अन्तिम भाग

पद्मभुवनेश्वरी वृद्ध सेवाश्रम (वि.सं.२०५५)
मितन पासवान, नीलकण्ठ कोइराला र म बसेर कुरा गर्ने क्रममा हामी बुढाहरूलाई दिन बिताउने वातावरण तयार गर्न के गर्नु पर्ला भन्दा मितन पासवानले वृद्धाश्रम खोलौँ भने । मितन पासवान र नीलकण्ठ कोइराला मिलेर बाँस खोजे, डोरी बाटे, खर पराल जम्मा गरे र पाँचकुमारीमा कुटी बनाए । पाँचकुमारीको नव निर्मित कुटीमा गाउँका गन्यमान्य, लब्धप्रतिष्ठित र सर्वसाधारण जम्मा भयौँ । वृद्धाश्रम सञ्चालन गर्ने विषयमा छलफल चल्यो । पुराण लगाउने, मुठी दान सङ्कलन गर्ने, चन्दा माग्ने, अन्नपात सङ्कलन गर्न खेतखलियान चहार्ने, सरकार गुहार्ने आदि विषयमा छलफल चल्यो । स्रोत सङ्कलन गर्न भनेर पुनर्वासका पासवान भाइहरू पनि खुसी भए ।
समय क्रमशः बित्दै गयो । बहसमा चलेका विषय सेलाउँदै गए । पाँचकुमारीमा कुटी बनाउन सङ्कलन भएका सामग्रीहरू एकपछि अर्को क्रममा हराउँदै गए । वृद्धाश्रम खोल्ने कुरा सेलायो । लामो समयपछि मितन पासवान र नीलकण्ठ कोइरालासँग पुनः भेट भयो । उनीहरूमा जाँगर, आँट, सेलाए पनि भावनाहरूमा ताजापना अझै बाँकी थियो । पुनः वरिपरिका बुज्रुगहरूको भेला पाँचकुमारीमा मैले बोलाएँ । मो.सलाउदिन रबानी, अनुचित चौधरी, विष्णु ढकाल, सुशील शर्मा, पार्थमणि भट्टराई, बासुदेव अधिकारी (लालबन्दी नगरपालिकाका वर्तमान नगर प्रमुख), बलिराम झा, सुधार चालिसे, म र रामचन्द्र अधिकारीहरूले आँटको मूल फुटायौँ । उजाड पाँचकुमारी पुनः हराभरा बन्ने भयो भन्ने आशा पलायो ।
बासुदेव अधिकारी र साहित्यकार पार्थमणि भट्टराईको बौद्धिक सोचले उद्देश्यमा परिमार्जन ल्यायो । आश्चर्य ! मेरो पनि अन्तः प्रेरणाले हृदय छल्कियो । आन्तरिक उद्वेगसँगै भाव विह्वल दुई थोपा आँसु तप्प भुइँमा खसे । त्यो आँसु मैले अरुलाई देखाउन चाहिनँ । चस्मा खोलेर मैले आँसु पुछेँ । आँसु पुछ्दा मलाई ढेड महिनाको टुहुरो छाडेर दिवङ्गत हुनुभएका बाबा र प्रजातन्त्रको पुनःस्थापनार्थ भद्रगोल जेलको कालकोठरीमा छँदा स्वर्गीय हुनुभएकी ममतामयी आमाका दुई स्वरूपहरू छर्लङ्ग आए मेरो मानसपटलमा । अनि सम्झेँ सबै जिउँदा वृद्धवृद्धाहरू जो मेरा आमाबाबु त हुन् नि भनेर । बैठक चलिरहेको थियो । बासु अधिकारीको प्रस्तावमा विष्णु ढकाल र पार्थमणि भट्टराईको समर्थनमा यो ‘पद्मभुवनेश्वरी वृद्ध सेवाश्रम’को नामबाट वृद्धाश्रम सञ्चालन गर्न सहमति र निर्णय गरियो ।
पहिलो परोपकार वृद्धाश्रम नामले समाज कल्याणमा दर्ता गरेर ल्याएको थिएँ । पछि परोपकार त अर्को संस्था छ भन्ने लाग्यो, हाम्रो संस्थाको छुट्टै अस्तित्व हुनुपर्छ भन्ने मनमा आयो । हाल यो वृद्धाश्रम सञ्चालित घर ‘मञ्जु कोइराला सदन’ थियो । पछि गाउँमा कुरा चल्यो यो त मञ्जु कोइराला सदन भयो । यो त वृद्धाश्रम हुनुपर्ने भन्ने कुरा आयो । जिल्ला प्रशासन कार्यालय र समाज कल्याणमा अलग अलग नाम भए । अनि बाबाआमालाई सम्झेँ । परोपकार वृद्धाश्रमबाट ‘पद्मभुवनेश्वरी वृद्धा सेवाश्रम’ नामकरण गरियो । पद्मप्रसाद उपाध्याय बाबालाई मैले देख्न पाएको थिइनँ । आमा जसले मलाई जीवन जगत् बुझ्ने बनाउनुभयो । उहाँहरूकै नाममा वृद्धाश्रमको नामकरण मैले गरेँ । वि.सं. २०५५ सालमा चार जनाबाट वृद्धाश्रम सेवा मैले सुरु गरेँ ।
वृद्धाश्रम सञ्चालन गर्न मेरो परिवारले भोगचलन गरेको आठकठ्ठा जग्गाको कम्पाउन्ड, बगैँचासहित चौध कोठे पक्की दुई तले घर, गोठ, टहरा, बिना सर्त वृद्धाश्रमको नाममा दर्ता गरी मैले वृद्धाश्रमको आधार खडा गरिदिएँ । वि.सं. २०५७ सालमा यस वृद्धाश्रमलाई सरकारले मध्यमाञ्चल क्षेत्रकै नमुना वृद्धसेवाश्रमको हैसियतको मान्यता प्रदान ग¥यो । अब वृद्धाश्रम राम्ररी सञ्चालन होला भन्ने आशा पलाएको थियो तर सरकारले घोषणा गरे अनुरूप कार्य गरेन ।
वि.सं. २०५५ जेठ १३ गतेका दिन साबिक जब्दी गाविस वडा नं. ६ निवासी नीलकण्ठ कोइरालाज्यूको संयोजकत्वमा उहाँकै घरमा हामी १६ जना बसी वृद्धा असहायहरूको परोपकार्थ वृद्धासेवाश्रम सञ्चालन गर्न भनेर प्रतीज्ञा गर्दै औपचारिक रूपमा सङ्कल्प पारित ग¥यौँ । ती १६ जना व्यक्तिहरूमा स्व. अनुचित चौधरी, स्व. सल्लाउद्दीन रब्बानी, स्व. मितन पासवान, स्व.नीलकण्ठ कोइराला, बलिराम झा, बासुदेवशरण कोइराला, विष्णुप्रसाद ढकाल, श्रीमती सुधा चालिसे, रामचन्द्र अधिकारी, पार्थमणि भट्टराई, सुशील शर्मा, बासुदेव अधिकारी, श्रीमती मञ्जु कोइराला, हर्षबहादुर खड्का, निरज कोइराला, श्रीमती युडेन कोइराला आदि थियौँ । त्यस वेला १६ जनाको सञ्चालक समिति पनि बन्यो । दोस्रो साधारणसभादेखि निरन्तर मलाई वृद्धसेवाश्रमको अध्यक्ष बनाइयो ।
सुरुमा वृद्धाश्रम सञ्चालन गर्दा मैले कसैसँग पनि सहयोग नमाग्ने विचार गरेको थिएँ । सुरुसुरुमा सहयोग माग्ने काम पनि गरिनँ । खेतबाट आएको धान सकियो । खर्च नपुगेर मञ्जुका गहनाहरू बेचेर सकियो । नमागौँ जस्तो लाग्थ्यो तर मैले नमागिरहन सकिनँ । पछि वृद्धवृद्धाको पनि सङ्ख्या बढ्दै गयो । खर्च पनि बढ्दै गयो । खर्च धान्न गाह्रो प¥यो । सहयोग माग्न बाध्य भइयो । वृद्धाश्रम सञ्चालन भएपश्चात् ६०÷६५ वृद्धवृद्धालाई सदाको लागि बाग्मतीमा बिदा पनि मैले गरेँ । लास पर्दा बोक्ने मान्छेको पनि अभाव हुन्थ्यो । लास लैजान ट्याक्टर दिन पनि असजिलो मान्थे मान्छेहरू । शव वाहन नभएकाले दुःख गरेर लासहरू बाग्मती घाटसम्म पु¥याउनुपथ्र्यो । समाजमा मलामी जान खबर पठाउँदा एक व्यक्तिले त तास खेल्न छाडेर को मलामी जाओस् भनेर भनेको पनि सुन्नमा आयो । मलाई दुःख लाग्यो । पछि ट्याक्टरहरू पाउन थालियो । हरिवनमा शव वाहन आएपछि झ्न सजिलो भयो । आफ्नो शव वाहन भए झन् सजिलो हुने थियो ।
अहिले सरकारले पनि केही सहयोग दिन्छ । केही घरहरू पनि सेवाश्रममा थपिएका छन् । पहिलेको तुलनामा वृद्धसेवाश्रम सञ्चालन गर्न केही सजिलो भएको छ । पछि वृद्धाश्रमको कम्पाउन्डसँगै चारकठ्ठा जग्गा थपिएपछि बाह्र कठ्ठा जग्गा भयो । सप्ताह लगाएका थियौँ रकम सङ्कलन गर्न । सप्ताहको खर्च कटाएर बाँकी भएको रकमबाट पुनर्वासमा सात कठ्ठा जग्गा किनेको छ । यो जमिन छँदै छ ।
अक्षयकोष वृद्धि गर्ने लक्ष्य छ । १०० जनासम्मको पु¥याउने लक्ष्य छ । अक्षयकोषको ब्याजबाट संस्था चलोस् भन्ने मेरो उद्देश्य हो । त्यसो भयो भने कुनै व्यक्तिभन्दा सबै जनताबाट चलेको भन्न पाइन्छ । अक्षयकोष धेरै थोरै जम्मा गरे पनि हाम्रो भन्ने भावना हुन्छ । कसैले व्यक्तिगत प्रभाव जमाउन सक्दैन । अरुको अन्डरमा नजाओस् भन्ने चाहना हो । हकवाला जनता नै हुन् भन्ने चाहना हो । म गएपछि पनि मेरो इच्छा जनताको अन्डरमा वृद्धसेवाश्रम चलोस् भन्ने हो ।
भएको सम्पत्ति आश्रममै दिएको छु । हाम्रो निजी बैङ्क खाता कतै पनि छैन । जमिन पनि हाम्रो नाममा छैन । हामी सुकुमवासी सरह छौँ । हाम्रो आम्दानी वृद्धभत्ता मात्र हो । भन्नेले त डलर कमायो भन्छन् । ती व्यक्तिहरूलाई यहाँ कार्यसमितिमा ल्याएर राखेको छु । अहिले उनीहरूले पनि बुझ्दै गएका छन् । आश्रम कसरी चलेको रहेछ भन्ने ।
वृद्धाश्रममा आमाहरूसँगै आएका बच्चाहरू पनि छन् । उनीहरूलाई पालितपोषित गर्न अक्षय कोषको खाँचो छ । म गएपछि पनि यो अक्षयकोषको ब्याजबाट यो आश्रम चलोस् भन्ने छ । ती बच्चाहरू पछिसम्म मामा घर वा बाबा घर भनेर आउने खाने व्यवस्था मिलोस् भन्ने इच्छा छ ।
सेवाश्रममा नेपालमा मनाइने सबै चाडपर्व मनाइन्छ । जुन चाडमा जे परिकार पकाएर खाने चलन छ, सेवाश्रममा पनि त्यही पकवान र परिकार पाक्छ । सबै मिलेर हाँसखेल, खानपिन गरेर चाड मनाउने गर्छौँ । यस सेवाश्रममा बस्ने प्रत्येक आश्रित तथा वृद्धवृद्धालाई आफ्नै घरमा छु, आफ्नै संस्कृति र चालचलनमा छु भन्ने भान दिलाएको छु । यहाँ अनेकतामा एकता छ । सबै चाडपर्व मान्न पाएका छौँ भन्ने भावना रहोस् भन्ने सेवाश्रम चाहन्छ ।
हाल आएर वृद्ध सेवाश्रम सञ्चालन गर्न अलि सजिलो भएको छ । आफ्नो जन्मदिन, छोरा छोरीको जन्मदिन मनाउन सेवा भावना भएका मान्छेहरू आएर मिष्टान्न भोजन गराउने परिपाटी विकास हुँदै गएको छ । साथै आफ्ना पितृहरूलाई सम्झेर पितृ तिथिका दिन आश्रममा आएर खाना, खाजा खुवाउने व्यक्तिहरू बढ्दै गएकाले आश्रम सञ्चालन गर्न केही सहज भएको छ । हामी बुढाबुढी पनि आश्रित वृद्धवृद्धासँगै बसेर वृद्धाश्रममै खाना खान्छौँ ।
वि.सं. २०७९ सालमा जीवनको उत्तरार्धमा आएर समाजले हेर्ने दृष्टिकोणका कारण आश्रम छाडेर बाहिर बसौँ जस्तो मलाई लागेको छ । उसको नामका लागि हामीले किन गर्ने भन्ने प्रश्नलाई मुखबन्द गर्न आश्रमको सम्पूर्ण जिम्मेवारी समाजलाई दिएर अन्यत्रै कुनै आश्रममा गएर बस्ने इच्छा पनि छ ।
बासुदेवशरण कोइरालाले कथा, कविता, दैनिकीहरू लेखेका थिए तर संरक्षणको अभावमा ती अभिलेखहरू कुनै धमिराले खाए, कुनै प्रशासनको डरले मलभकारोमा पुरिए, कुनै जलाइए, कुनै हराए । उनले जीवनको उत्तरार्धमा लेखेका केही दैनिकी फेला परेका थिए । ती दैनिकीबाट उनको विचार, भावना, सोच, समाज सेवाप्रतिको समर्पण, राजनीतिप्रतिको लगाव, दिनचर्या बुझ्न सहज हुने ठानी केही दिनका दैनिकी समावेस गरिएको छ ।

बासुदेवशरणका डायरीका पानाबाट…………………

वि.सं. २०७२ वैशाख १२ शनिवार
आजको भूकम्प मेरा लागि एक नयाँ भयो । पहिलेपहिलेका साधारण कम्पन भोगेको थिएँ । ९० सालको भूकम्पमा म डेढवर्षको थिएँ । थाहै छैन । टेलिफोन बन्द, बिजुली छैन र हाहाकार कोलाहाल छ । दक्षिणतिर पर्खाल भत्कियो । सुस्मिता बेहोस भइन् । उनको अवस्था देखेर म आफैँ झण्डै बेहोस् भएको थिएँ । भदु्र पनि अर्ध बेहोस् र विक्षिप्त थिइन् । काठमाडौँमा रहेका आफन्तहरूको सम्झनाले सतायो । राती निक्कै वेरपछि मात्र सबैको सकुशल समाचार पाउन सकियो ।
वि.सं.२०७२ जेठ १० गते
आज छोरी भदु्र–भवानी मेरो साथमा धेरै वेर बसिन् । सेवाश्रमको बारेमा लामो कुरा भयो । उनको योजना, परिकल्पना, शङ्का र समाधान आदिका बारेमा विचार विमर्श पनि भयो । मेरो पीडित हृदयलाई निक्कै राहत मिल्यो । मैले भवानीलाई आमा पनि भन्छु । आमाले जस्तै मलाई माया गर्छिन् । गाली गर्छिन् र रिसाउछिन् पनि । कहिले काहीँ धम्की पनि दिन्छिन् । यसैले मेरी आमा, साथै सल्लाहकार, सहायक र आश्रय दाता बनेकी छिन् । परमात्माले उनको कल्याण गरुन् ।

