बैशाख १७—सर्लाहीको लालबन्दी ७ डुमडुमे पुलमा मोटरसाईकललाई ठक्कर दिई फरार रहेका ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत बैशाख ५ गते राती अन्दाजी १ बजेको समयमा प्रदेश २ – ०२–००३ प ०४९८ नम्बरको मोटरसाईकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिई दुर्घट्ना भएको थियो । दुर्घट्नामा परि मेटरसाईकल.चालक धनुषा जिल्ला जनकपुर उप महानगरपालिका १८ बस्ने नन्दु गिरीको छोरा वर्ष २८ को सुनिल गिरी र सोही मोटरसाईकलको पछाडी सवार अन्दाजी २६—२७ का संजित दास घाईते भएका थिए । घाईते मध्येका मोटरसाईकल पछाडी सवार जनकपुर उप महानगरपालिका १८ का संजित दासको उपचारको क्रममा मृत्यु भएको थियो ।
गाडीको खोज तलास गर्ने क्रममा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत विभिन्न जिल्लाका विभिन्न स्थानमा जडान भएका सिसिटिभी फुटेजहरुबाट हेर्दा लु १ ख ८५३८ नम्बरको ट्रक खुलेको र खोजतलास गर्दै जाने क्रममा पर्सा जिल्लाको विरगंजमा फेलापरेको थियो । उक्त नम्बरको ट्रक र ट्रक चालक रौतहट चन्द्रपुर न.पा.वडा नं.२ बस्ने वर्ष ४९ को कृष्ण बहादुर लामिछानेलाई ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाको कमाण्डमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।