ठाकुर प्रसाद बख्रेल / सर्लाही
मंसिर-२२,नेपाली कांग्रेस ईश्वरपुर नगरपालिका वडा नम्बर- ३,को क्षेत्रिय कार्यसमिति बैठक एवम् क्षेत्रीय प्रतिनिधि भेला आइतवार आज सम्पन्न भएको छ।
वडास्तरीय संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भेलाले आगामी दिनका लागि महत्त्वपूर्ण निर्णय गरेको छ।
महासमिति सदस्य , महाधिबेशन प्रतिनिधि समेत सम्मिलित गत मङ्सिर ९ गते सम्पन्न क्षेत्रिय कार्यसमिति बैठकको निर्णयानुसार सम्बन्धित वडामा जिम्मेवारी प्राप्त महाधिबेशन प्रतिनिधिहरुको उपस्थिति र निर्देशनमा हुने बैठकको नियमितता अनुसार नेपाली कांग्रेसका युवा नेता महाधिवेश प्रतिनिधि दिपक अधिकारीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो ।
वडा सभापति ओमप्रकाश श्रेष्ठको सभापतित्वमा भएको भेलामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, नेविसंघ केन्द्रीय सदस्य तथा जय नेपाल फाउन्डेसन र विपि कोइराला युवा नेतृत्व विकास मञ्चका सर्लाही अध्यक्ष मनोज बख्रेल लगायतको उपस्थिति रहेको थियोे ।
भेलाले बिभिन्न सन्दर्भमा आवाश्यक निष्कर्ष निकाल्नुका साथै वडास्तरीय संगठनलाई बलियो बनाउने उद्देश्यले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
नेपाली कांग्रेसको कृयासिल सदस्यता नवीकरण अभियानलाई प्रमुखताका साथ राखी १५ दिनभित्र वडा पार्टी कार्यालय सञ्चालन गर्ने ,प्रत्येक महिनाको पहिलो शनिवार नियमित वडा बैठक बस्ने र सोको जानकारी क्षेत्रिय कार्यसमितिमा गराउने ,रिक्त रहेका उपसभापति तथा अन्य पदहरूको पूर्तिगर्ने ,पौष ९ गतेभित्र क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्ने लगायतका निर्णय गरेको छ ।
भेलाकै क्रममा आफ्नो धारणा राख्दै महाधिवेशन प्रतिनिधि दीपक अधिकारीले संगठन बलियो बनाउन वडास्तरीय सक्रियता अनिवार्य रहेको धारणा व्यक्त गरे। उनले भने, “संगठनको बलियो संरचनाले मात्र जनताको विश्वास जित्न र विकासका लक्ष्यहरू हासिल गर्न सकिन्छ।” त्यसैले सांगठानिक क्रियासिलता आवश्यक रहेको छ ।
ईश्वरपुर नगर प्रमुख मनोजकुमार आचार्यले स्थानीय तहमा कांग्रेसको प्रभाव बढाउन यस प्रकारका क्रियाकलापको महत्त्व रहेको बताए। उनले भने, “हाम्रो उद्देश्य जनताको विश्वासलाई संगठनको माध्यमबाट स्थायित्व दिनु हो। संगठनमा फुटेर होइन जुटेर अगाडी बढ्नु जरुरी रहेको छ ।
नेविसंघ केन्द्रीय सदस्य मनोज बख्रेलले युवा सहभागिता र नेतृत्वका लागि थप पहल गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “युवाहरूको सक्रिय भूमिकाले संगठनलाई दिगो र प्रभावकारी बनाउन सक्छ।” भेलाले वडास्तरमा संगठनात्मक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्दै आगामी दिनमा पार्टीको प्रभावकारिता बढाउने लक्ष्य लिएको छ। सहभागी नेताहरूले भेलाले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।संगठनलाई थप व्यवस्थित र सबल बनाउन यो भेला मीलपत्थर साबित हुने अपेक्षा गरिएको छ।