प्रतिकात्मक तस्विर

पर्सा,वैशाख २३ –सर्लाहीको पर्सा गाउँपालिकामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
भारतीय सीमा नजिकै पर्ने पर्सा गाउँपालिका वडा नंं. ५ की ५२ वर्षीया सेवो देवी पासवानलाई खेतमा घाँस काट्न गएका बेला करेन्ट लागेर ज्यान गएको हो ।
वुधवार साँझ ¬पर्साबाट पिपरा गाउँतर्फ जाने क्रममा पुल नजिकै रहेको विद्युत्को पोलमा जोडिएको अर्थिङ तारमा छोएकी पासवानलाई करेन्ट लागेको थियो । करेन्ट लागेकी पासवानको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरीकायालय सर्लाहीले जनाएको छ ।
मृतकको लास पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याईएको प्रहरीले जनाएको छ ।