सर्लाही स्थित नेपाल -भारत सीमा नजिक रहेकाे मदिरा पसलमा जम्मा भएका भारतीय नागरिक । तस्विर : चियाेचर्चाे खबर

मलंगवा , बैशाख २३—सर्लाहीसँग सीमा जोडिएको छिमेकी मुलुक भारतमा लाखौँको संख्यामा नयाँ भेरियन्टसहित कोभिड १९ को दोस्रो लहर सबैतिर फैलिरहेको छ । यस्तो जटिल परिस्थितीमा समेत नेपाल भारत सिमा नजिकका पसलमा दैनिक ठूलो संख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरुको आउने क्रम रोकिएको छैन् । सर्लाहीमा भारतसँग सिमा जोडिएको ५१ किलोमिटर सिमा क्षेत्र रहेको छ । सबैजसो सिमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा संचालन भैरहेको देखिन्छ । पछिल्लो समय सिमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल संचालनमा रहेको छ ।
हाल भारतमा दैनिक ठुलो संख्यामा कोरोना संक्रमित थपिरहेको जोखिमपूर्ण अवस्थामा यसरी मदिरा सेवन गर्न मानिसहरु नेपाल तर्फ आउनाले यसको जोखिम झन् बढेको छ । सर्लाहीसँग सिमा जोडिएको भारततर्फको बिहार राज्यमा मादक पदार्थ सेवन तथा बेचबिखनमा रोक लगाईएकाले गर्दा समेत नेपालतर्फ मदिरा सेवनकर्ता बढेका हुन् । यसरी भिड बढ्दा कोरोना सर्ने जोखिम धेरै भएकाले आवतजावतमा रोक लगाईनुपर्ने सिमा क्षेत्रका बासिन्दाले बताए ।

नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले यसरी सिमा नाकामा आउने मानिसले गर्दा समस्या सृजित हुन सक्ने बताए । सिमा क्षेत्रमा संचालनमा रहेका होटलहरु खुलिरहेकाले,सुरक्षालाई दृष्टिगत गर्दै कस्ता / कस्ता मानिसहरुको आवतजावत छ भन्ने बिषयमा सम्वन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बतए ।
यता, दैनिक रुपमा मादक पदार्थ सेवन गर्न मानिसहरु नेपाल तर्फ आउने गरेको भन्ने सुनिएकाले पछिल्लो समय सिमा क्षेत्रमा निगरानी बढाईएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी मदन कुवँरको बताए । प्रहरीले यस्तो भनिरहँदा उता सर्लाहीको दक्षिण पश्चिम क्षेत्र स्थित बलरा नगरपालिका ४ मा रहेको सिमा प्रहरी चौकी बलराबाट २०-२५ मिटरको दुरीमै बिना अनुमतिका मदीरा पसल निर्बाद संचालनमा रहेको देखिन्छ ।
त्यस्तै, प्रहरी चौकी छन्की टोला नजिकै ६-७ वटा भट्टी पसल संचालनमा रहेको देखिन्छ । जुन ठाँउ नेपाल भारत सिमाबाट ५० मिटरको दुरिमा छ । यसरी दसगजा नजीकै मदीरा पसल संचालन गर्दासमेत यसको नियन्त्रणमा कसैको ध्यान पुगेको देखिदैन् । भारतिय नागरिक मदिरा सेवन गर्न नेपाल आउँदा रोग सँगसँगै सुरक्षाको हिसावले समेत खतरा रहने यस क्षेत्रका जानकारहरु बताउँछन । नियन्त्रणमा चासाे नदिनेहाे भने भोलिका दिनमा झन भयावह अवस्था सृजनाहुने अुनिहरुको बुझाई छ ।