
सर्लाही, माघ- १६,नेकपा माओवादी केन्द्र सर्लाहीले आज(माघ१६ गते) लाई निर्धारण गरेको अनिश्चितकालीन सर्लाही बन्दकाे कार्यक्रम स्थगित गरेको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै, शहीद दिवस र तामाङ समृदायको “सोनाम ल्होछार” पर्वलाई मध्यनजर गर्दै हाललाई बन्दको कार्यक्रम स्थगित गरिएकाे पार्टीका सर्लाही जिल्ला इन्चार्ज अच्यूतम काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

राज्यद्वारा दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई हटाउने र झूटावन मृद्धा लगाउने घड्यन्त्र गरिएमा हामी पुनः सशक्त आन्दोलनमा उत्रन बाध्य हुने कुर यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौँ।विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्रबाट बागमती नगरपालिकाका प्रमुख निर्वाचित भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानलगायतलाई झुठा वन मुद्दा दायर गरेर फसाउने षड्यन्त्र गरेको आरोप लगाउँदै माओवादी केन्द्र सर्लाही चरणवद्ध आन्दोलनका कार्यक्रम घाेषणा गरेको थियो ।

आन्दोलनको कार्यक्रम अन्तर्गत उक्त पार्टीले माघ-१३ गते डिभिजन वन कार्यालय धर्ना माघ १४ गते साँझ मसाल जुलुस, माघ १५ गते बागमतीस्थित पुतलीचोकमा दुुई घण्टा चक्काजाम र आज माघ १६ गतेदेखि अनिश्चितकालिन चक्काजाम तथा सर्लाही जिल्ला बन्दको कार्यक्रम तय गरिएको थियोे ।
यस्तो छ विज्ञप्तिकाे बाँकी अंस …
