रामबाबु खड्का
मंसिर -९,घरेलु बक्स अफिसमा नेपाली चलचित्रले अहिले एकलौटी ब्यापार गरिरहेका छन।
कार्तिक १५ गते लक्ष्मीपुजाको दिनदेखि प्रदर्शनमा आएको चलचित्र पुर्णबहादुरको सारंगीलाई अहिलेपनि उपत्यका लगायत देशभरिका हलले शो दिइरहेका छन।
विजय बराल र अञ्जना बराईलीको मुख्य भुमिका रहेको चलचित्र पुर्णबहादुरको सारंगी ले ५० करोड भन्दा माथि ग्रस कलेकसन गर्ने निर्माता पक्षले दावी गरेको छ।


यो चलचित्र यस वर्षको सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ। कार्तिक ३० गतेबाट केही शो घटेपनि उसको अकुपेन्सि नघटेको कारण यो चलचित्र हलमा टिकिरहेको छ।
३० कार्तिकबाट दुईवटा चलचित्र ह्रस्व दीर्घ र अग्निदहन प्रदर्शनमा आएपछि पुर्णबहादुरको सारंगीको केही शो संख्या घटेको देखिन्छ ।
नीता ढुङ्गाना अधिकारी र ज्याेतिष हरिहर अधिकारीले निर्माण गरेको चलचित्र ह्रस्व दीर्घले बकस अफिसमा सोचे अनुसारको व्यापार गर्न सकेको छैन।


करिब ६ करोड ३० लाखमा निर्माण भएको चलचित्रले अहिलेसम्म ५ करोड ७५ लाखसम्म ग्रस कलेक्सन गरेको चलचित्रका निर्माता तथा नायिका नीता ढुङ्गानाले जानकारी दिइन ।
चलचित्र दुई भाषामा निर्माण भएकाले नेपाल र भारतमा समेत प्रदर्शनमा आएकाले लगानी सुरक्षित भएको बताइन्।
केहि दिनपछि चलचित्रले २१ करोड भन्दा बढीको व्यापार गर्ने नीताको दावी छ।
चलचित्रले गरेको ग्रस कलेक्सनको आधिकारिकता पुष्टि गर्नुपर्ने चलचित्र बोर्डले अहिलेसम्म कुन चलचित्र कति ग्रस कलेक्सन गर्यो भन्ने कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन।
निकै तामझामका साथ प्रदर्शनमा आएको चलचित्र ह्रस्व दीर्घ ले ७ मंसिरबाट भने दुईवटा नेपाली चलचित्रसँग प्रतिस्पर्धा गरिएको छ। चलचित्र ह्रस्व दीर्घको मुख्य भुमिकामा नीता दम्पती ज्याेतिष हरिहर लगायत थुप्रै टुरिष्ट कलाकारहरुको भुमिका छ।
त्यसैगरी ७ मंसिरबाट प्रदर्शनमा आएको शंकर घिमिरे र ऋचा घिमिरेको चलचित्र तेल भिजा र धनश्यम लामिछानेले निर्देशन गरेको चलचित्र अग्निदहन प्रदर्शनमा आएको छ।


शंकर दम्पतीको चलचित्र तेल भिजालाई लगानी उठाउन सकस परिरहेको छ।लामो समय अमेरिका बिताएका घिमिरेले दम्पतीले निर्माण गरेको चलचित्र तेल भिजाको मुख्य भुमिकामा शंकर घिमिरेकै लेखन रहेको फिल्ममा अभिनेता विपिन कार्कीको दोहोरो भूमिका छ ।
विपिन कार्की वर्षा राउतसँगै पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रले प्रदर्शनको मिति सार्वजनिक गरे लगत्तै चलचित्रका निर्माता शंकर र ऋचालाई ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरिएको थियो।
अमेरिकामा रोजगारी दिने भन्दै नेपालीसग पैसा लिएको उनीमाथि आरोप छ। चलचित्र तेल भिजाले करिव १५० शो पाएको थियो।चलचित्रले हलमा राम्रो शो पाएपनि उल्लेख्य व्यापार गर्ने र लगानी उठाउनेमा शंका छ।
प्रदर्शनमा आएका चलचित्रले हचुवाको भरमा धेरै ग्रस कलेक्सन गरेको दावी गरिरहदा आधिकारिक निकाय मौन जस्तै देखिन्छ ।