सर्लाही,मंसिर- ११,स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमामा केही जटिलता देखिएकोले त्यसलाई सहज गर्दै लगिने बताएका छन् ।
उनलेे अहिले राज्यले बिमा सुविधा उपलब्ध गराएर नागरिकलाई केही सहुलियत भएको भएपनि याे व्यवस्थित भने नरहेको बताए।
बिमा सुबिधालाई व्यवस्थित गर्न जहाबाट बिमा गरिएको हाे त्यहीँ पुगेर बिरामीले रेफर गराउनुपर्ने झन्झटिलो व्यवस्था हटाइने बताए ।
उपचारै नगराई झुठो दाबी पेस गर्ने उपचार नगरी उपचार गरि भनी अस्पतालले दावी गर्ने गरेका कारण खर्च एकदमै धेरै बढेकाे बताउदै,यस्ता झुठो दाबी गर्ने अस्पतालकाे सम्बन्धननै खारेज गर्ने उपचारै नगराई उपचार गराए भनी कसैलाई फाइदा पुग्ने गरि हस्ताक्षरकाे पाइए त्यस्तो व्यक्तिले त्योभन्दा पछाडि बिमा बापतकाे सुबिधा नपाउने कडा कानुन ल्याउन लागिएको बताए ।
सर्लाहीको ईश्वरपुर नगरपालिकामा सञ्चालनमा ल्याइएको भरतपुर आँखा अस्पतालको उद्घाटन कार्यक्रमका लागि यहाँ आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले यस्तो बताएका हुन ।
स्वास्थ्यमन्त्री पौडेलले १ लाख बिमा रकमबाट बढाएर ५ लाख पुर्याउनका लागि प्रक्रिया अघि बढाइएको बताए। उनले देशव्यापी रुपमा पाठेघरको क्यान्सर पता लगाउन महिलाहरूकाे पाठेघरको परिक्षण गरिने बताए ।
नेपालीहरू सबैभन्दा बढी औषधीमा ठगिनु परेकाे बताउदै औषधीको मुल्य समायोजन हुने गरी फार्मेशीले मुल्य देखिने गरि मूल्य सूची टास्ने व्यवस्था मिलाउने मन्त्री पौडेलले बताए।
उद्घाटन कार्यक्रममा ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यले ईश्वरपुरमा स्वास्थ्य क्षेत्र सुदृढ नभए सम्म मेयर पदको कुर्सीमा नबस्ने उदघोष गरे। उनले आफुले नगरवासी समक्ष भोट माग्न जादा नगरवासीलाई ईश्वरपुरमा पाठेघरको अप्रेशन तथा किड्नीको उपचारको व्यवस्थापन गर्न वचन दिएकाे बताउदै वाचा पुरा नगरेसम्म मेयर पदको कुर्सीमा नबस्ने दाबी गरे।उहाले मन्त्री पौडेललाई ईश्वरपुरमा पाठेघरको अपरेशन र किड्नी उपचारका लागि समन्वय गरि दिन आग्रह गरे ।
नेपाल नेत्र ज्योति संघ ,हिरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्यन संस्थान, भरतपुर आँखा अस्पताल चितवन तथा ईश्वरपुर नगरपालिकाको संयुक्त सहकार्यमा ईश्वरपुरमा आँखा अस्पताल सञ्चालनमा ल्याइएको हाे ।
उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, लालबन्दी नगरपालिका नगर प्रमुख बासुदेव अधिकारी, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, बर्दीवास नगर प्रमुख प्रहलाद कुमार क्षेत्री, इश्वरपुरका उपमेयर रंजिता चौधरी,विभिन्न वडाका वडाध्यक्ष,स्थानीय नागरिकको सहभागिता रहेको थियो।