
हरिपुर,माघ-२८,सर्लाहीको हरिपुर नगरपालिकामा सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सोमवारदेखि सुरु भएको छ। प्रतियोगिताको संविधानसभा सदस्य रामचन्द्र चौधरीले उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहमा हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पंजियार, उप-प्रमुख निलम राय, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू र विद्यार्थीहरूको उपस्थिति थियो।

प्रतियोगिता सोमवारबाट सुरु भई बिहीवार सम्पन्न हुने शिक्षा शाखा प्रमुख नगेश्वर रायले जानकारी दिए।

हरिपुर नगरपालिका २ हात्तीसार खेल मैदान सुरु प्रतियोगितामा विभिन्न विधाका खेल हुने छ। प्रतियोगितामा नगरपालिका भित्रका विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइनेछ ।