कृष्ण थपलिया /सर्लाही
मंसिर -२३,गढीमाई पञ्चवर्षीय मेला समितिले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।
आज आइतवार जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं- ४ गरहाटोलमा गढीमाई पञ्चवर्षीय मेला समितिले एक कार्यक्रमकाे आयोजना गरि विभिन्न क्षेत्रमा याेगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरेको हाे ।
मेला समितिका अध्यक्ष नवीन सिंहको अध्यक्षता तथा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यतमा सम्मान कार्यक्रम गरिएको थियो ।


सम्मानित हुनेहरूमा पत्रकार सहित विभिन्न व्यक्तिहरू रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रायले आफ्नो मन्त्रालयमा अरु मन्त्रालय जस्तो बजेट नभएको बताउदै अन्य मन्त्रालयसंग समन्वय गरेर गरहाटोलमा रहेको गढीमाई मन्दिर बिकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले गरहाटोल वासी तथा चन्द्रनगरवासी गौरवशाली सौभाग्य शाली रहेको बताए । उनले गढीमाई स्थान रहेको गरहाटोल चन्द्रनगर क्षेत्रमा पर्ने भएकाले पनि यहाँका नागरिक साैभाग्यशाली रहेको उनको तर्क थियो ।


यहीँकाे गढीमाईको स्थानबाट माटो लिएर गएपछि मात्र बाराको बरियारपुरमा रहेको गढीमाईको पुजा प्रारम्भ हुने प्रसंग उल्लेख गर्दै अध्यक्ष महताेले यसको बिकासका लागि पालिका गाैरवकाे आयोजनाकारूपमा अगामी आर्थिक वर्ष देखि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा नेपाली कांग्रेस नेतृ शर्मिला थापाले बिगतमा जस्तै यश क्षेत्रको बिकासमा आफुले सक्दाे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमकाे सञ्चालन शिक्षक नेता सराेज सिंहले गरेका थिए । मेलामा विभिन्न खेल तमासा तथा नृत्यकाे प्रदर्शन गरिएको छ।