फलफूल वितरणमा सहभागी नेविसंघका नेताहरु

जुटपानी, बैशाख ६ –नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५२ औँ स्थापना दिवसका अवसरमा सोमवार सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना वृद्धसेवाश्रममा फलफूल वितरण गरिएको छ ।
नेविसंघका नेता युवराज देवकोटाको अध्यक्षतामा आश्रममा आश्रय लिएर बसिरहनु भएका वृद्धवृद्धालाई फलफूल वितरण गरिएको हो । काँग्रेसका पूर्व पार्टी जिल्ला सभापति एवं वि.पी. कोइरालाका सहयोद्धा बासुदेवशरण कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा काँग्रेस जिल्ला कार्य समिति सदस्य भवानी कोइराला, तरुल दल लालबन्दीका सभापति सुदेश ढुंगाना, नेविसंघका नेताहरु मनोज बख्रेल, विष्णु मैनाली, अभिमन्यू चौधरीलगायतको उपस्थिति रहेको थियो । आफ्नो स्थापना दिवसको अवसरमा नेविसंघले यसरी देशभर विभिन्न किसिमका कार्यक्रम आयोजना गरेको थियो ।