काठमाडौं,मंसिर –१४, गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
शुक्रवार (आज) मन्त्रालयका सहसचिव ऋषिराम तिवारीद्वार हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,´पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहे छ,- त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याईने छ ।
विज्ञप्तिमा सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउन काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।