वि.सं. २०७२ वैख १२ शनिवा आजको भूकम्प मेरा लागि एक नयाँ भयो । पहिलेपहिलेका साधारण कम्पन भोगेको थिएँ । ९० सालको भूकम्पमा म डेढवर्षको थिएँ । थाहै छैन । टेलिफोन बन्द, बिजुली छैन र हाहाकार कोलाहाल छ । दक्षिणतिर पर्खाल भत्कियो । सुस्मिता बेहोस भइन् । उनको अवस्था देखेर म आफैँ झण्डै बेहोस् भएको थिएँ । भदु्र पनि अर्ध बेहोस् र विक्षिप्त थिइन् । काठमाडौँमा रहेका आफन्तहरूको सम्झनाले सतायो । राती निक्कै वेरपछि मात्र सबैको सकुशल समाचार पाउन सकियो ।
वि.सं.२०७२ जेठ १० गते
आज छोरी भदु्र–भवानी मेरो साथमा धेरै वेर बसिन् । सेवाश्रमको बारेमा लामो कुरा भयो । उनको योजना, परिकल्पना, शङ्का र समाधान आदिका बारेमा विचार विमर्श पनि भयो । मेरो पीडित हृदयलाई निक्कै राहत मिल्यो । मैले भवानीलाई आमा पनि भन्छु । आमाले जस्तै मलाई माया गर्छिन् । गाली गर्छिन् र रिसाउछिन् पनि । कहिले काहीँ धम्की पनि दिन्छिन् । यसैले मेरी आमा, साथै सल्लाहकार, सहायक र आश्रय दाता बनेकी छिन् । परमात्माले उनको कल्याण गरून् ।
वि.सं.२०७२ वैशाख १६ गते
शनिवारदेखि पत्रिकाहरू पढिएको थिएन । आज मैले ५ दिनको कान्तिपुर पढेँ । दिनभरि नै अरु अखबार पढ्न पाइएको छैन । कान्तिपुरले त सरकारी पक्षमा नकरात्मक बढी लेखेको छ । पुरातात्त्विक दृष्लिे महत्त्वपूर्ण स्थल, सांस्कृतिक र धार्मिक स्थल, एवम् ऐतिहासिक महत्त्वका र पर्यटनका महत्त्वपूर्ण स्थानहरू अधिकांश १२ गतेको भूकम्पले नष्ट भएका छन् । अब ती त्यस्तै किसिमले निर्माण हुन सक्दैनन् । सयकडौँ वर्षदेखि सुरक्षित, निर्मित र पुनःनिर्मित मन्दिरहरू प्राय समाप्त भएका छन् । नेपाललाई माया गर्ने दल अथवा राष्ट्र र राष्ट्रियताप्रति समर्पित सिद्धान्त बोकेको पार्टी नेताको हातमा सरकार वा यस्तै किसिमको संविधान बन्यो भने मात्र त्यतातिरको प्रयास होला कि ? ६५, ७० वर्षसम्मको अवधिमा राजनीतिक तथा सामाजिक कार्यमा आफूलाई समर्पण गरेर, लागेर, देखेर, सुनेर, भोगेर पनि म त्यति आशावादी भने छैन । १००, १५० वर्षमा कतै नेपालको युगपुरुष जन्मियो भने नेपालको पुनः स्वर्णिम अवस्था आउन सक्छ ।
वि.सं. २०७२ जेठ १२ गते
सर्वोच्च अदालतका न्यायाधीश भरतराज उप्रेतीको आत्महत्याको समाचारले दिनभरि नै दिमाग कचौटी रह्यो । सायद ती दुःख प्रकट नगर्ने अन्तर्मुखी रहेछन् । परिवार वा कसैको वचनको चोट हो कि ?
विगतमा म पनि धेरै चोटि मृत्युको मुखबाट फर्केको हुँ । दुई पटक प्राकृतिक विपद्बाट, दुई पटक जनआन्दोलनमा गोलीले कान माथिको कपाल उठाएर पास हुँदा र एक पटक आत्महत्या नै गर्ने उद्देश्यले देवघाट हेलिँदा । उक्त पाँच ओटै कथा रोचक छन् ।
केही महिना यता आफूलाई बोझ मात्र भएको र केही गर्न नसकेको अनि ठट्टैमा किन नहोस् भित्र घोच्ने वचन सुन्दा सिद्धियाँैं जस्तो लाग्छ तर मैले मरणोपरान्तको शव अस्पताललाई दिने कबोल गरेको र स्वीकृत पनि भइसकेको हुँदा सुसाइड गर्ने अधिकार छैन नि । त्यसो नपरोस् बाँचेसम्म रहूँ ।

वि.सं. २०७२ भाद्र १
जीवनको त्यो लामो समयलाई फर्केर हेर्दा रमाइलो लाग्छ । मबाट के भो के भएन म जान्दिनँ । यो भयो भन्ने अथवा गरेँ भन्ने अहङ्कार पनि छैन र केही गर्न सकिनँ भन्ने पछुतो पनि छैन । म ‘आस्तिक कि नास्तिक’ यो पनि भन्न सक्तिनँ । हिमाल, पहाड र तराई मिलेर बनेको नेपाल म आफैँ जस्तो लाग्छ । अन्तरमनले हेरिरहूँ, देखिरहूँ जस्तो लाग्छ । मरिन्छ, निश्चित थाहा छ । पुनर्जन्म हुन्छ वा हुँदैन त्यो भने म जान्दिनँ । गणतन्त्रात्मक प्रजातन्त्रको विकास, प्रत्येक नेपालीको जीवनस्तर उच्च र अहङ्काररहित सन्तोष, आवश्यकीय साधन स्रोतसहितको निर्माण विकासको कार्य र संरक्षण त्यस्तै अमन चयन र सभ्य नेपालीको हँसिलो मुहार हेर्ने इच्छा भने छ ।
वि.सं.२०७२ जेठ २२
आज पनि सेवाश्रमको कदमगाछीमा जान सकिनँ । दुवै खुट्टाको बुढी औँला तलको घाउ दुखेको दुख्यै छ । दिउँसो तन्दाका साथ सुतेको थिएँ । मोबाइल बच्यो । अपरिचित दिपक खड्काको फोन रहेछ । उनले सोधे, “कहाँ हुनुहुन्छ ?”
—“आश्रममै छु ।” मैले भनेँ ।
“तपार्इँलाई अलिकता पैसा पठाउनु थियो, कसरी पठाऊँ ? खाता नम्बर छ ?” ती अपरिचित व्यक्तिले मलाई पुनः प्रश्न गरे ।
मलाई लाग्यो वृद्ध सेवाश्रमलाई कसैले दान गर्न लाग्यो होला भनेर । आश्रमको खाता नम्बर मलाई याद भएन, त्यहाँको अध्यक्षको नम्बर दिन्छु, सोधेर टिप्नु होला । “भवानी कोइराला अध्यक्ष, पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रम, कार्यालय फोन नं. ०४६–५७०३०४” मैले भनेँ र उनले टिपे । आधा घण्टापछि फेरि उनैको फोन आयो । “बासु दाइ ! यो पैसा आश्रमलाई सहायता होइन, तपाईँका लागि पाकेट मनी हो ।” ती अपरिचित व्यक्तिले मलाई बताए । मैले सोधेँ, “तपाईँ को हो ?” उनले आफ्नो परिचय नदिइकन भने सुशीलदा प्रधानमन्त्रीको तर्फबाट । म अक्कमकिएँ किनकि मेरो जीवनमा नेताहरू वा कसैले पनि यसरी पाकेट मनी भनेर एक रूपैयाँ पनि दिएका थिएनन् र यसरी अचानक पठाउन लाग्नु त झन् आश्चर्यकै कुरा भयो । स्वीकार्नु कि न स्वीकार्नु दोमनमा म थिएँ ।
उताबाट फोन गर्नेले भने “किन सुन्नु भएन ?”
मैले सुनेँ भनेँ ।
“आइ.एम.ई गरेर पठाऊँ ?”
मैले हुन्छ भनेँ । इन्कार गर्दा अहङ्कारी हुने र पाउनेकोे उपकार पनि हुने हुँदा मैले किन, के कामका लागि भनी सोधुँ जस्तो लागेर पनि सोधिनँ । पैसा प्राप्त भएपछि फोन गर्नुहोला भनेर फोन नम्बर टिपाए । मैले धन्यवाद भनँे ।
केही बेरपछि मोबाइलमा मेसेज आयो, कोड नम्बरसहितको यो नागरिकताको प्रमाणपत्र लिएर पैसा बुझ्न जानुपर्ने रे भनेर । आज उठ्नै सकिनँ । भोलि शनिवार । पर्सि आइतवार निकाल्नु पर्ला । भवानी पनि छैनन् । भोलि बिहान सल्लाह गरूँला ।
१२, १३ वर्षको उमेरदेखि सामाजिक काम गर्न थालियो । साथै राजनीति पनि गरियो । यति लामो अवधिमा कुनै व्यक्तिबाट, संस्थाबाट, पार्टीबाट र राज्यबाट समेत यसरी पाकेट मनी भनेर लिएको मैले थिइनँ । ऋण सापटी भनेर धेरैसँग लिइयो । ऋण सबैको तिरे तापनि कसै कसैले सापटी फिर्ता नलिएका पनि छन् । यस्ता करिब १० जना जति होलान् । घटीमा २० रूपैयाँदेखि बढीमा १००० सम्म छन् । सायद मैले त्यो अर्को जन्ममा तिर्नुपर्छ होला । जुन धेरै जसोले लिन मानेनन् । कति त परमधाम गई पनि सके । राजनीतिक पीडित भनेर निवेदन दिई किशुनजीसँग ५०,००० रु लिएकोमा भने मलाई पछुतो छ । सुशीलजीले दिनुभएको रकम मैले नमागी दिएको हुँदा मैले यसलाई उपहार वा सम्मान मान्नुपर्छ होला ।
वि.सं. २०७२ जेठ २४
नेपाली काङ्ग्रेस सर्लाही जिल्ला सभापति महेन्द्र साह आउनुभएको थियो । जिल्लाको वर्तमान साङ्गठनिक स्थिति र आगामी अधिवेशन सम्बन्धमा लामो छलफल भयो ।
डा. उपेन्द्र झालाई भेट्न गएकोमा भेट भएन । लालबन्दी गएँ, बैङ्कको काममात्र सकेर फर्केँ । साथमा छोरी भवानी नगएको भए सायद म फर्किन सक्तिनथेँ होला । शरीर यति कमजोर भए छ कि अब धेरै कुरा सोच्नुपर्ने भयो ।
अस्ति प्रधानमन्त्री सुशील कोइरालाबाट पठाएको पैसा लिएँ । असजिलो लाग्यो । नमागी र कुनै सङ्केतसम्म नगरी प्राप्त भएकाले उपहार सम्झेँ र पठाउने दीपकलाई धन्यवाद पनि दिएँ ।
मेरा अनेकौँ अभाव र आय स्रोत सुन्ना भएको वेलामा ऋण लिएर ब्याज तिरेर भए पनि समस्या समाधान गरिदिने छोरी भवानीलाई सुम्पिदिएँ र सो पैसा छोइनँ । त्यो भवानीकै ठानेँ । किञ्चित सन्तोष लाग्यो ।
वि.सं.२०७२ जेठ २६ गते
दुई दिनको कान्तिपुर र अरु अखबारमै ज्यादा समय बित्यो । धेरै इन्तजारपछि संविधान निर्माणमा नेका, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका बिच भएको १६ बुँदे सम्झौता अर्थात् सहमति भएको समाचारले मलाई मात्र होइन अधिकांश नेपाली र नेपालको भलो चाहनेहरूलाई आशाको सञ्चार भएको छ । खुसीको लहर आएको छ । वास्तवमा म रोमाञ्चित भएको छु । सीमाङ्कनसहितको प्रदेश तोकिएको भए राम्रो हुने थियो र शङ्काको तुस रहने थिएन । जेहोस् मर्नुभन्दा अघि, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानभित्र रहेर मर्न पाइन्छ कि ?

वि.सं.२०७२ असार ४ गते
अब त संविधान बन्ने भो भन्ने नेपालीको आशामा सर्वोच्च अदालतको निर्णयले बज्रपात भयो । नेपालमा संवैधानिक विकास हुन नदिने देशीविदेशीको षड्यन्त्रले फेरि टाउको उठायो । पुनः लामै सङ्घर्ष गर्नुपर्ने जस्तो लाग्छ । वास्तवमा नेपालका वर्तमान राज नेताहरू अयोग्य ठहरिए । अब गतिलो नेतृत्वको उदय हुन आवश्यक छ । त्यस्तो व्यक्तित्व अब लामो सङ्घर्षले मात्र जन्माउँछ । मैले त प्रजातन्त्र या गणतन्त्रको एउटा असल नागरिक भएर नेपालीको जीवनस्तर उक्लिँदै गएको स्थिति हेर्न पाइनँ नै, आउँदो पिढीँले अझै दुःख पाउने भयो ।
केही साथीहरूसँग फोन वार्ता र केहीसँगको भेटमा मुख्य विषय यही रह्यो । पत्रपत्रिकामा खासै समय खर्चिनँ । उदास उदास जस्तो लाग्यो ।

वि.संं.२०७२ असार ६ गते
२१ जुन आज विश्व योग दिवस । यो दिवस मनाउन संयुक्त राष्ट्रसङ्घमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव राख्नुभएको थियो । नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सर्वप्रथम समर्थन गर्नुभएको थियो । यसैगरी जम्मा १२७ देशले समर्थन गरेका छन् । १७० मुलुकमा योग दिवस मनाएको खबर आएको छ ।
पतञ्जलि योग पीठका संस्थापक योग ऋषि रामदेव र आचार्य बालकृष्णको ठुलो योगदान छ । हिमालको गुफामा वर्षौ तपस्या गरी सिद्ध प्राप्त स्वामीद्वयको प्रयासले योग र आयुर्वेद चिकित्साको विश्वव्यापी प्रचारप्रसार र सफलता एक ऐतिहासिक अर्थात् अभूतपूर्व छ ।

वि.सं.२०७२ असार ८ गते
सिस्टर मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला जोशीको ९१ वर्षको उमेरमा निधन भयो । उहाँ एक नेपाली चेली भएर विश्वविख्यात सेवा संस्थामा काम गर्ने सेविका र आदर्श व्यक्तित्व मदर टेरेसा जसलाई नोबेल पुरस्कारले सम्मानित गरेको थियो । उहाँको निधनपछि उत्तराधिकारी बन्नुभएको थियो । ईश्वरांश र सेवाकी प्रतिमूर्ति निर्मलाजीलाई हार्दिक नमन र श्रद्धाञ्जली ।
छोरी भवानीले आजै सार्वजनिक सभा र विशिष्ट व्यक्तित्वहरूको सामु सम्मान प्राप्त गरिन् । सेवा वापत् यो सम्मान भएकोमा मलाई वात्सल्यतापूर्वक भावनात्मक बनाएको छ । भवानी पनि भविष्यमा मदर टेरेसा, निर्मला जोशी र नेपालको अनुराधा कोइराला जस्तै चर्चित र सम्मानित बनून् शुभकामना ।
शरीर ठीक कै छ, प्रसन्नता पनि छ । चिन्तन, मनन र अध्ययनमा रुचि बढेकै छ । फोन वार्ताहरू पनि राम्रै छ ।

