बैशाख-१७ गोडैता,सर्लाहीको गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरमा शुक्रवार सामुदायिक भवनको शिलान्यास गरिएको छ । नेपाली काँग्रेस सर्लाहीका सचिव एवं प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहाको क्षेत्र विकास कोषको बजेटबाट बन्ने भवनको शुक्रवार प्रदेश सभा सदस्य कुशवाहा शिलान्यास गरेका छन् ।

भवन निर्माण गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सामुदायिक कामकाजमा प्रयोग हुने गरी चालु आर्थिक वर्षभित्र भवन निर्माणको काम पूरा गरिने नेपाली कांग्रेस सर्लाही ले जनाएको छ ।