रामबाबु खड्का
मंसिर -१२,भदौको गर्मीसँगै तातिरहेको नेपाली चलचित्र क्षेत्र मंसिरको चिसोसँगै बिस्तारै सेलाउन थालेको छ। असोज ३ गतेदेखि प्रदर्शनमा आएको उपसना सिंहठकुरी र धिरज मगर अभिनित चलचित्र खुस्वुले तताएको नेपाली सिनेमा क्षेत्र शंकर घिमिरे र ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ´तेल भिजा´सम्म आइपुग्दा सेलाएको छ।
मंसिर ७ गतेबाट प्रदर्शनमा आएका चलचित्र तेलभिजा´ले जिनतिन व्यापार गरिरहेपनि त्यसै दिनदेखि प्रदर्शनमा आएको अर्को चलचित्र
अग्निदहन´ अधिकाँस हलले उतारिसकेका छन्।
लामो समय अमेरिका बसेर नेपाल फर्किएका शंकर दम्पतीले निर्माण गरेको चलचित्र तेलभिजाझ´को अधिकाँस छायांकन पनि अमेरिकामा नै गरिएको थियो। चलचित्र ञतेल भिजाझमा अब्बल मानिएका कलाकारको अभिनय रहेपनि चलचित्रले सोचेको अनुसारको सफलता हासिल गर्न सकेन। चलचित्र खुस्वु पछि प्रदर्शनमा आएको चलचित्र
बेहुली फर्म मेघौली´ले आफ्नो लगानी उठाएपनि दशै लक्ष्यित तीन चलचित्रले हलमा धेरैदिन टिक्न दिएन। निश्चल बस्नेत र स्वतिमा खड्का मुख्य भुमिकामा रहेको चलचित्रको निर्माता समेत बस्नेत दम्पती हुन । चलचित्र हलले फिल्म उतार्ने भनेपछि ओटीटी प्लाटफर्ममा बस्नेतले चलचित्र रिलिजको व्यवस्था मिलाएका थिए।
त्यसलगत्तै प्रदर्शनमा आएको दिपक र दिपाको चलचित्र छक्का पञ्जा ५´ जितु र नीति शाह अभिनित चलचित्र
ज्वाईंसाब´ र विराज भट्ट बाबूछोराको चलचित्र १२ गाँउ´ले नेपाली सिनेमा क्षेत्रलाई एकलौटी कब्जा जमाएको थियो । ती चलचित्र मध्ये
१२ गाउ´ले राम्रो अकुपेन्सीसँगै धेरै हलमा शो समेत राम्रो बढाएको थियो।
त्यस ताका सबैभन्दा बढी शो पाएको चलचित्र छक्क पञ्जा ५´ले राम्रो ग्रसकलेसन गरे पनि उसको ५१ दिन मनाउने सपना पुराहुन सकेन। शो नपाएर तीनछक्क परेको जितु नेपाल र नीति शाह अभिनित चलचित्र
ज्वाईसाब´ले भने सिनेमा क्षेत्रमा स्थापित हुने र लगानी उठाउने मौका बाहेक ठुलो उपलब्धि हात पर्न सकेन ।
दिपावलीको दिनबाट प्रदर्शनमा आएको विजय बराल र अञ्जना वराईली अभिनित चलचित्र पुर्णबहादुरको सारंगी´ले अहिलेसम्म प्रदर्शनमा आएको चलचित्र मध्ये सबैभन्दा बढी ग्रसकलेकसन गर्ने चलचित्रको नाम रेकर्ड राख्यो ।
पुर्णबहादुरको सारंगी´ अहिले चौथो हप्तामा पनि प्रदर्शनमा नै छ। यसै बीचमा प्रदर्शनमा आएको चलचित्र ह्रस्व दीर्घ´ लाई भने लगानी उठाउनु मुस्किल परेको छ। ज्योतिष हरिहर अधिकारी र नीता ढुङ्गाना अधिकारीले निर्माण गरेको चलचित्रमा अधिकारी दम्पती मुख्य भुमिकामा छन भने आधा दर्जन टुरिष्ट कलाका भित्र्याएर अभिनय गराए पनि लगानी उठ्नेमा शंका छ । चलचित्रले अहिले करिब ६ करोड कमाइ गरेको र २१ करोड कमाउने आँकलन गरेपनि त्यसको भरपर्दो आधार भन्ने निर्माता पक्षले पुष्टि गर्न सकेका छैन। कार्तिक ३० गतेदेखि प्रदर्शनमा रहेको चलचित्र
हस्व दीर्घ´दोस्रो हप्तासम्म हलमा टिकेको छ।धेरै हलले ह्रस्व दीर्घ ´ पनि उतारेका छन। मंसिर ७ गतेदेखि प्रदर्शनमा आएको शंकर घिमिरे र ऋचा घिमिरेको चलचित्र
तेलभिजा´ लाई लगानी उठान ठुलो संकट आईपरेको छ। त्यसै दिनदेखि प्रदर्शनमा आएको अर्को चलचित्र अग्निदहन´ धेरै हलबाट बाहिरको छ। यही अवस्था कायम रहेको नेपाली चलचित्रको गतिमा ब्रेक लाग्ने र हिन्दी चलचित्रले पिकप लिने सहज अनुमान लगाउन सकिन्छ ।
पुस महिनामा एउटा नेपाली चलचित्र
कार्साङ´ले मात्र प्रदर्शनको मिति सार्वजनिक गरेको छ। दयाहाङ राई र जितु नेपाल अभिनित चलचित्र कार्साङ´मा सेर्पा समुदायको कथावस्तुलाई समेटेएर चलचित्रको पर्दामा उतारिएको छ। माघ १६ गतेदेखि प्रदर्शनमा आउने अर्को चलचित्र हो याक्टर। यस चलचित्रमा दिलिप रायमाझीको छोरी दिब्य रायमाझी र प्रदिप खड्का अभिनय गर्ने छन।त्यसपछि फागुन १४ गते दीवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्र
मायावी´ ले प्रदर्शन गर्ने तयारी गरेको छ। चलचित्र मायावी´को मुख्य भुमिकामा पल शाह र दीपिका प्रसाईं छन।
यसैबीचमा लोकप्रिय हास्य टिभी सिरियल
सक्किगोनि´ का लोकप्रिय कलाकार कुमार कट्टेल `जिग्री´ ले निर्माण गरेको चलचित्र ´लाज शरणम्´माघ भरमा प्रदर्शनमा आउने जनाएको छ। चलचित्रमा सक्किगोनि टिमसँगै यस चलचित्रमा विजय बरालको पनि भुमिका रहने छ।