
सर्लाही,मंसिर -३,सर्लाहीका दुई पालिकामा पनि पञ्चवर्षिय गढीमाई मेला लाग्ने भएको छ ।
जिल्लाको कविलासी नगरपालिका र रामनगर गाउँपालिकामा गढीमाई मेला लाग्ने मेला आयाेजक समितिले जनाएको छ । मेला समितिका अनुसार कविलासी नगरपालिका वडा नं. -६ जमुनियामा मेला लगाइने छ ।

मंसिर १४ गते कलश यात्रा, २० गते मेलाको उद्घाटनसँगै सोहि दिन कुस्ती प्रतियोगिता आयोजना गरिने मेला समितिका अध्यक्ष पुरुषोतम रायले जानकारी दिए ।
त्यस्तै रामनगर गाउँपालिका वडा नं. ३ खैर्वा बहअर्वामा पनि गढीमाई मेला लगाइने शिक्षक धर्मेन्द्र चौधरीले जानकारी दिए।

रामनगरमा भने, मेला मंसिर २५ गते समापन हुनेछ । मेलामा मा कलश यात्रा, विशेष पुजा पञ्चवली तथा भाकल गर्नेहरुले राँगा ,बोका,हाँस ,परेवा बली दिन्छन् ।