सर्लाही,मंसिर -१०, लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत नेपाल एकिकृत विकास समाज लालबन्दीले जिल्लाकाे चन्द्रनगर गाउँपालिका वडा नं.-३ माझि टोलमा सरोकारवाला संग अन्तरक्रिया गरेको छ ।
निर्वाचित वडा सदस्य.रिता देवी माझिको अगुवाईमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष मदन कुमार बर्माकासाथै परियोजनाका कर्मचारीहरूले महिला हिंसा विरुद्ध चेतनामुलक सन्देशहरु प्रदान गरेका थिए ।
वडा सदस्य रिता माझिले माझि समुदायका महिलाहरुको क्षमता अभिवृद्धिका लागि गाउँपालिकासँग समन्वय गर्दै उनीहरुको सहज पहुँचका लागि आवाश्यक कार्य गर्ने प्रतिबद्धतासहित लैङ्गकि समानताका पक्षमा कार्यगर्ने प्रतिवद्धता व्यत गरिन् ।
चन्द्रनगर गाउँपालिका भित्र मिथिला आर्टको माध्यम वाट महिला सशतिकरण कार्यक्रम परियोजना सञ्चालनमा रहेको नेपाल एकीकृत विकास समाजका निर्देशक दिवाकर झाले जानकारी दिए । आजबाट सर्लाही सहित देशै भरि लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रमहरु भैरहेका छन् ।
लैंगिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस नोभेम्बर–२५० मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०)का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । सन् १९९१ मा महिलाको विश्वव्यापी नेतृत्व रुपी संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।