वि.सं.२०७२ असार १४ गते
संविधानको मस्यौदा आज तोकिएको दिन टेबुल हुन सकेन फेरि आशङ्का बढ्न थाल्यो । सेवाश्रममा निर्माणका काम भइ राखेको छ । सदा झँै कदम गाछी वरिपरि हामी वृद्धवृद्धा छौँ । समय समयमा कल्याण, नेपाल र कान्तिपुर पढेर सुनाउँछु । पीर नगरौँ, चिन्ता नगरौँ र धेरै मैलो धैलो नबसौँ भन्छु । कसै कसैका मनका दुःख मर्का सुन्छु र आश्वासन दिन्छु ।
म आफैँ भने त्यति सन्तोषी छैन । नेपाली काङ्ग्रेसलगायतका दलहरूमा देशभक्तिको लक्षण देखिँदैन मात्र सत्तामा जाने र कमाउने उद्देश्य देखिन्छ । त्यस्तै आफू बसेको गाउँमा पनि सामाजिक चेतना पलाउन सकेन । मैले पनि केही गर्न सकिनँ । दिक्क लाग्छ ।

वि.सं.२०७२ असार ३० गते
दिनभरि वी.पी. स्मृतिभवन सानेपामा विभिन्न जिल्लाबाट आएका साथीहरूसँग भेटवार्ता ।
सबै जिल्लाका साथीहरूबाट गुनासो सुनिन्छ, सन्तोषको कुरो कतै छैन । नेताहरूप्रति श्रद्धाका वचन सुन्न पाइन्न ।
धन्य धन्य वी.पी. । उहाँको नामले यो पार्टी चलिराखेको छ । यति ठुलो ऐतिहासिक गौरव बोकेको पार्टी, तीन पटकसम्म हतियार उठाएको पार्टी, नयाँ चेतना र जागरणका अनेकौंँ आयाममा अग्रपङ्क्तिमा रहेको पार्टी, नेपाली काङ्ग्रेसलाई अहिलेका साना पार्टीहरूले समेत जिस्क्याउन थालेका छन् ।

वि.सं.२०७२ असार ३१ गते
नेपाली काङ्ग्रेसका मुख्य सचिव साथी ऋषिकेश तिवारीको सहयोगमा बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार गइयो । बिहानको खाना पनि त्यहीँ खाइयो । यसभन्दा अघि तराईतिरका जिल्लाहरूका स्थितिका बारेमा प्रतिवेदन सुनाइयो । मुख्यतयाः ज्येष्ठ राजनीतिज्ञ सभा गठन गर्ने र देशभरका प्रजातन्त्र सेनानीहरूका बारेमा स्थलगत सम्पर्क राखी अवस्थाको जानकारी लिने सम्बन्धमा छलफल गरियो ।
मेरो जोड थियो, “पार्टी बचाउन पनि तपाईँ (सुशील कोइराला) पुनः उम्मेदवार बन्नुपर्छ ।” भेट गर्ने ठुलो भीड थियो । पसेका, बसेकालाई पनि उठाइकन मुख्य सचिवलाई राखी धेरै बेर समय लिएको भनेर केही साथीहरू मसँग पछि रिसाए ।
मैले नमागी भन्न नलगाई सुशीलजीको आफ्नो इच्छाले सहयोग स्वरूप रु ५० हजार पठाएको बारे कृतज्ञता साथ धन्यवाद दिएँ ।

वि.सं.२०७२ साउन १४ गते
खाना खाएर मन्दिरमा म बसेको थिएँ । १० बजेतिर बेहोस भएछु । आँखा खुल्दा कविता चौधरीले गुल्कोज पानी हातमा लिएर मलाई सुम्सुम्याउँदै थिइन् । मेरो सर्वाङ्ग शरीर चिसो भएको थियो र पसिनाले भिजेको थियो । एकछिन अघि भवानीले पङ्खा चलाई राखेकी थिइन् । धेरै बेरपछि सामान्य स्थितिमा आएँ । केही महिना भयो मलाई वेला वेलामा यस्तै हुन्छ ।

वि.संं.२०७२ साउन १५ गते
आज गुरुपूर्णिमा, श्रद्धापूर्वक गुरुहरूलाई सम्झेँ । गायत्री गुरु, शिक्षा गुरु, मार्गदर्शक गुरु जस्तै पं. शिवप्रसाद वाग्ले, प्रभुदत्त ब्रह्मचारी, कविप्रसाद गौतम, गङ्गाधर पराजुली, दामोदर गुरु, आनन्दमयी माँ, खपरु बाबा र भैरव बाबा आदिआदिको कृपाप्रति आभार प्रकट गर्दछु ।
मलाई जन्मदिने आमा भुवनेश्वरीको आज पुण्य तिथि पनि हो । श्रद्धापूर्वक स्मरण र नमन ।

वि.सं.२०७२ साउन २५ गते
मान्छेलाई विविध अवस्था पार गर्नुपर्छ — बाल, किशोर, तरुण, प्रौढ र वृद्ध । बाल अवस्था र वृद्ध अवस्था एकै नाशको हुँदोरहेछ । दुवै अवस्थामा माया चाहिने रहेछ । वृद्धावस्थामा पनि धेरै कुरा चाहिन्छ तर मूल रूपमा माया । माया गर्ने धेरै छन् बोलीले, पैसाले, सम्मानले अन्य आवश्यक समान आदिइत्यादिले तर हृदयले माया गर्ने ज्यादै कम । कमका पनि त्यसको केही अंश मात्र । किन हो कुन्नि बच्चाले जति माया वृद्धले पाउँदैनन् । एक रत्ति पनि पाउँदैनन् । स्वरूपले बच्चा हुन सकिएन उही भावले मात्र बच्चा ।

वि.सं.२०७२ भाद्र २१ गते
आज निक्कै बेर रोएँ, डाँको छोडेर रोएछु । विनोद सोध्न आयो । के भयो बाबा ? मेलै केही भएको छैन भनेँ । उसले कसकसलाई सुनायो थाहा छैन । मन्दिरमा एक्लै बसेर रोएको थिएँ । खुब प्रचार भयो ।
भवानी आइन् । सोध्न र सम्झाउन । टाउको सुम्सुम्याइन्, अँगालो हालिन् र भनिन् म छँदै छु, के गर्नु प¥यो ? मैले उत्तर दिइनँ, झन् रुन मन लाग्यो । बेलुका उनले कोठामा पु¥याइदिइन् ।

वि.सं.२०७२ भाद्र २२ गते
संविधानको मस्यौदा पारित गर्ने अन्तिम बैठक बस्यो । अब एक साता अनवरत छलफल प्रक्रियामा जान्छ । दुःखको कुरा फोरम लोकतान्त्रिक मोर्चाले बाहिर आउने निर्णय ग¥यो । सबै मिलाएर मधेशवादी दशओटा दलले बहिष्कार गरे । अब बहुमत अथवा दुई तिहाइ मतले संविधान पारित भए पनि समस्या रहिरहन्छ । बहिष्कारवादीहरूले आफ्ना कुरा राखेर बहसमा भाग लिए केही सुल्झिन सक्तथ्यो । क्रमशः छुटफुट कुरा मिलाउँदै जान सकिन्छ । सजिलो र पूर्ण वैधानिक हुन्थ्यो । कसले र कसरी सम्झाउने ? नेपाली काङ्ग्रेसले यस सम्बन्धमा कुनै कार्यक्रम सञ्चालन नगर्नु दुर्भाग्य हो ।

वि.सं.२०७२ भाद्र २४ गते
आज महामानव श्री विश्वेश्वरप्रसाद कोइरालाको एक सय दुई जन्म दिवस हो । लालबन्दी नगर कमिटीले एक विचार गोष्ठी आयोजना गरी मलाई मुख्य अतिथि बनाएका थिए । साथीहरूको विचार सुनियो र आफ्नो विचार पनि राखियो । धेरै दिनपछि साथीहरू भेट्न पाएकोमा खुसी लाग्यो ।
वास्तवमा अहिले मधेशमा र पहाडमै पनि जुन आन्दोलन भएको छ, त्यो आन्दोलन लक्ष्यविहीन, असमझदारी र अबुझका कारण भएको छ । यौटा युग बदल्ने र व्यवस्था बदल्ने समता युक्त अधिकार प्राप्तिमा संविधान आउने शङ्का बढेको छ । अहिले सङ्घीय लोकतान्त्रिक, जनतान्त्रिक संविधान, संविधान सभाले दिन सकेन भने ठुलो दुर्घटना हुने छ, आउँदा पिँढीले बडो दुःख पाउने छन् ।

वि.सं.२०७२ भाद्र २९ गते
सेवाश्रमकी आश्रित गोमा राईको १३ औं दिन रुद्रीपूजा र भण्डारा कार्यक्रम सम्पन्न भयो । उनी बेवारिसे हुन् तर ५ वर्षदेखि सेवाश्रममा एउटै परिवार भएर बसेका थियौँ । उनी आँखा नदेख्ने अपाङ्ग थिइन् । परिवारका सदस्यको रूपमा सबैले प्रेमपूर्वक उनको सेवा गरे । उनीलाई पनि अन्तिम संस्कार (समाधि) भवानी कोइरालाले गरिन् । यसैगरी भवानी (म भदु्र भन्छु) ले धेरैको दाहसंस्कार, समाधि र दागबत्ती दिने काम (क्रिया) गरेकी छिन् । मानिस मरेको ठाउँमा जान नसक्ने उनी हाल लास बोक्ने, मलामी जाने, समाधिको लागि खाल्टो खन्ने, दिवङ्गत आश्रितको लागि गरिने हरेक कार्यमा छोरा सरह भएर सबै काम (क्रिया) गर्छिन् ।
आश्रममा आज तिजको दर खाने कार्य पनि भव्य मिष्टान्न भोजन गरेर भयो । रात परेपछि आत्मज्ञानको प्रवचन भिडियो चित्र सबैेले हेरे र मनारेञ्जन पनि गरे ।

वि.सं. २०७२ भाद्र ३० गते
संविधान सभाले आज नेपालको संविधान दुई तिहाइभन्दा बढी मतले पास ग¥यो । मेरो जीवनमा सर्वाधिक खुसीको दिन आजै भयो । पूर्ण खुसी आश्विन ३ गते हुने छु ।
वि.सं.२००७ सालदेखि जनताको लागि जनताद्वारा बनाएको संविधानले जनताको शासनबाट काम गर्ने सपना पूरा हुँदै छ । यो सपनालाई पूरा गर्न ६७ वर्षदेखि मेरो पनि जेल, नेल, प्रवास, सर्वश्व र मानसिक पीडाका साथै शारीरिक पीडासमेतको भोगाइ किञ्चित भए पनि परेको छ । यसैले होला संविधान सभाबाट संविधान पास भएको सुन्दा यति हर्ष, खुसी र भावुक बन्न पुगेको यस अवस्थामा मेरा आदरणीय सहकर्मी सहिदहरूलाई सम्झन्छु र नमन गर्छु, जसले यो कुरा पाउन आफूलाई आहुति दिए । यस्तै जीवित साथीहरू र हजारौँ प्रजातन्त्रका सेनानीहरूलाई बधाई पनि दिन्छु ।

वि.सं.२०७२ असोज ३
आज नेपालको लागि ऐतिहासिक एवम् युगान्तकारी दिन हो । सङ्घीय गणतान्त्रिक संविधानको घोषणा र लागु भएको दिन हो । हिमाल, पहाड र तराईका सय सवा सयभन्दा बढी जाति जनजातिले अधिकार पाएको दिन हो । आजदेखि लागु भएको संविधान भारतलगायत दक्षिण एसियाली मुलुकको संविधानभन्दा बढी हकअधिकार भएको गतिशील संविधान हो । तराईमा जुन असन्तोष छ, त्यो मधेश केन्द्रित नेतृत्वबाट फुत्किसकेछ र रहस्यमय छ । नेपालका ठुला दल र त्यसका नेताहरू राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा लिएर हिँड्ने हामीहरूको कमीकमजोरीको कारण पनि हो ।

वि.सं.२०७२ आश्विन १८
मधेशवादी आन्दोलन र भारतको यसप्रतिको समर्थनका कारण नाकाबन्दीले पूरा नेपाल आक्रान्त छ । आफ्नो देशलाई अर्को देशले कुनै पनि मामलामा हस्तक्षेप गर्दा सो देशका नागरिकले हँमा हँ मिलाउनुपर्ने अवस्था हुनु भनेको अत्यन्त नै तल्लो तहको स्थिति हो । स्वदेशको विरोधमा विदेशी हित चाहने नागरिकलाई के भन्ने कुन नामले पुकार्ने ? पञ्चमाङ्गी ? अन्तरध्वाँसी ? या आत्मघाती ः अथवा त्यागी राष्ट्रवादी वा देशभक्त यो गम्भीर र विचारणीय कुरा छ ।

वि.सं. २०७२ आश्विन २५ गते
सेवाश्रममा आज अखबार आएन । नेपाल, पुराना कान्तिपुर र ओझेलमा परेको मान्छे पढेर समय बित्यो । केपी ओलीको प्रधानमन्त्रीत्वमा नौ सदस्य मन्त्रीमण्डल बन्यो । खिचडी सरकार । राजवादी कमल थापा परराष्ट्रसहित उपप्रधानमन्त्री, विजयकुमार गच्छदार पनि यस्तै भौतिक यातायातसहित उपप्रधानमन्त्री भए । बुद्धिजीवीहरूले सुशील र काङ्ग्रेसको आलोचना गर्न थालेका छन् । गतिलो दूरदर्शी नेतृत्वको खाँचो झल्कियो ।
श्रीमती मञ्जु कोइरालाले दसंै कसरी मनाउने भनेर मसँग सल्लाह मागिन् । म मौन रहेँ कारण सल्लाह दिँदा पैसाको कुरा आउँथ्यो । मसँग एक पैसा छैन । सुरुदेखि नै मैले घर व्यवहारको सम्बन्धमा केही गरिनँ । सोचिनँ पनि । मञ्जुले नै सबै गरिन् । मैले कहिले पनि हरहिसाबको खोजीनीति पनि गरेको छैन । उनीप्रति विश्वास गर्दै आएको छु । तर उनीले ममाथि शङ्का गर्छिन् । अरुलाई दियो । कमाएन । मलाई दिएन । भएको सिध्यायो भन्ने उनको गुनासो छ ।

वि.सं.२०७२ कार्तिक १७ गते
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक बसिराखेको छ । तीन दिनदेखि शर्षि नेताहरूको आलोचना भइरहेको छ । यो स्थिति मैले बाह्रौँ अधिवेशनको वेलामा नै अनुमान गरेको थिएँ । बाह्रौँ अधिवेशनमा गलत मान्छे, गैर काङ्ग्रेसी मान्छे, पार्टी भित्रभित्रै अन्तरघात गर्ने मान्छे, अवैध किसिमबाट पार्टीमा छिराइएको यो हुनुहुँदैन भनेर मैले आमरण अनसनमा बस्नुप¥यो । केन्द्िरय नेतृत्वको विशेष दबाबमा मैले अनसन तोडेँ ।
मलाई यो अहिले पनि धेरै पछुताउ छ । प्रजातन्त्रलाई समाप्त पार्न अर्थात् नेपाली काङ्ग्रेसलाई समाप्त पार्न मण्डले, माले, मसाले र माओवादीसमेतको रणनीतिभित्र षड्यन्त्रपूर्वक यो भएको छ । पार्टी नेतृत्व फसेको छ । एकपछि अर्को गल्ती गर्दै गएको छ । पार्टीभित्र सिद्धान्त, नीति, मूल्य, मान्यता र निष्ठा भन्ने कुरा धुकधुकी मात्र छ । पुरानो पुस्ताले सात दशक धाने अब सकिँदै छन् । केही बाँकी अपहेलित र किनारामा बसेर टुलुटुलु हेर्ने निमुखा जस्ता छन् ।

वि.सं. २०७२ कार्तिक २८ गते
सेवाश्रममा व्यवस्थित रूपले पुस्तकालय सञ्चालन गर्ने कुरा मात्र भयो । केही गर्न सकिएन । साथ दिने कोही पनि भएनन् । भवानी पर्खनोस् मात्र भन्छिन् । सायद मेरो पुस्तकालय स्थापना भएको हेर्ने इच्छा पूरा हुँदैन होला । खैर इच्छा लेखँे र पुस्तकालयको छोटो प्रस्ताव पनि लेखेँ । मस्यौदाको रूपमा विधानबारे सुरु र अन्त्य पनि भयो ।

वि.सं.२०७२ पौष १६ गते
आजको दिन नेपालको राजनीतिक इतिहासमा निक्कै ठुलो महत्त्व राख्छ पौष १६ गतेले । आजका दिन महामानव वी.पी. कोइराला, गणेशमान सिंह र साथीहरू प्रवासबाट नेपाल फर्केका थिए । वी.पी. कोइरालाबाट आजैका दिन “राष्ट्रिय मेलमिलाप र एकताको नीतिको घोषणा भएको थियो । देश जोगाउन, राष्ट्रियता कायम राख्न, राज्यशक्ति र जनशक्तिको बिचमा एकता र मेलमिलाप हुन आवश्यक छ भनेका थिए । यही नीतिबाट क्रमशः जनमत सङ्ग्रह, सत्याग्रह, जनआन्दोलन, प्रजातन्त्रको पुनः स्थापना, गणतन्त्रको उदय, संविधानसभा र जनताद्वारा संविधानको निर्माण र यसको कार्यान्वयनसम्म आइपुगेका छौँ । मेरो लागि पनि अत्यन्त गौरवको दिन मान्नुपर्छ । यति महत्त्वपूर्ण र ऐतिहासिक दूरगामी प्रभाव पार्ने नीतिको घोषणाको सन्दर्भमा म जस्तो सानु कर्णलाई यति ठुलो कार्यमा प्रयोग गर्दै के.वि.गुरुङ, धर्म गौतमसहित मलाई अग्रपङ्क्तिमा काठमाडौँ पठाउन रोज्नुभयो । ठुलो सम्मान दिनुभयो । उहाँप्रति कृतज्ञ छु ।

वि.सं. २०७२ पौष २१ गते
मलाई धेरै जना साथीहरू भन्नुहुन्छ –तपाईँ आत्मकथा लेख्नुहोस् । मलाई हाँस्न मन लाग्छ । आत्मकथा, जीवनी या अनुभूति लेख्नुपर्ने व्यक्तित्वको विकास गर भनेर कसैले भन्दैन । व्यक्तित्वको विकास भनेको के हो त्यो पनि कसैले बताउने गरेका छैनन् । मैले आफूलाई यो विशाल भवसागरको एक थोपाभित्रको हजारौँ कणहरूमध्ये एक कण मात्र सम्झेको छु । जुन कण हावामा वा पानीमा तादात्म्य भएर अदृश्य रहन्छ । जीवनी आत्मकथा त विश्व ब्रह्माण्ड नै भयो । यति ठुलो कथाका ग्रन्थमा प्रयोग भएका वाक्य, शब्दमा, विन्दु रेफ पनि हुन नसक्नेले सोझै पुस्तक बन्ने खोजेर हुन्छ र ?आत्मकथा जीवनी वा उसको अनुभूति लेखिने व्यक्तित्व युगले मात्र जन्माउँछ । म जस्तो तुच्छ त एक विन्दु पनि हुन सक्दैन ।

वि.सं. २०७२ माघ २६
बिहान सबेरै ४ बजे हरिहर विरहीबाट दुःखत् समाचार फोनमा सुन्दा म अर्धचेतनामा परँे । निष्ठाका प्रतीक सुशील कोइरालाले भौतिक शरीर त्याग्नुभयो राति १२ः३० बजे । पार्टीका सबै कार्यक्रम स्थगित । ८ बजे काठमाडौँको लागि भवानीका साथ प्रस्थान । मलाई टाटासुमो गाडीमा पनि निक्कै गाह्रो भयो । श्रद्धाञ्जली स्थल नपुगेर डेरा नख्खु चोकमा बसियो ।

वि.सं.२०७२ माघ २७ गते
बिहान ९ बजे दशरथ रङ्गशालामा सुशील दाप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । भवानीले डो¥याएर मलाई लगिन् । शवयात्रामा हिँड्न सकिनँ । म पशुपतिमा गएर बसेँ । सुशील दालाई स–सम्मान दागबत्ती दिएपछि रात्री बसबाट म सर्लाही प्रस्थान गरेँ । कालको एउटा खण्ड समाप्त भयो ।

वि.सं. २०७२ माघ २९ गते
पत्रपत्रिकाहरू सुशीलमय थिए । पढ्न धैर्य थिएन । बोल्ने वाणी थिएन किनकि आशा लाग्दो अब प्राणी पनि थिएन । यस्ता प्राणी (नेता) जन्माउने आमा पनि छन् कि छैनन् ? अब नियतिले त्यही हेर्न मलाई बचाएको जस्तो लाग्छ । बिचरा नरहरि आचार्यको होस आएको छैन, चक्रप्रसाद बास्तोला कोमामै छन् । शैलजा, विरेन्द्र र भीमबहादुर पहिल्यै गए, म एक्लो भएँ के गरूँ ?

वि.सं.२०७३ साउन १७ गते
विभिन्न कारणवश दैनिकी लेख्न छुट्यो । अनेकौँ महत्त्वपूर्ण प्रसङ्गहरू त्यसै खेर गए । हुन त लेखिएकै भए पनि के नै हुने थियो र ? तर दैनिक लेख्नेले दुई खण्ड मात्र भए पनि नियमित गर्नु राम्रो हो । यो छुट्नु एउटा कमजोरी हो । यहाँ मेरो कमजोरी अथवा मूर्खता पनि हो ।
घोर निराशाको स्थितिमा पनि आशाका झिल्का चम्किँदा रहेछन् । साना आशा समाप्त भएर अस्तित्व नै समाप्त हुने अन्तिम क्षणमा आशा पलाएर पुनः अस्तित्व आउँदो रहेछ । मैले आफैँले व्यहोरँे–देवघाटको दोभानमा असारको उर्लँदो बाढीमा हाम फाल्न गोडा उचालेर भेलमा डुब्नै लाग्दा अगाडि टेक्नु पर्ने गोडाले पछाडि टेक्यो । आत्महत्या ठुलो पाप हो भन्ने भनाइ सम्झना आयो । मलाई त्यसैले बचायो । म पछाडि हटेँ । अहिले म आशा र निराशाको द्वन्द्वमा छु । आशा सानो छ, आगाको झिल्को जस्तै । निराशा ठुलो छ, पहाड जस्तै । यसरी आशाका साना साना झिल्काले मेरो अस्तित्व बचाएको छ ।
(सम्वत् २०७८)
आदरणीय साथीहरू !
जय नेपाल
नेपाली काङ्ग्रेसको चौथो अधिवेशन निर्बिघ्न रूपमा सम्पन्न होओस्, हार्दिक शुभकामना ।
मैले दुःखका साथ भन्नु परेको छ । मेरो बाध्यता र रोगका कारण यो अधिवेशनमा सक्रिय हुन सकिनँ । नेपाली काङ्ग्रेसका प्रत्येक महत्त्वपूर्ण कार्यक्रममा पूर्णकालीन कार्यकर्ताको हैसियतले निभाएका भूमिकाहरूमा सदा गौरवान्वित हुँदै आए तापनि यसपालि क्रमभङ्ग भएको छ । जो कि अहिलेको अवस्थामा झन् बढी सक्रिय हुनुपर्ने थियो । पार्टीभित्र अन्तरघातीहरूको सङ्ख्या बढेको छ । काङ्ग्रेस समाप्त पार्न काङ्ग्रेसै हुनुपर्छ भन्ने रणनीतिमा लागेको प्रजातन्त्र विरोधी शक्ति अझ बढ्दो छ । केन्द्रीय नेतृत्ववर्गको डफ्फाबाजीले नेपालका गाउँ गाउँ वडा वडामा जरो गाडिन थालेको छ । अधिवेशनको कार्यतालिका केन्द्रीय समितिले निकालेको छ तर अधिवेशन अझ पर सर्ने वा हुँदै नहुने आशङ्का पनि त्यति नै बढ्न थालेको छ ।

वि.सं. २०६५ पौष १२ गते
वि.सं. २०६५ पुस १० गते रजनीकान्त झा (गैर) का मित्रको पिताजीको तेह्रौँ पुण्य तिथिका दिन काठमाडौँबाट दमन काफ्लेले फोन गरेर सुशील कोइरालाले बोलाउनुभएको छ भन्ने जानकारी दिए । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापतिले बोलाउनु भएकाले आजभोलि नै काठमाडौँ जाने सोच बनाएँ । म पुस १२ गते काठमाडौँ बिहान ५ बजे पुगेँ । बिहान ५ बजे बागडोल चौकमा बसबाट उत्रिएँ । अँध्यारो थियो । लोडसेडिङ थियो । एउटा हातमा व्रिफकेस र अर्को हातमा झोला भएकाले लठ्ठी काखी च्यापेर दक्षिणपट्टि रोड क्रस गर्दा सडक छेउको खाल्टोमा एउटा खुट्टा प¥यो । यसरी हुत्तिएँ सायद बलियो मान्छेले मलाई पछाडिबाट धकेलिरहेछ । म नराम्रो गरी लडेँ । झोला र व्रिफकेश ४ मिटर पर पुगे । पहिले छाती बजारियो । दुवै पाखुरा अनि दुवै खुट्टा ठोक्कियो । नाक पनि ठोक्कियो । उठ्न सकिनँ । मर्छु जस्तो भयो । साइबाबा पुकारेँ । नाकबाट रगत आयो । बायाँ खुट्टा मर्केछ, दायाँ घुँडा र पिडुँला ठोक्किएछ । सास फेर्न मुस्किल भयो । छाती नराम्रोसँग दुख्यो । साहस बटुलेर घस्रँदै झोला टिपँे । लठ्ठी खोजेँ । एकछिन लाग्यो बढी मुस्किलले डेरा पुगेँ ।
लुगा फेरेर म १० बजे पार्टी कार्यालय गएँ । अब काम गर्न नसक्ने बताएँ ।
पुस १३ गते बानेश्वर गएँ । सुशीलदा, विनोद, दमन, भिखारी, दिवाकर, बसन्त गौतम र रामबहादुरको उपस्थितिमा म पूर्ववत सभापति नै रहने, सह–सभापति भिखारीलाई कार्यवाहकसमेत बनाई जिल्लामा पार्टी सञ्चालन गर्ने सहमति सौहाद्र्धका साथ भयो ।

वि.सं.२०६५ पुस ८ गते
मेरो शारीरिक अवस्था ठिक छैन । आश्रमबारे रचनात्मक चिन्ता गर्ने भवानीबाहेक कोही पनि छैन । उनको भविष्यबारेमा पनि मैले नै सोच्नुपर्ने हो तर केही गर्न सकिएको छैन । चिन्ता, कुण्ठा, केही पश्चात्तापले दिनभरि नै छटपटी भयो ।

वि.सं.२०६५ पुस १० गते
आश्रमदेखि पश्चिमको ३० कठ्ठा जग्गा आश्रमको नाममा लिने इच्छा । चन्दा सहयोग र सदस्यता अभियानबाहेक अरु बाटो छैन । यस कामका लागि आफैँ दौडधुप गर्न जरुरी छ । तर शरीर ठीक छैन । उत्साह, प्रेरणा र साथ दिने सहकर्मी छैनन् । एउटी भवानी कति साथ दिन सक्तछिन् र । यसैमा निर्भर छ । सोच असल हो, भगवानले साथ दिनै पर्छ भन्ने विश्वास लिएको छु ।

वि.सं. २०६५ पुस ११ गते
सन् २००९ जनवरी १ देखि झुठो नबोल्ने सङ्कल्प गरेको थिएँ । तर पनि २० दिनमा ५ ओटा झुठो बोलिएछ । यो एउटा साधना नै रहेछ, कठिन साधना । सङ्कल्प गरेपछि साना मसिना उलङ्घनले पनि घोच्दो रहेछ ।

वि.सं. २०६५ पुस १२ गते
महेन्द्र साह, रामविश्वास, बासु अधिकारी, सुशील शर्मासँग राजनीतिक विमर्श, मेघकान्त झा, भिखारी मन्सुर, विनोद खनाल, शिवशङ्कर रिजाल, श्याम कार्की, इन्दल साहसँग भेटघाट तथा राजनीतिक कुराकानी भयो ।

वि.सं.२०६५ माघ १ गते
भिखारी मन्सुरजी आउनुभयो । उहाँलाई मैले कार्यभार दिएको छु । नेपाली काङ्ग्रेसको गढ मानिएको सर्लाही जिल्ला अहिले ने.का शून्य जस्तो बन्न पुगेको छ । शारीरिक अवस्था र सङ्गठनात्मक अवस्थालाई हेरेर युवा पुस्तामा नेतृत्व आजोस् भनेर पनि नेताहरूसँग सल्लाह गरेर कार्यवाहक सभापति बनाएको हो । तर उहाँमा त्यति संवेदनशीलता छैन । आउँदो महाधिवेशनसम्म कसरी धान्ने चिन्ता छ । दायित्व बोध मात्र भएर नहुने रहेछ । सम्बन्धित कुराको कार्यान्वयन हुन सक्नुपर्छ । त्यसका लागि पनि साधन स्रोतको अवश्यकता पर्दोरहेछ । ६० वर्षसम्म निरन्तर काम गरेर सफल असफल सबै अनुभव बटुले पनि अहिलेको सङ्कटपूर्ण स्थिति केही नजाने जस्तो केही नबुझे जस्तो अर्थात् भर्खर काम गर्न सुरु गरे जस्तो लाग्दो रहेछ, हेरौँ जे जस्तो होला ।

वि.सं. २०६५ माघ ६ गते
मलंगवा बन्द भएको कारण देखाई भिखारीजीहरू आएनन् । मलाई लाग्न थाल्यो यो संवेदनशीलताको अभाव हो ।
दिनभरि नै मनमा एउटा कुराले खलबली ल्याइरह्यो । गिरिजा दाजुले मलाई सधँै तिमी भन्नुहुन्थ्यो । पचास वर्षपछि आएर किन तपाईँ भन्नुभयो म असमञ्जमा परेँ । फोनमा उहाँको वाक्य थियो, “बासुजी ! तपाईँ काठमाडौँ आउनुहोस् ।” मैले भनेँ, “कहिलेसम्ममा ?” उहाँले थप्नु भयो, “तपाईँ दुई दिनभित्रै आउनुहोस् ।”

