प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल ,वडा नं ७ का वडाध्यक्ष मनोज चौधरी लगायतको सहभागीता रहेको थियोे ।