
लालबन्दी, बैशाख ३ – नेपाली कांग्रेस लालबन्दी नगर समितिले शुक्रवार भित्तेपात्रो बिमोचन गरेको छ । पार्टीका शीर्षस्त नेताहरुको तस्बीर अंकित भित्तेपात्रो शुक्रवार एक कार्यक्रमकाबिच बिमोचन गरिएको हो । नगर सभापति प्रशान्त आचार्यकाे सभापतित्व सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, नेपाली कांग्रेस सर्लाही क्षेत्र नं १ का सभापति प्रमोद बराल र नगर सभापति आचार्यले संयुक्तरुपमा बिमोचन गरेका हुन ।
कार्यक्रममा प्रमुख आतिथि श्रेष्ठ ,क्षेत्रिय सभापति बराल , नेताहरु दीपक अधिकारी, बाबुकाजी प्रधान, विश्वमित्र रिजाललगायतका बक्ताहरुले नयाँ वर्ष २०७८ को शुभकामना व्यक्तगर्दै पछिल्लो राजनीतिक घटनाक्रमले मुलुक चुनावमा जाने संकेत भएकाले त्यसकालागि तयार रहन आग्रह गरे । नेतृ सानु पाख्रिनले स्वागत गरेको कार्यक्रम पार्टीका नगर सचिव कृष्ण कार्कीले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीमा काँगे्रस निकट नेपाल प्रेस युनियनबाट निर्वाचित अध्यक्ष टंकबहादुर क्षेत्री र अन्य पदाधिकारीहरुलाई सम्मान समेत गरिएको छ ।