वि.सं. २०६५ माघ ७ गते
अलिकता नैतिकता, अलिकता इमान्दारी र अलिकता विवेकलाई बन्धक राख्ने हो भने कुनै किसिमको अभाव हुने थिएन । औषधी गर्न पाउँथेँ । भैगो अभावलाई नै सुख मान्ने अभ्यास गर्नुपर्छ । व्यक्तिगत स्वार्थका लागि मूल्य र मान्यतालाई छोड्नुभन्दा त सुसाइट राम्रो हो ।
मलाई माया गर्छु भन्नेहरूले बुझिदिँदैनन्, बुझेर पनि बुझ पचाउँछन् । यसैले एक्लो भएको छ,ु एक्लै हिँड्छु, सबैले पागल भने पनि मलाई ।

वि.सं.२०६५ माघ १० गते
शारीरिक अवस्था ठीक छैन । पिसाबमा धेरै रगत गयो । धेरै थलिन नपरोस् सजिलो मृत्युको चाहना छ । दिनभरि अशान्त भएँ ।

वि.सं. २०६५ माघ १२ गते
शारीरिक अवस्था झन्झन् शिथिल हुँदै छ । औषधी गर्न जाऔँ पैसा छैन । मलाई थाहा छ भद्रुलाई मात्र भने पनि मेरो सबै प्रबन्ध हुन्छ तर मलाई लाग्छ उनको श्रम र बुद्धिको मैले शोषण नै गरी राखेको छु । सेवाश्रमले उनको लागि केही गर्न सकेको छैन । सेवाश्रम सञ्चालन गर्न त्यति ठुलो जिम्मेवारी छ उनलाई । पार्टी, आफन्त, मञ्जु, साथीभाइ र केहीलाई थाहा छ । कोही कसैलाई ‘राम्ररी औषधी गरौँ’ भने पनि छ तर मर्ने वेलामा कसैप्रति ऋणि बन्न पनि चाहन्नँ । अब भगवान भरोसा ।

वि.सं. २०६५ माघ १३ गते
वृद्धसेवाश्रम सञ्चालनमा भएको कठिनाइ सम्बन्धमा चिन्तानारायण पोखरेलसँग कुरा गरेँ तर रचनात्मक जवाफ पाइनँ । धर्मलाल हाडाले मेरो गाविसमा कुरा राख्छु भनेका छन् । इस्कीलालको सुझाव थियो —“नेत्रगञ्ज गाविसमा एउटा निवेदन दिनुहोला, म पहल गर्छु ।”
भवानीलाई सर्वाधिकार सम्पन्न गराएँ । जिम्मा दिन ठीक छ तर हालको उधारो र सापटी क्लियर बनाइदिन पाए राम्रो हुने थियो ।

वि.सं. २०६५ माघ १५
आज बिहानदेखि नै शरीर छोडिदिन पाए शान्ति मिल्थ्यो कि भन्ने लागेको छ । अबका दिन कसको वशमा हुन्छ र ?

वि.सं. २०६५ फागुन १ गते
अनावश्यक तर्कनाले दिन बित्यो । जिल्लाको राजनीतिक स्थिति झन्झन् भत्किँदै छ । सुशील कोइरालाजीको सल्लाहमा कार्यवाहक दिएर गल्ती त भएन ? साथमा पैसा नभएको भए हिँडेर भए पनि काठमाडौँ जान्थँे । बन्द कहिले खुल्ने हो पत्ता छैन । अभावले मानिसलाई गिराउन सहयोग गर्छ । यो सत्य हो । मलाई शक्ति चाहियो । नलड्ने, नगिर्ने, सामाजिक काम, राजनीतिक धर्म वा चरित्र निर्माण र अभावलाई साथ लिएर अघि बढ्न सकिन्नँ । अभावसँग सामना गर्न एक्लै दौडनुपर्दछ । जसरी ऋषिमुनी र महात्माहरू हिँडे । म पनि बेपत्ता हुन्छु भनेर आँट गर्छु तर रोकिन्छ । किनकि हा¥यो, पलायन भयो, कसैले नभनोस् जस्तो लाग्छ । तर अन्त्यसम्म सङ्घर्ष गरेर जाँदा बाध्यतामा परी हात पसारियो भने कसैसित, बोली फुटाएर मागियो भने । त्यति लामा तपस्या खत्तम, बरु भाग्नु बेस ।

वि.सं. २०६५ फागुन १६ गते
सिकिस्त बिरामी, बिना औषधी निको भएको । रामेछापदेखि काठमाडौँसम्म हतकडी, नेल र सिक्रीले बाँधेर पैदल यात्रा आदिइत्यादि भिडियो चित्रझैँ आए ।

सन् २००९ मार्च ६
मीना पाण्डे आउनुभएको थियो । सभासदहरूद्वारा संविधान लेखनका लागि विचार सङ्कलनमा उहाँहरू खटिनुभएको छ । पार्टी खटिदिएन, अघिपछि लागेन भन्ने गुनासो थियो । मीनाजी अत्यन्त स्वार्थी र व्यक्तिवादी भएको पाएँ ।

सन् २००९ मार्च ७
केही वर्षदेखि एउटा चिन्ता थियो प्रजातन्त्रको । यसलाई जोगाउन प्रजातन्त्रवादी दल सक्षम हुन सके ।
वृद्धसेवाश्रम र यसको सञ्चालिका भदु्रबारे चिन्ता थपिएको छ । वृद्धसेवाश्रम चल्ला नचले यो सम्पत्ति सरकारले लेला । कुनै काममा प्रयोग गर्ला तर भ्रद्रु (भवानी कोइराला) जो आठ वर्षदेखि निरन्तर सेवारत छिन्, उमेर छिप्पियो । उनले भने जस्तो केटा पाइन्न । यिनलाई पनि कोही न कोहीको सहाराको आवश्यकता पर्छ । कसैसँग झुक्न जानेको छैन बरु भाँचिन सकिन्छ । सेवाबाहेक विशेषता केही छैन । सङ्गीत, साहित्य, संस्कृति, धर्म दर्शन आदिको त कुरै छाडौँै । कुनै किसिमको अर्थकारी विद्या छैन । आजको युगमा इज्जतले बाँच्न गाह्रो छ । म छँदै कमसेकम डिग्री (एम.ए.) पास मात्र भए पनि हुन्थ्यो ।

वि.सं. २०६५ को अन्तिम फागुन
दिनभर आफैँलाई सम्झँे । साथीभाइ सबै भन्छन् बासु असफल व्यक्ति, म त्यो मान्दिनँ । पैसा सम्पत्तिबाहेक म सबैमा सफल छु । म यति गर्छु भनेर कसैसँग ठेक्का लिएको छैन । भगवानसँग पनि कबुल गरेको थाहा छैन । पार्टीमा लागेँे, राजनीति गरेँ आफ्नै आँट र श्रद्धाले गरेँ । जेल बसँे, प्रवासमा बसँे, पिटाइ खाएँ आदि सुख दुःख जे भोगँे श्रद्धा निष्ठा र आँटले भोगेँ । मलाई कसैले गर भनेको वा लगाएको होइन । सामाजिक काम र सेवाको काम पनि यस्तै हो । मेरो कसैप्रति गुनासो छैन । काम वा पद ज्याला भत्ता खर्च भनेर व्यक्ति, संस्था, पार्टी र राज्यसँग केही लिइएन । किसुनजीबाट राजनीतिक पीडित भनेर पचास हजार लिनुपरेकोमा भने मनमा दुःख छ । यसपाला राज्यले सम्मानपत्र दियो । वृद्ध सेवावापत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले सायद यो नलिएको भए अहङ्कार झल्किन्थ्यो कि ?
मलाई सन्तोष छ । साथीहरूबाट प्रशस्त सम्मान पाएको छु । कुल र समाज अनि राज्यलाई आफ्नोतर्फबाट कलङ्कित हुन पनि दिएको छैन । यसैमा गौरव छ ।

वि.सं. २०६६ माघ १ गते
जतिसुकै असफल भए पनि लक्ष्यमा पुग्ने प्रयत्न छोड्नुहुन्न तर शरीरले काम गर्न छाड्यो ।
एक्लो हुँदाको पीडा त्यसैलाई मात्र थाहा हुन्छ जो एक्लो छ । मेरा कयौँ योग्य योग्य सहयोगीहरू छन् तर विचारमा भने एक्लो छु ।

वि.सं.२०६६ माघ ३ गते
ने.का केन्द्रीय कार्यालयको अवस्था देखेर दिक्क लाग्यो । एक दुईजना पाका साथी देखेर, तिर्खामा पानी भेटे जस्तो भयो मलाई । म पार्टीको हितमा छैन रे मुद्दा छ । बयान दिन बोलाएको रहेछ ।

वि.सं. २०६६ माघ ४ गते
आज पनि प्रकाशमान सिंहको समितिले कुनै निर्णय गरेन । २३ जिल्लाको फैसला गर्नु छ । कति जिल्लाका क्रियाशील फारामहरू लगेर सङ्गठन थारो, हामीलाई दिएको छैन । सङ्गठनमा केन्द्रीय सदस्यहरूको भयङ्कर षडयन्त्र छ । म गुटबन्दी चाहन्नँ बरु काम गर्दिनँ । जिल्लाबाट अरु साथीहरूलाई बोलाएँ, फोनबाट आफ्नो कुरा राखेँ । मेरो दृष्टिमा मेरो र अर्कोको भन्ने छैन सबै काङ्ग्रेस एक हुनुपर्छ । तर केन्द्र नै चाहन्न ।

वि.सं. २०७४ वैशाख ९ गते
वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेको समयमा किशोर दिमागले कविताको रूपमा केही गुनगुनाएको थियो —

आजादी, प्रगति र शान्तिपथ यो निर्णयको खातिर
थियो लक्ष्य ठुलो अगाडि बढ्ने ठाडो बनाई शिर
्छिमेकी र विभिन्न मित्रहरू झैँ बढ्ने इरादा थियो
आयो घोर तुफानबिच पथमा लाइ तगारो दियो ।

वि.सं.२०७४ असार ९ गते
बिहान ७ः३० बजे नै साइबाबा मन्दिर पुगेँ । स्तोत्रहरू र गीता पाठ सकेपछि हिजोको अखबार पढेँ । एक जना वृद्धको क्रन्दनले मनमा निक्कै दुःख लाग्यो । उनको सेवामा कुनै कमी देखिँदैन । मीनाजीले सबै व्यवस्था मिलाइदिएकी छिन् । खानपिन पनि राम्रै गर्छन्, खास रोग छैन तर ए बाबु हो बाबु ! भन्छन् रुन्छन्, दिशापिसाव छोडिदिन्छन् । एक ठाउँमा बस्न सक्दैनन्, हिँडी रहन चाहन्छन् र एक क्षण नगिचमा क्वै भएन भने हिँडिहाल्छन् । उनका कोही छैनन् । तत्मा जातका हुन् गाउँमा पानी चल्दैन र कुनै धनी मान्छे कहाँ धेरै वर्ष काम गरेर बसेका रहेछन् । काम गर्न नसक्ने भएपछि मागेर खान्थे रे कुनै समाजसेवीले यहाँ ल्याइदिए । अलिदिनमै स्वास्थ्य राम्रो भयो उनको । अहिले महिनौँ भयो मीनालगायत स्वयंसेवक सेविकाहरूले खुवाउने, नुहाइदिने, ह्विल चियरमा घुमाउने, कपडा बदली दिने, आदि गरिराखेकै छन् । उनी सन्तुष्ट छैनन् । घर जान्छु मात्र भन्छन् । घर कहाँ कता हो केही थाहा छैन ।
काठमाडौँबाट छोरा निरजले मलाई पढ्न तीन पुस्तक नेपालको नक्सा, अप्ठेरो बाटो र डाक्टर चिनको साथै औषधी पठाइदिएका छन् ।
अमन कोइराला एक साताको लागि काठमाडौँ गए । कर्णेल सुरेश आचार्यजी आजकाल आउन छाडे । सायद सुरक्षाको काममा व्यस्त होलान् ।

दर्शन आदिको त कुरै छाडौँै । कुनै किसिमको अर्थकारी विद्या छैन । आजको युगमा इज्जतले बाँच्न गाह्रो छ । म छँदै कमसेकम डिग्री (एम.ए.) पास मात्र भए पनि हुन्थ्यो ।

वि.सं.२०६५ को अन्तिम फागुन
दिनभर आफैँलाई सम्झँे । साथीभाइ सबै भन्छन् बासु असफल व्यक्ति, म त्यो मान्दिनँ । पैसा सम्पत्तिबाहेक म सबैमा सफल छु । म यति गर्छु भनेर कसैसँग ठेक्का लिएको छैन । भगवानसँग पनि कबुल गरेको थाहा छैन । पार्टीमा लागेँ, राजनीति गरेँ, आफ्नै आँट र श्रद्धाले गरेँ । जेल बसँे, प्रवास बसँे, पिटाइ खाएँ आदि सुख दुःख जे भोगँे श्रद्धा, निष्ठा र आँटले भोगेँ । मलाई कसैले गर भनेको छैन, र लगाएको पनि छैन । सामाजिक काम, सेवाको काम पनि यस्तै हो । मेरो कसैप्रति गुनासो छैन । काम वा पद ज्याला भत्ता खर्च भनेर व्यक्ति, संस्था, पार्टी, राज्यसँग केही लिइएन । किसुनजीबाट राजनीतिक पीडित भनेर पचास हजार लिनु परेकोमा भने मनमा दुःख छ । यस पाला राज्यले सम्मानपत्र दियो । वृद्ध सेवावापत् महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले सायद यो नलिएको भए अहङ्कार झल्किन्थ्यो कि ?
मलाई सन्तोष छ, साथीहरूबाट प्रशस्त सम्मान पाएको छु कुल र समाज अनि राज्यलाई आफ्नो तर्फबाट कलङ्कित हुन पनि दिएको छैन । यसैमा गौरव छ ।

वि.सं. २०६६ माघ १ गते
जतिसुकै असफल भए पनि लक्ष्यमा पुग्ने प्रयत्न छोड्नुहुन्न तर शरीरले काम गर्न छाड्यो ।
एक्लो हुँदाको पीडा त्यसैलाई मात्र थाहा हुन्छ जो एक्लो छ । मेरा कयौँ योग्य योग्य सहयोगीहरू छन् तर विचारमा भने एक्लो छु ।

वि.सं.२०६६ माघ ३ गते
ने.का केन्द्रीय कार्यालयको अवस्था देखेर दिक्क लाग्यो । एक दुई जना पाका साथी देखेर, तिर्खामा पानी भेटे जस्तो भयो । म पार्टीको हितमा छैन रे मुद्दा छ, बयान दिन बोलाइएको रहेछ ।

वि.सं.२०६६ माघ ४ गते
आज पनि प्रकाशमान सिंहको समितिले कुनै निर्णय गरेन । २३ जिल्लाको फैसला गर्नु छ । कति जिल्लाका क्रियाशील फारामहरू लगेर सङ्गठन थारो, हामीलाई दिएको छैन । सङ्गठनमा केन्द्रीय सदस्यहरूको भयङ्कर षडयन्त्र छ । म गुठबन्दी चाहन्नँ बरु काम गर्दिनँ । जिल्लाबाट अरु साथीहरूलाई बोलाएँ, फोनबाट आफ्ना कुरा राखेँ । मेरो दृष्टिमा मेरो र अर्कोको भन्ने छैन सबै काङ्ग्रेस एक हुनुपर्छ । तर केन्द्र नै चाहन्न ।

