चन्द्रनगर, बैशाख ९ – नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसका अवसरमा बिहिवार सर्लाहीको चन्द्रनगरस्थित नाढीमन ताल परिसरमा वृक्षरोपण गरिएको छ ।


नेकपा एमाले खनाल–नेपाल समूहले कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पर्यटकीय स्थल नाढीताल परिसरमा वृक्षरोपण गरेको हो । ताल परिसरमा धुपी, समीलगायत विभिन्न जातका ७२ वटा विरुवा रोपिएको एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले चियोचर्चो खबरलाई जानकारी दिए ।
अध्यक्ष पन्तकै अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा आयोजित