
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको सो भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन ।

सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएका राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री आरज़ु देउवा पनि साे भेटवार्तामा सहभागि भएकी थिइन् । साे अवसरमा परराष्ट्र मन्त्री देउवाले आफुले गरेको चीन भ्रमणबारे पनि राष्ट्रपति पाैडेललाई जानकारी गराकी थिइन् ।

मंसीर १७ गतेदेखि २० गतेसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।