सर्लाही ,मंसिर- १२, डिभिजन वन कार्यालय सर्लाहीले मंगलवार झण्डै तीन बिगाहा अतिक्रमित क्षेत्र खाली गराएको छ।
डिभिजन वन प्रमुख सन्तोष झाका अनुसार लालबन्दी नगरपालिका–६, स्थित सवडिभिजन वन कार्यालय लालबन्दीदेखि उत्तरपट्टीकाे वनकाे अतिक्रमित क्षेत्र खाली गराइएको हो ।
राष्ट्रिय वनको जग्गा अतिक्रमण गरेर अदुुवा, बेसार, आँप, लिची, केरा, कटहर,लगायतका बोटविरुवा र बालिनाली लगाइएको थियो-आज हामीले खालि गराएका हाै´, डिभिजन वन प्रमुख झाले भने ।
उनका अनुसार वनको जमिनमा बनाइएको एक दर्जन बढी सुुङ्गुरको खोर समेत भत्काइएकाे छ ।
प्रहरी प्रशासनकाे समेत साथ लिएर वनको अतिक्रमित जमिन खाली गराएको वन प्रमुख झाले बताए । अतिक्रमित क्षेत्र खाली गराउने क्रममा स्थानीयले सामान्य अवरोध समेत गरेका थिए ।
अतिक्रमण हटाइएको जमिनमा तत्काल तारबार गरेर वर्षायाम सुरूहुने बित्तिकै विरुवा रोपिने डिभिजन वन प्रमुख झाले जानकारी दिए ।