वि.सं.२०७४ वैशाख ९
वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेको समयमा किशोर दिमाखले कविताको रूपमा केही गुनगुनाएको थियो —
आजादी, प्रगति र शान्तिपथ यो निर्णयको खातिर
थियो लक्ष्य ठुलो अगाडि बढ्ने ठाडो बनाई सिर
्छिमेकी र विभिन्न मित्रहरू झैँ बढ्ने इरादा थियो
आयो घोर तुफानबिच पथमालाई तगारो दियो ।

वि.सं.२०७४ असार ९ गते
बिहान ७ः३० बजे नै साइबाबा मन्दिर पुगेँ । स्तोत्रहरू पाठ, गीता पाठ सकेपछि हिजोको अखबार पढेँ । एक जना वृद्धको क्रन्दनले मनमा निक्कै दुःख लाग्यो । उनको सेवामा कुनै कमी देखिँदैन । मीनाजीले सबै व्यवस्था मिलाइदिएकी छिन् । खानपिन राम्रै गर्छन्, खास रोग छैन तर ए बाबु हो बाबु ! भन्छन् रुन्छन्, दिशापिसाब छोडिदिन्छन् । एक ठाउँमा बस्न सक्दैनन्, हिँडिरहन चाहन्छन् र एक क्षण नगिचमा क्वै भएन भने हिँडिहाल्छन् । उनका कोही छैनन्, तत्मा जातका हुन् गाउँमा पानी चल्दैन र कुनै धनी मान्छे कहाँ धेरै वर्ष काम गरेर बसेका रहेछन् । काम गर्न नसक्ने भएपछि मागेर खान्थे रे कुनै समाजसेवीले यहाँ ल्याइदिए । अलिदिनमै स्वास्थ्य राम्रो भयो । अहिले महिनौँ भयो मीनालगायत स्वयंसेवक सेविकाहरूले खुवाउने, नुहाइदिने ह्विल चियरमा घुमाउने, कपडा बदली दिने, आदि गरिराखेकै छन् । उनी सन्तुष्ट छैनन्, घर जान्छु भन्छन् । घर कहाँ कता हो थाहा छैन ।
काठमाडौंबाट छोरा निरजले मलाई पढ्न तीन पुस्तक नेपालको नक्सा, अप्ठेरा बाटो र डाक्टर चिन को साथै औषधि पढाइ दिएका छन् ।
अमन कोइराला एक साताका लागि काठमाडौँ गए । कर्णेल सुरेश आचार्यजी आजकाल आउन छोडे, सायद सुरक्षाको काममा व्यस्त होलान् ।

वि.सं.२०७४ असार १० गते
म वि.सं. २०२५ सालमा जेलबाट मुक्त भएपछि सर्लाही आएको थिएँ । महेन्द्र राजमार्ग बनिसकेको थिएन । वीरगञ्ज रक्सौल भएर सीतामढीसम्म रेलमार्ग हुँदै सोनवर्षा भएर मलंगवा छिरेको थिएँ । मलंगवाबाट नेत्रगञ्ज, जुटपानी आउन बैलगाडाबाट गैरमा आएर बास बसेको थिएँ । त्यहाँ एक जना झा डाक्टर थिए । उनी रौतहटबाट वर्षौ अघि यहाँ आएर बसेका थिए र राणाकालमा यिनी प्रसिद्ध थिए रे । म पहिलो पटक पुग्दा पनि एउटा गतिलो सामन्तको तामझाम थियो । उनका जेठा छोरा थिए प्रेमनारायण झा । यिनीले मेडिकलमा कति पढेका थिए, अहिले पनि थाहा छैन तर एलोपेथिक र आयुर्वेदिक औषधी गर्थे । त्यसवेलाको त्यो अनकण्टार ठाउँमा उपचार गराउनेको भिड लाग्थ्योे ।
क्रमशःउनी प्रेमसँग प्रेम बस्यो । म मेरो शरीरको सबै समस्याका बारेमा सल्लाह लिन्थेँ र ठीक पनि हुन्थ्यो । फिस लिँदैनथे । औषधीको कमिसन नै उनको ठुलो आम्दानी थियो । उनका सातभाइमध्ये सबै नै वैद्य, अहेव, कम्पाउन्डर थिए । अहिले पनि छँदै छन् र सरकारी जागिरदार पनि छन् । अहिले उनका दुई छोराहरू डा. नै लेख्छन् र काम गर्छन् । हिजो प्रेमनाराणय झा बितेछन् । मलाई ज्यादै नरमाइलो लाग्यो । उनी धार्मिक, अध्ययनशील, साधु सन्तका प्रेमी, तिर्थ यात्रा गरिरहने र परोपकारी थिए । अब मैले यस्ता मित्र पाउन सक्तिनँ ।

वि.सं.२०७४ असार २५ गते
मलाई जन्म दिएर हुर्काउने आमा भुवनेश्वरीदेवीको पूण्य तिथिआज ५२ औँ हो । मेरो पिताजीको मुहार याद छैन । म डेढ वर्षको छँदा बित्नुभएछ । उहाँको फोटो चित्र छैन । आमा बित्नु हुँदा म भद्रगोल जेलमा थिएँ । वि.सं. २०२२ सालमा महिना असार नै थियो ।
उहाँ बित्नुभन्दा छ महिना अघि मलाई भेट्न जेलको ढोकामा आउनुभएको थियो र भन्नुभयो ‘बासु ! म अब भेट्न आउन सक्तिनँ यत्ति हो, अव बाँच्न पनि कति बाँचिएला र त्यही छ महिना वर्ष दिन त हो नि ।
सेतो वङ्गाली पारी भएको धोती, हल्का हरियो पहेँलो मिसिएको रङ्गको चौबन्दी चोलो, डम्म परेको खाइलाग्दो शरीर, बाक्ला र बान्की परेका कानमा टल्कने हिराका टप, गलामा स्फटिक र तुलसीको समानान्तर माला, कालो कपडाको पाउ छिराउने चट्टी जस्ता जुत्ता, रातो प्रसन्न र हँसिलो चेहरा मेरो टल्पलाएको धमिलो आँखाले खिचेको तस्बिर अझै छ हृदयमा ।
वि.सं. २०१७ सालमा जेल परेर ०१८ सालमा छुटेपछि म भूमिगत थिएँ । त्यसवेला साँझ पर्नैपर्नै लागेका बखत आमालाई भेट्न एउटा क्यामरा लिएर गएको थिएँ र आमाको तस्बिर लिएँ, क्यामरा हल्लिएको थियो तर पनि रिल नझिकी भतिजी सुभद्रालाई दिएको थिएँ । उनले धुलाएर राखेकी रहिछन् पुनः खिचेर । अहिले सेवाश्रममा राखेको छु र पद्मभुवनेश्वरी वृद्धसेवाश्रममा बसेर नै त्यो तस्बिर हेरी राखेको छु ।

वि.सं.२०७४ असार ३० गते
हिजो बेलुका ७ः३० बजे रामहरि जोशीको निधन भएछ । वीरगञ्ज पुगेका लक्ष्मणहरि राजभण्डारीले सर्वप्रथम ८ बजे नै फोन गरेर जानकारी दिनुभयो । त्यसपछि क्रमशः दमन काफ्ले हेटौँडाबाट, ध्रुव शाह काभ्रेबाट र सुशील शर्माले लालबन्दीबाट फोन गरेर खबर दिए । काठमाडौँको ग्राण्डी हस्पिटलमा उहाँको निधन भयो । रामहरि जोशी ९३ वर्षको हुनुहुन्थ्यो । उहाँ अविवाहित नै रहनु भयो । भतिजा विष्णु जोशीका परिवारले उहाँको रेखदेख गरेका थिए । साता दिन अघि ललितपुरस्थित विष्णुको नै शौचालयमा अचानक लड्नुभयो र पछाडिको हिपमा चोट लागेछ । उहाँलाई ब्रोङकाइटिस र दमको पनि सिकायत थियो । तर ग्राण्डी अस्पतालमा डाक्टरले निमुनियाको कारणले निधन भएको बताए ।
जोशीजीको जन्म सर्लाहीको मलंगवामा भएको थियो । उहाँ तीर्थलाल जोशी र नन्दकुमारी जोशीको महिलो छोरा हुनुहुन्थ्यो । उहाँको शिक्षादीक्षा सीतामढी र कलकत्तामा भएको थियो । उहाँ महात्मा गान्धी र उहाँको विचारसँग प्रभावित हुनुभयो । वी.पी. कोइराला काठमाडौँको जेलमा अनसनमा बस्दा नेपाली छात्राहरूको प्रतिनिधित्व गर्दै महात्मा गान्धी र प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भेटेर नेपालको राणा सरकारलाई नैतिक दवाव दिन आग्रह गर्ने प्रथम व्यक्ति हुनुहुन्थ्यो । ००७ सालको क्रान्तिमा नेपालमा सर्वप्रथम प्रजातन्त्रको सन्देश प्रचार गर्न नेपाली आकाशबाट पर्चा छर्नेमध्ये एक उहाँ नै हुुनुहुन्थ्यो । वास्तवमा उहाँ नेपाली काङ्ग्रेसको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एउटा असल व्यक्ति हो । गान्धी दर्शनबाट प्रभावित उहाँले विनोवाभावेको साथमा रहेर पनि काम गर्नुभयो । उहाँका नेपालको अमर सहिद, नम्बर क्रान्ति आदि स्मरणात्मक पुस्तकहरू पनि प्रकाशित छन् । उहाँको देवकोटासँग राम्रो सम्बन्ध थियो । वि.सं.२००८÷२००९ सालतिर उहाँले श्री गणेशमान सिंहको सहायक रहेर पनि काम गर्नुभयो । वि.सं.२०४८ पछि मन्त्री पनि बन्नुभयो । नेपालले एउटा होनाहार र निष्ठावान व्यक्ति गुमायो ।

वि.सं.२०७४ साउन ४ गते
सदा झैँ सेवाश्रममा रहेको साइबाबा मन्दिरमा । मनसुन सकिए जस्तो छ । बिहानदेखि नै चर्को घाम । कुनै कुनै वेला लाग्छ यो शरीर आलु हो, यो उसिनिरहे जस्तो, तातो पानीमा डुबुल्की मारेजस्तो । हमेशा पसिना ।
मैले मेघराजलाई सोधेँ, “तिमी ! खुसी कि दुःखी ?” उनले भने – “ढाँटको सुखी वास्तविक दुःखी ।” मैले पुनःप्रश्न गरँे, “आयस्रोत राम्रो छ, त्यो स्कुलमा लगानी छ, पेन्सन छ, सरकारी सुविधा गाडी र भत्ता छ, निष्कलङ्क नाम छ, चार सन्तानका चारै छोरा छन्, नातिहरू । सबै आफ्नै खुट्टामा उभिएका छोरा बुहारीहरू छन् । तिमीलाई देवता जस्तै मान्छन्, आज्ञाकारी छन् अनि किन वास्तविक दुःखी ?” उनले भने, “दाजु ! तपाईँले एकदम ठिक भन्नुभयो । म सबै कुरामा भाग्यमानी छु । तर रिसाउन पाइन्न, घुर्की लाउन पाइन्न, बहानाबाजी गर्न पाइन्न, यो मान्छेलाई नभई नहुने रहेछ । यसको पूर्ति गर्न मन मिलेको श्रीमती चाहिन्छ र श्रीमतीलाई श्रीमान् । मनमा उठेका अनावश्यक तरङ्ग भन्न नपाए अरबपति, यौन आदि सबै वस्तु वा वैभव तुच्छ हो । मलाई यही खाँचो छ, हिराले छाडेपछि ।” वाह ! कति सटिक सोचाइ ।

वि.स.२०७४ साउन ६ गते
आज जननायक वी.पी. कोइरालाको ३५ औँ पुण्यतिथि । म त्यो दिन जुटपानीमा थिएँ । धान गोड्ने खेतालाका साथ बेलुकाको ५ बजेको थियो । रेडियोमा उहाँको निधन भएको खबर आयो । तुरुन्तै मञ्जुलाई भनेर नवलपुर चौक पुगेँ । पूर्वतिरबाट एउटा ट्रक आयो हात दिएँ । रोक्यो, चढेँ । पथलैयामा उत्रिएँ । ट्रकले पैसा पनि लिएन, ऊ पनि काङ्ग्रेस नै रहेछ । जानोस् जय नेपाल भन्यो । वीरगञ्जबाट अर्को ट्रक आयो । त्यसलाई एक जनाले रोके । म पनि जाने भनेँ । अगाडिको सिटमा बस्यौँ । भरिएको ट्रक थियो । राति पुगेपछि मसँग चढ्ने व्यक्तिले खाना खाऊँ गुरुजी भने तर ट्रकको गुरुजीले चिन्ताको स्वरमा भने खोइ के खाना खाने ? देशको यति ठुलो मानिस बिते । गुरुजी सीख थिए, वी.पी. भक्त रहेछन् । आपसमा चिनापर्ची भयो । चियासमेत नखाई काठमाडौँ पुग्यौँ । मसँग चढ्ने व्यक्तिसँग पैसा लिए । मसँग लिन माननेन् र हिन्दीमा भने आप ऊ महान व्यक्तिको अन्तिम दर्शन के लिए जा रहें हो ? क्या करें गाडी मे दुसरेका समान नहोता तो मै भि आपके साथ जाता । मेरो आँखाबाट आँसु झरेको उनले पनि देखे । उनी अझ भावुक भए र भने लोड गाडी है उधर जाने नही देता नहितो पहुँचा देता, वाहे गुरु । म उत्रेँ ।
मैले ती गुरुजीको नाम सोध्न पनि बिर्सेछु । यो घटना अस्ति जस्तो लाग्छ ३५ वर्ष भएछ । त्यो मलामीमा मानव सागर उर्लेको थियो । भारतीय नेताहरू, ठुलाठुला व्यक्तिहरू चन्द्रशेखर, जर्ज फर्नान्डिस आदिआदि विदेशी कुटनीतिज्ञहरू पनि पैदलै हिँडेका थिए । साना साना बालबालिकादेखि ९० कटेका बुढाबुढी पनि लठ्ठी टेकेर हिँडेका थिए । उहाँको अवसान भएपछि नेतृत्वको शून्यता छ यो नेपालमा । यस्तो व्यक्ति पुनः पाउन हामी नेपालीले वर्षौ होइन युगौँ पर्खनुपर्ने छ । त्यो पर्खन शक्ति भने विश्वेश्वरको नाम र विचारले दिने छ ।

