सर्लाही,माघ-२३ , सर्लाही क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी नेपालका अधिकांश नेता कार्यकर्ताले राजीनामा दिएकाले छन् ।
आज एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी नेपाल क्षेत्र नम्बर -१ का क्षेत्रीय अध्यक्ष राम नरेश साह नेतृत्वमा ५६ सदस्य कमिटीले राजिनामा दिएका हुन ।
सर्लाही क्षेत्र नम्बर – १ का सम्पुर्ण पदाधिकारी र ईश्वरपुर नगर कमिटीलेसमेत सामुहिक राजिनामा दिएपछि जनता समाजवादी पार्टी सर्लाही क्षेत्र नम्बर -१ काे सांगठनिक अवस्था धरापमा परेको हाे ।


क्षेत्रीय अध्यक्ष साहले जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव,प्रदेश अध्यक्ष एवम् प्रदेश इन्चार्जहरुप्रति असन्तुष्टी जनाउदै सामुहिक राजिनामा दिएका छन् ।
जसपा नेपालमा केन्द्रिय अध्यक्ष यादवले मनोमानी ढंगबाट पदाधिकारी नियुक्त गरेको, सर्लाही जिल्लामा पदाधिकारी चयनमा काखापाखा गरेको आफुहरुको योग्दानको कदर नभएकाले सामुहिक राजिनामा दिएको साहले बताए । क्षेत्रीय अध्यक्ष साह सँगै वरिष्ठ क्षेत्रिय उपाध्यक्ष रामबाबु यादव, उपाध्यक्ष रामचन्द्र साह, रामबिर महतो, सचिव अनिल कुमार यादव, सहसचिव पलटनिया देवी चौधरी,कोषा अध्यक्ष रामलाल महतोले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिएका छन् ।


यसैगरी जसपा नेपाल सर्लाही क्षेत्र १ (क) प्रदेश अध्यक्ष रामचन्द्र महतो, वरिष्ठ उपाध्यक्ष राम केवल माझी प्रदेश उपाध्यक्ष अलि हुसेन अंसारी,महिला उपाध्यक्ष भगबनीया देवी माझी, प्रदेश सचिव पलटनिया देवी चौधरी, प्रदेश सचिव राजकिशोर साह, प्रदेश सह सचिव प्रमोद साह,कोषाध्यक्ष गणेश ठाकुर लगायत विभिन्न पदाधिकारीहरुले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिएका छन् ।
यसैगरी जनता समाजवादी पार्टी नेपाल ईश्वरपपुर नगर अध्यक्ष बाहेक ३१ सदस्य पदाधिकारी हरुले पनि सामुहिक राजिनामा दिएका छन ।
त्यस्तै आमन्त्रीतमा जिल्ला कार्य समिति उपाध्यक्ष मोहमद साविर मिकरानी, जिल्ला कार्यकारिणी सदस्य अमिरीलाल साह, महिला सदस्य रेखा मण्डल, महिला जिल्ला संघ अध्यक्ष रमिता महतो, जिल्ला सदस्य रामबचन प्रसाद साह, जिल्ला सदस्य निलम देवी महतोले पनि राजिनामा दिएको बताइएको छ।


यस अघि माघ १७ गते पूर्व प्रतिनिधि सभा सदस्य तथा जसपा नेपालका केन्द्रिय सदस्य, प्रमोद साहले संगठन बिभाग र पार्टीको सधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका थिए । साहले केन्द्रीय अध्यक्ष,प्रदेश अध्यक्ष एवम् प्रदेश इन्चार्जहरुप्रति असन्तुष्टी जनाउदै राजिनामा दिएका थिए ।
त्यस्तै जसपा नेपालका जिल्ला अध्यक्ष बिरेन्द्र रायले पनि माघ ११ गते राजिनामा दिएका थिए। सर्लाहीमा जनता समाजवादी पार्टी नेपालबाट राजिनामा दिने क्रम बढ्दो छ । यसरी राजिनामा दिने क्रम जारी रहे सर्लाही क्षेत्र नम्बर -१ मा मात्र नभई समग्र सर्लाही जिल्लामै जसपा नेपालकाे राजनीतिक भविष्य धरापमा पर्ने सम्भावना रहेको जानकारहरू बताउछन् ।