सर्लाही,मंसिर -११,नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्य तथा सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंहकाे सभापतित्वमा जिल्लाकाे हरिपूर्वा वडा नं.-७ मा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
मंगलवार (आज) सर्लाहीकाे तत्कालीन बसन्तपुर गाविस अध्यक्ष स्व. लक्षमेश्वर पञ्जियारको १३ औं पुण्य तिथिमा सहभागी भई निधिले श्रद्धाञ्जली अर्पण गरेका हुन ।


श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै नेता निधिले पञ्जियारको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । पञ्जियारले मुलुकमा लाेकतन्त्र स्थापनकाे गरेको याेगदानकाे चर्चा गर्दै नेता निधिले कांग्रेसकाे मजबुत पिलर भाचिएकाे तर्कगरे ।
आज दिउँसो हुलाकी राजमार्गमा हुदै सर्लाहीकाे हरिपूर्वा वडा नं.-७ स्थित स्व. लक्षमेश्वर पञ्जियारको निवासमा पुगेका निधिलाई कांग्रेस कर्याकर्ताले भव्य स्वागत गरेका थिए ।


श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति,संगठन बिभाग प्रमुख एवम् पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंह,पूर्व सभापति नागेन्द्र कुमार राय,मधेस प्रदेश सभा सदस्य जंगिलाल राय,संविधानसभा सदस्य पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ लगायतका नेताकार्यकर्ताकाे सहभागिता रहेको थियो ।
श्रद्धाञ्जली सभामालाई सम्बाेधन गर्दै वक्ताहरूले नेपाली कांग्रेस सर्लाहीमा पञ्जियारकाे निधनले ठुलो क्षति पुगेको बताएका नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य रामबाबु साहले चियाेचर्चाे खबरलाई जानकारी दिए ।


पञ्जीयारको श्रदान्जली सभा पछि नेता निधि नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहकाे निवास धनकाैलमा आयाेजित कर्याकर्ता भेटघाट कार्यक्रममा सहभागी भई आजै राैतहटकाे गाैर प्रस्थान गरेका छन । कांग्रेस केन्द्रीय सदस्य निधिले भाेली राैतहटकाे तीनवटा चुनावी सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेको छ ।