वि.सं.२०७४ साउन ८ गते
मलाई कफ बढेको छ र खोकी पनि छ । मन भने प्रसन्न नै छ । विचित्र मन बिग्रिन र सप्रिन पनि कुनै कारण नचाहिने । कुनै कारण नहुनुपर्ने आज किन प्रसन्न ? सायद त्यो अव्यक्त छ, म अनुमान गर्न सक्दिनँ । ९ः३० बज्यो सेवाश्रममा खाना खाने वेला भयो र म उठेँ ।
सेवाश्रममा बस्छु र यहाँ रमाउँछु । विशेष गरी सेवा गर्नेहरूप्रति अति नै प्रसन्न छु । एक घण्टा अघि जुन प्रसन्नता थियो, खाना खाँदै गर्दा यहाँको दृश्यले अर्को प्रसन्नता ल्यायो । भान्सा गराउनेको सेवाले प्रसन्न गरायो ।
एकजना आश्रित हुनुहुन्छ – सत्यदेव साह । उहाँ ८८ वर्षको हुनुभयो । पहिलाका रहिस पहलमान प्रशस्त जग्गा जमिन भएका उनी घोडा चढेर हिँड्थे । मेरै आँखाले देखेको, घोडा पछि पछि ४, ६ जना पैदल हिँड्थे वा साइकलमा हुन्थे । मोटर साइकलको त्यति चलन थिएन । उनलाई सुनार महाजन पनि भन्थे । उनको सुनको गहनाको दुकान थियो । उनको ज्यासल पनि थियो । २,४ जना काम गर्ने कालिगढ पनि थिए । रौतहट सर्लाही, धनुषा, महोत्तरी र सिन्धुलीसम्मव्यापार चल्थ्यो उनको । उनीहरू दुई भाइ थिए । पञ्चायतकालमा सत्यदेवका दाजु नेता नै थिए । हिँड्दा उनको पनि १०÷१२ जना पछि लाग्थे ।
भाइ भाइमा घरायसी झगडा प¥यो । दाजु जित्तै गए । भाइ हार्दै गए । हार्ने सत्यदेवका ६ छोरी २ छोरा थिए । अहिले पनि छन् तर खातापिता छन् सबै । बुढाको बुढी बितेको १० वर्ष भयो । बुढाको हालत बिग्रँदै गयो । छोरा बुहारीले हेला गर्न थाले । छोरीकहाँ गएर बस्न रुचाएनन् । सेवाश्रममा आएका पनि ८ वर्ष भइसक्यो । वृद्धभत्ता लिन भनेर जान्छन् । ठाउँ ठाउँ घुमेर फेरि आउँछन् । अब त असक्त भए । यिनको दुवै हात काँप्छ । चिया पिउँदा, पानी पिउँदा अरुले गिलास समाइदिनुपर्छ । अब भात खान पनि अरुले नै खुवाइ दिनुपर्छ । आज बनिता चौधरीले उनलाई खाना खुवाइदिएको पानी पिलाइदिएको देखेर उनको धर्म र सेवाले म प्रसन्न भएँ ।

वि.सं.२०७२ मार्ग २२ गते
आज मञ्जुले निक्कै लामो कालपछि नगिचै बसेर भनिन्, “खोई मलाई हेरेको ?” म छक्क परेँ । यसो चस्मा मिलाएर उनको मुहारमा राम्रोसँग हेरेँ । केही दिन अघि लडेर आँखैनेर लागेको चोटमा खाटा बसेछ । गहुँगोरो अनुहार, कालो काजल, हल्का लिपिस्टिक, भरखरै नुहाएको सेतो कपाल, कतै कतै काला कपालका टाटा, दुई तीन आना जति मुस्काएकी राम्रो लाग्यो । करिब दुई महिना अघि मैले भनेको थिएँ, “मञ्जु ! तिमी कपालमा काली नलगाऊ । मलाई राम्रो लाग्दैन । मलाई त सेता कपालमा रातो टीका र सादा मिलेको कपडा मन पर्छ ।” उनले काली लगाउन छाडेकी थिइन् । अलिअलि कालो टाटा बाँकी नै भए पनि सेता कपाल फरर फुकेको सफा सामान्य ंिसंगार चौपट्ट राम्रो लाग्यो । हेरिरहूँ जस्तो कताकता म आफू ७५ वर्ष अघिको अवस्थामा पुगेछु । किन टोलाएको ? म झसङ्ग भएँ । म हराएछु उनी आठ आना हाँसिन् । मलाई गालामा म्वाई खान मन लाग्यो तर नजिकै अरु बुढाबुढी र केटाकेटी पनि थिए एउटा बाधा जस्तो भयो ।

वि.सं.२०७४ वैशाख १५ गते
बितेको रातको सपनामा म नारायण बनेको थिएँ । पीताम्बर, लामो माला, चार हात र मुकुट पनि थियो । सपनाभित्रको सोचमा आफूलाई नक्कली नारायण भन्ने लाग्थ्यो र नारायणसँग एकत्व भएको भाव पनि थियो तर नारायण तथा आपूmमा द्वैध भाव छँदै थियो । अचम्म ! सपना सपनै हो । झुठा । तर स्वप्न विज्ञान भनेर एउटा शास्त्र नै बनाएका छन् ऋषिमुनीहरूले । सपनामा कतिपय घटित घटना र या विगत जन्मका घटना अथवा आउँदो जन्ममा हुनेवाला आदि पनि हुन्छन् भनेर व्याख्या गरेका छन् ।
पञ्चायतकालमा राजकाज मुद्दा लिएर नख्खु जेलमा थिएँ । मैले एक रात सपना देखेँ— पहाड चढेर बडो मुस्किलले मैले चुचुरो नाघ्न सकेंँ र अर्को पहाड चढँें । त्यहाँ हिउँ पर्दै थियो मैले पछाडि फर्केर हेरेँ । पारिपट्टिको पाखामा मेरो नै लास देखँे । गहिरो गरेर हेरँे । मै हुँ, मेरै लास हो । त्यहाँ एक्कासि आगो बल्यो । लास जल्या,े हेर्दा हेर्दै चर चरको आवाज आयो । छाला जलेर पग्लेको बोसो जलेको आवाज रहेछ । केही क्षणपछि पहँेलो पहँेलो र रातो रातो अग्लो ज्वाला दन्क्यो । आगो निभ्यो, खरानीको थुप्रो मात्र रह्यो । म रोएँ । कठै बासुलाई छोडँे, भनेर सपनामै गोजीबाट रुमाल झिकेर आँसु पुछेँ । यत्तिकैमा बिउझिँदा आँसुले गाला भिजेर सिरानीसमेत चिसिएछ ।
नित्यकर्महरू सकेर किसुनजी कृष्णप्रसाद भट्टराईज्यूको कोठामा पुगेँ । उहाँ पनि नित्यकर्म सकेर गीता पाठ गर्दै हुनुहुन्थ्यो । आधा घण्टापछि मैले सपनाबारे उहाँलाई सुनाएँ । उहाँले पनि भन्नुभयो “स्वप्नाध्यादी नामक संस्कृतको महत्त्वपूर्ण पुस्तक छ, त्यो बनारसमा पाइन्छ, मगाएर पढ्नुहोस् । त्यसले अनेकौँ सपनाहरूको अर्थ र लक्षण बताउँछ ।” मैले २, ३ जना साथीहरूलाई त्यो पुस्तक झिकाइदिन भनेँ तर मैले पाइनँ । अहिले बितेका यी कुराले सम्झायो ।

वि.सं. २०७४ वैशाख २३ गते
रेडियोको समाचारअनुसार आज मेरो एउटा महत्त्वपूर्ण सहयात्री मार्सल जुलुम शाक्यले मनुष्य चोला छाड्नुभएको सुनेँ । उहाँ ७७ वर्षको मात्र हुनुहुन्थ्यो । अनेकौँ सङ्घर्षहरूमा, जेलमा, समारोहमा सम्मानमा र यस्तै धेरै धेरै सुख दुःखमा सहवास र सहयात्री भइयो । उहाँसँग मेरो पहिलो भेट वि.स.२०१४ सालको सत्याग्रहदेखि भएको हो । करिब ६० वर्षसम्म हामी साथी, सहयात्री र मित्र भएर राजनीति, विचार र व्यवहारमा एक अर्कासित गाँसिएका थियौँ । उहाँका श्रीमतीहरू बाबा शाक्य र सलिना शाक्य (पाण्डे) र छोरीप्रति हार्दिक समवेदना ।
नेपाली काङ्ग्रेसको इतिहासमा उहाँको नाम सुन झैं चम्किने छ ।

वि.सं.२०७४ वैशाख २७ गते
आज बुद्ध जयन्ती भगवान बुद्ध जन्मेको, उहाँले बुद्धत्व प्राप्त गरेको र देहावसान भएको आजैको दिन हो । नेपाल जन्मथलो उहाँको त्याग, तपस्या र उपदेशले भरिएको तीर्थस्थान लुम्बिनीलाई मानिएको छ । बुद्धत्व प्राप्त बुद्धगया र देहावसान कुशीनगरमा भएको हो । उहाँको शिक्षा इसाइले पनि लिएका थिए । हिन्दुहरू त २४ औँ अवतारमध्ये एक मान्दछन् भने इतिहासले एसियाको तारा ।
नेपालमा बुद्धधर्म मान्नेहरूको सङ्ख्या अहिले दोस्रो स्थानमा छ । हिन्दु धर्म खस्कँदो स्थितिमा भए पनि बलियो छ । क्रिश्चियन धर्म बढ्दो अवस्थामा तर लोभ लालच नै यसको आधार भएकाले दिगो नहुन सक्छ । जैन र मुस्लिम पनि बढ्दो स्थितिमा छ । हिन्दुहरूको खस्कँदो अवस्था भए पनि उदारवादी हिन्दुहरूको वृद्धिले बलियो भन्नुपर्छ । कट्टर र परम्परागत र यथास्थितिको समाज धेरै टिक्दैन । त्यसैले हिन्दुहरू हजारौँ समुदायमा विभाजित छन् । हुनतः सबै धर्म सम्प्रदाय निर्माण भएका छन् । बुद्ध धर्ममा पनि महायान, हीनायान, बज्रयान र धीरवादी लामा आदि सैकडौँ सम्प्रदाय छन् । बुद्ध धर्ममा जातिवाद भए पनि मुख्य अहिंसा परहित मूल भने समान छ ।

आज सेवाश्रममा मेरो पुराना साथी दुर्गाबहादुर कार्कीका चार जना छोरी आएका थिए । यिनीहरूका आमा खड्गकुमारीको १३ औँ दिनमा फलफूल लिएर सेवाश्रम आएका हुन् । पुराना साथी सम्झेर भावुक भएँ । वि.सं.२०१८ सालमा सिन्धुलीमाडीमा हतियारसहित म गिरफ्तार हुँदा कार्की पनि सँगै थिए । उनी पनि पक्राउ परेर ३ वर्षपछि छुटेका थिए । अर्का कार्की गणेशबहादुर पनि थिए । यस्ता यस्ता प्रजातन्त्रका सेनानीहरूलाई आज कसले सम्झने र ?

वि.सं.२०७४ जेठ २ गते
नेपाली काङ्ग्रेसले निकटतम प्रतिद्वन्द्वीको रूपमा एमालेलाई पच्छाइ राखेको छ । मत गन्न थालेको तीन दिन भए पनि एकदमै कछुवाको तालमा भइरहेको छ । परिणाम चाँडो ल्याउन र गणना गर्न सजिलो हुने गरी व्यवस्था गर्नुपर्ने थियो । यो निर्वाचन आयोगको त्रुटि हो । मतदातालाई मत खसाल्न शिक्षित गराउने काम सरकारले पनि गर्नुपथ्र्यो । मतदाताहरूलाई प्रशिक्षण दलहरूले पनि गर्नुपथ्र्यो । कुनै पनि दलले गरेनन् । काङ्ग्रेसलाई उक्लिन मुुस्किल भएको कारणचाहिँ काङग्रेस नेतृत्वकै अक्षम्य गल्ती हो । ऐतिहासिक गल्ती र कलङ्कै हो । पुरानो स्पिरिट भएका काङ्ग्रेसीहरू सकिए । केही भएका पनि असक्त छन् । दोस्रो पिँढीकाहरू अति नै अल्छी र सुविधाभोगी तथा चरित्रविहीन भए । तेस्रो पिँढीले नेतृत्व नलिएसम्म काङ्ग्रेस अब माथि उठ्दैन र पहिलो पाटी बन्ला भन्ने आशा पनि गर्न सकिँदैन ।

वि.सं. २०७४ जेठ १२ गते
पत्रपत्रिकामा दुई घण्टा बिताएपछि चियापान भयो । भवानीसँग केही छलफल, ने.का. जिल्ला सभापतिसँग फोनवार्ता, केन्द्रमा रामचन्द्र पौडेलसँग पनि फोनवार्ता, पार्टीमा आएको विचलनप्रति मेरो गुनासो । हिजो मिना पाण्डेजी भेट्न आउँदा पनि यस्तै यस्तै कुरा भएका थिए ।
नेपाली काङ्ग्रेस सर्लाहीका एक नम्बर क्षेत्रका क्षेत्रीय सभापति प्रमोद बराल र विष्णु घिमिरे, विश्वामित्र रिजाल आदि भेट गर्न आए । निक्कै बेर कुराहरू भए । विशेष गरी लालबन्दी नगरपालिकाका लागि बन्न थालेका उम्मेदवारहरूको सम्बन्धमा गहिरा विश्लेषणहरू भए । मैले आफूलाई पक्ष विपक्षमा न देखाउने र टिकट कन्फर्म भएपछि दिलो ज्यानले काङ्ग्रेस जिताउन प्रचारमा लाग्ने पनि अठोट गरेँ ।

हरियो शक्ति सामथ्र्य, विचार बल बुद्धि माटो भो
गरायो दैवले अर्कै– शरीर सञ्जाल लाटो भो
हराए सङ्गी औँ साथी बिताए रक्तका नाता
रुझायो भारी वर्षाले, उडायो हातको छाता
न देख्छु टेक्न कवै ठाउँ, न समात्ने सहारा छ
छ खाली देहको जीर्ण, पिठ्यूँमा बोझ भारी छ ।
सकँे न कीर्ति क्यै राख्न, नभो क्यै धर्म औ कर्म
न सम्झँे जन्म मृत्यु नै, बुझेन ईशले मर्म ।

वि.सं. २०७४ जेठ १५ गते
आज दशौँ गणतन्त्र दिवस, रैती प्रजाबाट सार्वभौम नागरिक भएको दिन । यसलाई ठुलो चाड र पर्वको रूपमा मनाउनुपर्ने थियो । प्रत्येक क्षेत्रहरू, प्रदेशहरू र राजधानीसमेतमा विभिन्न झाँकीहरूसहित ¥याली निकाल्नुपर्ने, निक्कै हर्षोल्लास हुनुपर्ने तर त्यस्तो माहोल देखिन्न । गणतन्त्र ल्याउन योगदान दियौँ भन्ने पार्टी त्यसका नेतृत्वहरूसमेत उत्साहित देखिएका छैनन् । के सात सालमा दिल्लीबाट प्रजातन्त्रको पुलिन्दा काठमाडौँ ल्याएको जस्तै ‘गणतन्त्र’ पनि कसैले दिएको मूल्यरहित उपहार मात्रै हो त ? के हजारौँ वीर सहिदहरूले अपराधीले पाउने सजाय मात्र पाएका हुन् त ? अनि हजारौँ हजार जनताको सहादत, जेल, नेल, सिक्री, हतकडी, सर्वस्वहरू सबै पनि अपराध सरह नै हुन् त ? ती अनजान र बहकाउ मात्र थिए त ? अहिलेका नेकाका नेतृत्वमा बस्नेहरू, आफूलाई क्रान्तिकारी, परिवर्तनकारी र त्यागी तपस्वी भन्नेहरू सबै के हुन् ? ब्रह्मलुट गर्ने लुटेरा मात्र हुन् सबै दलहरू ? मन एक तमासको हुन्छ र छक्क लाग्छ यो देखेर । सायद म पागल भएछु क्यार ।

