
सर्लाही,माघ-२१, प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट झण्डै १ सय १५ केजी नेपालमा प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ।
सर्लाही प्रहरीका अनुसार जिल्लाकाे लालबन्दी र मलंगवाबाट उक्त परिमाणकाे नेपालमा प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको हाे ।
मलंगवा नगरपालिका वडा नम्बर -८ स्थित राजश्री चौकमा आइतबार (आज) खटिएको प्रहरीको पिकेट टोलिले चेकजाँच गर्ने क्रममा झण्डा बजारबाट राजश्री चौक तर्फ जाँदै गरेको BR 06 AF 7148 माेटरसाइकलबाट ४ किलो २७५ ग्राम लागु औषध गाँजा बरामद गरेको हाे ।

आज अन्दाजी ३ बजेको समयमा प्रहरीले शंका लागि माेटरसाइकल राेक्न खाेज्दा चालक ट फरार भएको, उक्त माेटरसाइकल चेकजाँच गर्दा सिट मुनि ४ किलो २७५ ग्राम लागु औषध गाँजा फेला परेकोले जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
माेटरसाइकल,लागु औषध गाँजा जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेको र चालकको खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यता जिल्लाकै लालबन्दी नगरपालिका वडा नम्बर १५ स्थित कालिन्जोर खोलाको काँस घाँरीबाट १ सय १० केजी लागु औषध गाँजा बरामद गरेको छ ।

लागु औषध गाँजा लुकाई छिपाई ओसार पसार गर्न राखेको छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा अस्थाई प्रहरी पोष्ट परवानिपुर समेतको संयुक्त प्रहरी टोली उक्त परिमाणकाे लागु औषध गाँजा बरामद गरेको हाे ।

आइतवार राति अन्दाजी ९: ३० बजेको समयमा खोज तलास गर्दे जाने क्रममा कालिन्जोर खोलाको उतर पट्टी काँस घाँरीमा रातो रंगको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाधी राखेको अवस्थामा २२ वटा पोकाहरू फेला परेको उक्त पोकाहरू खोली हेर्दा सो भित्र लागु औषध गाँजा जस्तो चिजबस्तु ५/५ केजीको अन्दाजी १ सय १० केजी फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीले स्थानिय नागरिक ,जनप्रतिनधीको रोहबरमा बरामद गरी उक्त लागु औषध गाँजा ओसार पसार गरी ल्याउने व्यक्तीको पत्ता लगाउन अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।