शिविर आखाँ जाँच गराउदै स्थानीय । तस्विर: चियाेचर्चाे खबर

लालबन्दी, बैशाख ४ – सर्लाहीको लालबन्दी नगरपालिकामा शनिवार भएको एकदिने निःशुुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ लालबन्दी सिटीको आयोजना तथा सगरमाथा आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो ।
लालबन्दी नगरपालिका–७, मा रहेको जानकी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको निःशुल्क आखाँ जाँच शिविरमा ४८० जनाले आँखा जाँच गराई लाभान्वित भएका आयोजकले जनाएको छ ।
शिविरमा आँखा जाँच गराएका मध्ये एक सय जनामा मोतियाविन्दुको समस्या समेत फेला परेको र २०५ जनालाई निःशुल्क औषधी पनि वितरण गरिएको छ । मोतिया बिन्दु देखिएका बिरामीहरुलाई आइतवार र सोमवार गरी दुई दिन आखाँको निःशुल्क शल्यक्रियाका लागि लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा लैजाने आयोजक क्लबका अध्यक्ष राजकुमार न्यौपानेले बताए ।
एकदिने शिविरमा सगरमाथा चौधरी आँखा अस्पतालका डा. राजकुमार यादवको नेतृत्वमा रहेको ८ जनाको टोलीले आँखा उपचार सेवा प्रदान गरेको थियो । शविरमा आएका विरामीहरुलाई स्वास्थ्य सुरक्षाका लागि मास्क पनि वितरण गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।