काठमाडौँ,मंसिर -९, राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।