द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिका संग हाेली खेल्दै, प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, अर्की प्रदेश सांसद् बेची लुङ्गेली,हरिवन नगरपालिकाका प्रमुख (मेयर) गणेश प्रसाद प्रसाई लगायत । तस्विर :चियाेचर्चाे ।

कृष्ण थपलिया /हरिवन

चैत १६ — बिगतका वर्षमा जस्तै यस वर्ष पनि सर्लाहीको हरिवन स्थित द्वन्द्वपीडित बाल गृहमा हर्सोल्लासका साथ होली पर्व मनाईएको छ । आईतावार घुर्कौलीस्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिका संग प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, अर्की प्रदेश सांसद् बेची लुङ्गेली,हरिवन नगरपालिकाका प्रमुख (मेयर) गणेश प्रसाद प्रसाई , संस्थका अध्यक्ष सुरेन्द्र लामा, समाजीक अगुवा, पत्रकार लगायतले अभिभावक गुमाएर बालगृहमा आश्रीत बालबालिका संग होली खेलेर मनाएका हुन् ।
रङहरुको पर्व होली आईतवार पहाडी जिल्ल सहित सर्लाहीको उत्तरी क्षेत्रमा पनि आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइएको छ । असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा होली पर्व मनाउने गरिन्छ । आफन्त, इष्टमित्र, साथीभाईसंग मिलेर आपसमा रङ दली शुभकामना आदान प्रदान गरेर होली मनाउने परम्परा भएपनि कोभिड १९ को महामारीका कारण यो वर्ष भने स्वास्थ्य सतर्कता सहित मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेकाले होली पर्वलाई घर परिवारमै सिमित गर्न सरकारले आग्रह गरेको छ । पहाडी जिल्लामा आईतवार हर्सोल्लासका साथ होली मनाईए पनि विषेशगरी तराईका जिल्लामा भने सोमवार (आज) मनाइदैछ । तराई क्षेत्रमा फागू पूर्णिमाको भोलीपल्ट होली मनाईने गरिन्छ । यसैबिच, रंगहरुको पर्व होलीलाई लक्षित गरेर सर्लाहीमा आज बिहानैबाट सुरक्षा कडाइ गरिएको छ। जिल्लाभर सुरक्षाकर्मी परिचालन गर्दै सुरक्षा व्यवस्था मजवुत बनाइएको हो। होली तराईका जिल्लामा सोमवार मनाइने भएकाले त्यसलाई मध्यनजर गर्दै उचित सुरक्षा प्रवन्धन गरिएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी मदन कुवँरले जानकारी दिए । उनका अनुसार होली मनाउने नाममा कानुनविपरीत हुने सबै गतिविधिमाथि निगरानी बढाएर कडाइ गरिएको हो । कोरोनाको जोखिम बढेकाले विशेष सावधानी अपनाएर र स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै होली मनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले सबैमा आग्रह गरेको छ । जमघट र भिडभाड गरेर तथा समुदायमा मनाइने होलीका कारण कोरोना संक्रमणको जोखिम अत्याधिक हुने भएकाले सबैलाई सावधानी अपनाउन र परिवारभित्र मात्रै होलीलाई कायम राख्न आग्रह गरिएको सिडिओ हेमराज तामाङ्ले बताए । होलीमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी नचलाउन, तीव्र गतिमा सवारी नचलाउन, नियमको पालना गर्न र कुनै स्थानमा हुनसक्ने सम्भावित घटनाका बारेमा तत्काल प्रहरीलाई खवर गर्न सबैमा आग्रह गरिएको डिएसपी कुवँरले बताए ।