सर्लाही ,मंसिर- १४  ईलाका प्रहरी कार्यालय लालबन्दीकाे टाेलिले जिल्लाकाे लालबन्दी नगरपालिका–११, हीरापुरबाट अवैध झ्याल ढाेकासहित एउटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।


सिन्धुलीको मरिन गाउँपालिका वडा न-४ बाट सर्लाहीको लालबन्दी तर्फ आउँदै गरेको ट्याक्टरलाई चेकजाँच गर्ने क्रममा  ईलाका  प्रहरी कार्यालय लालबन्दी र मातहत  प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलीले बिहीवार अन्दाजी सवा ११ बजेको समयमा  तयारी झ्याल १२ थान र ढोका ११ थानसहित एउटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको  हाे।


इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकका अनुसार प्रदेश–०२–०३–००१ त १५०७ नम्वरको ट्याक्टर र त्यसका चालक सिन्धुलीको मरिण गाउँपालिका–४, जुटपानी बस्ने २३ वर्षीय सविन बम्जनलाई नियन्त्रणमा लिएको हाे ।


उनका अनुसार बरामद काठ ,नियन्त्रणमा लिएको ट्याक्टर र चालक बम्जनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीमा बुुझाइएको छ।
बरामद काठ तथा नियन्त्रणमा लिएको ट्याक्टरकाे अनुमानित राजश्व ६ लाख ७४ हजा ८सय१रहेको छ ।