
सर्लाही,माघ-२०, नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाही र नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ (ख) नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखामा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसले आईतवार एक कार्यक्रमकाे आयोजना नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखाका सभापति चन्द्रिका साह लगायतका पदाधिकारीलाई सम्मान गरेको हाे ।

युवा नेता सुर्य चालिसेका अनुसार नेपाली कांग्रेस सर्लाहीले नवनिर्वाचित पदाधिकारी महिला उपसभापती देव कुमारी थापा,सचिव एकेन्द्र कुमार बस्नेत, उप सचिव सहदेव दास बनिया, कोषाध्यक्ष बासुदेव साह , उपकोषाध्यक्ष रमेश कुमार साह रौनियार, शोभा कुमारी श्रेष्ठ , रमा चालिसे,महाविर दास कथबनिया , राजन प्रसाद पोखरेल ,धर्मविक्रम कार्कीलाई सम्मान गरेको हाे ।

सम्मान कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका सभापती सुरेन्द्र सिंह,संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश सांसद जंगीलाल राय, जिल्ला समन्वय समिति सर्लाहीका सभापती कौशल किशोर सिंह, उपसभापति डाक्टर सराेज कुमार ,नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ (ख) का सभापति सीताराम दाहाल नेपाली कांग्रेस मधेश प्रदेश कार्य समिति सदस्य सोनी बम्जन,रामबाबु साह लगायतका नेता कार्यकर्ताकाे उपस्थित रहेको थियो ।