वि.सं.२०७४ असार ६ गते
दिउँसो ११ बजेतिर काठमाडौंबाट डा. तुलसी भट्टराई आइपुग्नुभयो । मलाई अत्यन्त खुसी लाग्यो । ४ दिन अघि फोन गरेर भन्नुभएको थियो, “बासु दाइ ! तपाईँसँग भेट गर्न आउँदै छु ।” उहाँ मेरो अत्यन्त मन परेको साथी हुनुहुन्छ । उहाँसँग मेरो पहिलो भेट वि.सं.२०२६ सालमा वाराणसीमा भएको थियो । उहाँ त्यस वेला बनारसमा पंजावी कलेजका प्रिन्सिपल हुनुहुन्थ्यो । भाषा विज्ञानमा विद्यावारिधी गरेका भट्टराई वी.पी. कोइरालाको अन्तरङ्ग, विश्वासी र सहयोगी पनि हुनुहुन्थ्यो । उहाँ पनि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सदस्य सचिव पनि हुनुभयो । साहित्यमा राम्रो योगदान छ र निक्कै पुस्तक, पुस्तिका प्रकाशित पनि छन् । उहाँ अत्यन्त सरल, व्यावहारिक र मिलनसार पनि हुनुहुन्छ । मेरो अध्यक्षतामा सुशील कोइरालाले बनाइदिनुभएको ज्येष्ठ नागरिक राजनीतिक सभाको महामन्त्री पनि हुनुहुन्थ्यो ।

आज भेट हुँदा ममा एक किसिमको ऊर्जा जाग्यो । शक्तिवान भएको अनुभूति भयो । उहाँको र मेरो एउटै अठोट छ “सात सालदेखि २०६३ सालसम्मको प्रजातन्त्रको लडाइँमा विशिष्ट योगदान पु¥याउने सेनानी र उनका परिवारले झेल्नुपरेका झमेला, पीडा समेटिएका पुस्तकहरू निकाल्ने र यसका लागि पूरै नेपाल भ्रमण गरी स्थलगत अध्ययनसहित त्यस्ता व्यक्तिहरूको जीवनी उतार्ने । हामीले सुशील कोइरालाको अध्यक्षतामा त्यो निर्णय गरेका थियौँ । सुशीलजी पनि बित्नुभयो । म बिरामी भएँ । भट्टराईजी पनि मोटर दुर्घटनामा परी धेरै दिन थलिनुभयो । अहिले हाम्रो काम निष्क्रिय छ ।

एक सामाजिक कार्यकर्ता

समाजमा बसेर समाजकै लागि समाजका समस्याहरू समाधान गर्न लागि पर्ने व्यक्ति सामाजिक कार्यकर्ता हो । सामाजिक कार्यकर्ताले समाजका समस्याहरू समाधान गर्ने सिलसिलामा विभिन्न सामाजिक कार्य गर्नुपर्दछ । उसले समाजका समस्या समाधान गर्न उत्तरदायित्व बहन गर्दछ । सामाजिक कार्यमा सामाजिक कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुन्छ । सामाजिक कार्य व्यक्तिगत कार्यभन्दा पृथक हुन्छ । सामाजिक कार्यमा सामाजिक कार्यकर्ताले आफ्नो घर परिवारबाट बाहिर अन्य घर परिवारका पारिवारिक समस्यादेखि समुदाय हुँदै पूरै राष्ट्रलाई पनि सहयोग गर्न सक्दछ । जसले समाजका हरेक परम्परागत मूल्य, मान्यता, व्यवहार तथा क्रियाकलापहरूलाई समयसापेक्ष बनाउँदै लैजाने, समुदायका सदस्यहरूको बुझाइ, मान्यताहरूलाई रूपान्तरण गर्दै लैजाने समाजका अन्याय, अत्याचार सहेर बस्न बाध्य भएका नागरिकहरूमा जागरण पैदा गर्न सामाजिक कार्यकर्ताको अहम् भूमिका हुनुपर्दछ । जसको सकारात्मक विचार र दर्शनले समाजलाई प्रभाव पारिरहेको हुन्छ । समाजलाई निर्देशित गर्ने दर्शन र सिद्धान्त जन्माउन पनि सामाजिक विचारधाराले सहयोग गर्ने भएकाले सामाजिक कार्यकर्ताले समाज सुधार गर्नलाई दर्शन, विचार, सिद्धान्त प्रतिपादन गर्न सक्ने छ ।
सामाजिक कार्यकर्ताले गर्ने समाजसेवा आत्मसन्तोषी हुन्छ । सामाजिक कार्यमा असहाय, दीनदुःखी व्यक्ति, पिछडिएको समुदायमा सेवाको भावना राखी उनीहरूको आत्मसम्मानको कदर, सम्मान हुने गरी गरिने कार्य हो । यो सेवाभाव र शुद्ध मनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिने कार्य हो । समाजेवा व्यक्ति, समूह, समुदायको सहायता लिएर गर्नुपर्ने भएकाले यसलई सभ्य, शिष्ट र अनुशासित बनाउन सम्बन्धित व्यक्ति, समूह र समाजको आर्थिक, सामाजिक, मनोवैज्ञानिक पक्षको अध्ययन गर्नु आवश्यक हुन्छ ।
सामाजिक कार्यकर्ताले गर्ने सामाजिक कार्यमा आफ्नै छुट्टै मौलिक उद्देश्य हुनुपर्दछ । जस्तै मानवीय आवश्यकताको पूर्ति, सौहाद्र्धपूर्ण र सुमधुर सामाजिक सम्बन्ध, व्यक्तिहरूमा सामाजिक चेतना जागृत गराउने, समाजमा शान्ति सुव्यवस्थालाई प्रोत्साहन गर्ने, स्वस्थ जनमत तयार पार्ने, सामाजिक उन्नति एवम् विकासको अवसर उपलब्ध गराउने आधार तयार पार्ने, मनोसामाजिक समस्याको समाधान गर्ने, व्यक्तिमा प्रजातान्त्रिक मूल्यको विकास गर्ने जस्ता उद्देश्य पूरा गर्ने गरी सामाजिक कार्यकर्ताले कार्य गर्नु पर्दछ ।
सामाजिक कार्यकर्तासँग सामाजिक परिस्थिति र भावना बुझ्ने सामथ्र्य हुनुपर्दछ । समाजमा व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्न सक्ने कला प्रयोग गर्दै सामाजिक समस्या समाधानका लागि कार्यक्रमहरू विकास गर्ने क्षमता पनि उनीहरूसँग हुनु जरुरी हुन्छ । सामाजिक कार्यकर्ताहरू समय र परिस्थितिअनुरूप शिक्षक, अधिवक्ता, मध्यस्तकर्ता, पहलकर्ता, वार्ताकारको रूपमा भूमिका निर्वाह गर्न सक्नुपर्दछ । उनीहरूमा सहयोगी भावना, मायालु बोली, सामाजिक विविधतालाई एकतामा जोड्ने खुबी हुनु जरुरी हुन्छ । समाजमा हुन सक्ने असामाजिक गतिविधिहरूको सूक्ष्म निगरानी गरी त्यस्ता असामाजिक कार्य रोक्न पहलकर्ताको भूमिकासमेत निर्वाह गर्नुपर्दछ ।
यस्तै समाजमा चेतना छर्ने, सामाजिक कार्यको लागि आफ्नो सारा जीवन खर्च गरेका सामाजिक कार्यकर्ता हाल सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं. २ जुटपानी निवासी बासुदेवशरण कोइराला एक हुन् । उनी सादा जीवन उच्च विचार राख्ने एक वरिष्ठ सामाजिक कार्यकर्ता हुन् । समाजमा जागरण ल्याउने र सामाजिक कार्य गरेर समाजमा परिवर्तनको बिउ रोप्ने काम गरेर उनले आफ्नो जीवनको नौ दशक पार गरिसकेका छन् । उनमा लोभ लालच भन्ने चिज पाइँदैन । उनी ठुला साना सबैमा समभाव राख्ने गर्दछन् । आफ्नो कारण अरुलाई बाधा नहोस् भन्ने सोचाइका धनी कोइरालाले जीवनमा अनेकौँ उतारचढाव भोगे । जेल नेल सहे, उनी विना स्वार्थ समाज सेवामा लागेका थिए । समाजसेवा गरेवापत् पद प्रतिष्ठा, मानसम्मान पाइन्छ भनेर उनी समाज सेवामा लागेका थिएनन् ।
बासुदेवशरण कोइराला सानैमा बनारस बसेर पढेर आए । काभ्रे जिल्ला र आसपासमा पुराण कथा भन्ने चल्ता फिर्ताका पण्डित थिए । समाजमा पण्डित्याइँमार्फत् जागरण जगाउँदै सामाजिक काम गरेर राजनीतिमा लागेका उनी खोपासीबजार हुँदै पनौती, बनेपा, धुलिखेल, काभ्रेपलाञ्चोक इलाका, त्यसैगरी सिन्धुपाल्चोक हुँदै भक्तपुर, काठमाडौँसम्म पनि चर्चित भएका थिए । उनलाई विवाह, व्रतबन्ध, सप्ताह साथै सभा समारोहमा निमन्त्रणाको चाङै लाग्थ्यो । कुनै बैठक, गोष्ठी, अन्तरक्रिया, स्कुल, पुस्तकालयहरूमा उनलाई बोलाउन सम्बन्धितले छुटाउदैनथे । कार्यक्रमहरूमा उनलाई मञ्चै अगाडि लगेर राख्थे । प्रायः बैठक सभाहरूमा निर्णयपुस्तिकामा निर्णय लेख्न उनलाई नै लगाउँथे किनकि त्यस भेगका बासिन्दाहरूको नजरमा उनी बनारस पढेर आएका जान्ने पण्डित थिए ।
सामाजिक विकास र उन्नत समाज निर्माणका खातिर हरेक राजनीतिक प्राणीले सामाजिक कार्य गर्नुपर्छ भन्ने पाठ उनले सामाजिक कार्यहरूमार्फत सिकाएका छन् । जीवनको सुरुआती चरणदेखि जीवनको उत्तरार्धसम्म उनले विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध भएर सामाजिक कार्य गरेर समाजलाई अमूल्य गुण लगाएको पाइन्छ । वि.सं. २००८ सालमै खोपासीमा शिक्षाको बिउ रोप्ने कार्यमा उनको अग्रणी भूमिका पाइन्छ । वि.सं. २००८ सालमा विद्यालयलाई आफ्नो जग्गादान गरी श्रीराम मा.वि. खोपासीका संस्थापक सदस्य बनेर त्यस क्षेत्रमा दर्जनौँ विद्यालयहरू खोलेर त्यस क्षेत्रको शिक्षामा ठुलो गुण लगाएका छन् । उनको सक्रियता र पहलमा खुलेका काभ्रे क्षेत्रका विद्यालयहरूमा कालिका विद्यालय, पाटीखर्क, आत्मा विकास विद्यालय, च्याल्टी, पार्वती विद्यालय, ढुङखर्क, कमला विद्यालय, पाँचखाल, शारदा विद्यालय पिपलटार, इन्द्रेश्वर विद्यालय पनौतीबजार, कुशेश्वर विद्यालय विहावर, नवलपुर विद्यालय, महाभारत, मल्पी विद्यालय हुन् । त्यसैगरी च्यामराङबेँसी, महादेवटार, बलथली, भूगदेउ, नारायणटार, मन्डन, फलामेटार आदि ठाउँमा विभिन्न स्थानीय व्यक्तिहरूका साथ सहयोग लिएर विद्यालयहरू स्थापना गरेका थिए । पछि काठमाडौँको लाजिम्पाटमा प्रेमदयाल प्रधानसँग सहकार्य गरेर नवजीवन विद्यालय र सर्लाहीको जुटपानीमा पनि नवजीवन विद्याश्रम विद्यालय स्थापना र सञ्चालनमा महत्त्वपूर्ण योगदान दिएको पाइन्छ ।
यसरी विद्यालय, पुस्तकालय, वाचनालय स्थापनामा सक्रिय रूपमा संलग्न भई समाजका हरेक नागरिकले पढ्ने अवसर पाउनुपर्ने सन्देश दिँदै अध्ययन गर्ने वातावरण तयार गर्न लागि परेको पाइन्छ । यसै क्रमको सक्रियतामा खोपासी काभ्रेमा रसायन पुस्तकालय खुल्यो । त्यस पुस्तकालयका उनी संस्थापक सदस्य भए । पुस्तकालयहरू खोल्दै जाँदा उनले पुस्तकालय सङ्घ काभ्रेको अध्यक्ष भई कार्य गरेका थिए भने अखिल नेपाल पुस्तकालय सङ्घको केन्द्रीय सदस्य भएर कार्य गर्दै समाजमा चेतना फैलाउने भूमिका खेलेका थिए ।
लोकगीतमार्फत् पनि समाजमा चेतना छर्न सकिन्छ भनेर लोकगीत सङ्ग्राहालय स्थापना गरी त्यस सङ्ग्रहालयको अध्यक्ष भई त्यस भेगका लोकगीत तथा लोकसंस्कृतिको संरक्षण प्रवर्धन गर्ने कार्यमा सरिक भई लोकगीत सङ्ग्रह गरे ।
परोपकार संस्थाको प्रधान सेवक र सदस्य, केन्द्रीय सञ्चालक सदस्य, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य भई अरुको उपचार, अरुको सेवा, अरुको भलाइ हुने कार्यमा आफ्ना अमूल्य समयहरू खर्चेको पाइन्छ । परोपकार संस्थामार्फत सेवा पु¥याउन सर्लाहीका एघार स्थानमा परोपकारका शाखाहरू स्थापना गरेका थिए । सर्वप्रथम सर्लाहीको जुटपानीमा वि.सं. २०३८ सालमा परोपकार दान विभागको स्थापना गरी सर्लाहीवासीलाई परोपकारमा लाग्न प्रेरणा प्रदान गर्ने व्यक्ति वासुदेवशरण कोइराला नै हुन् । वि.सं. २०३८ सालमा परोपकार दान विभागको शिलान्यास गर्न परोपकार संस्थाका स्ांस्थापक दयावीरसिंह कंसकारलाई आमन्त्रण गरेका थिए । सर्लाहीमा खुलेका परोपकार शाखाहरूमा उनी औषधी बोकेर आफैँ पुग्थे । यसरी सामाजिक कार्य गर्ने क्रममा उनी दर्जनौँ समाजिक सङ्घ संस्थासँग आबद्ध भएको पाइन्छ । जस्तै ः श्री सुुवर्ण शमशेर स्मृति प्रतिष्ठान काठमाडौँको आजीवन सदस्य, नेपाल किसान कल्याण समाजको राष्ट्रिय अध्यक्ष (आजीवन सदस्य), वी.पी. चिन्तन प्रतिष्ठानको संस्थापक केन्द्रीय सदस्य, सर्लाही शाखाको संरक्षक, नेपाल मुटुरोग निवारण प्रतिष्ठान सर्लाहीको आजीवन सदस्य, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी सर्लाहीको प्राज्ञिक सदस्य (संस्थापक), नवजीवन विद्याश्रम लाजिम्पाटको संस्थापक, नवजीवन विद्याश्रम मा.वि. जुटपानी सर्लाहीको संस्थापक सचिव तथा जग्गादाता ।
त्यस्तै श्री पद्म भुवनेश्वरी वृद्धसेवाश्रम जुटपानी सर्लाहीको संस्थापक अध्यक्ष एवम् संरक्षक तथा घर जग्गादाता । जीवनको उत्तराद्र्धमा वृद्धसेवाश्रम स्थापना गरेर समाजमा असहाय, वृद्ध, गरिब, बेवारिसे, व्यक्तिलाई आश्रम दिएर पालनपोषण गरिरहेको पाइन्छ । यसरी दर्जनौ राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरूमा संलग्न हुँदै उनले सामाजिक काम गरेको र सामाजिक काम गर्न प्रेरणा प्रदान गरेको पाइन्छ ।
प्रारम्भमा सामाजिक काम गर्दा गर्दै उनलाई विस्तारै राजनीतिले तान्यो । जब राजनीतिमा लागे तब अनेक जेल नेलको साथै देश छाडेर प्रवासमा बस्न उनी बाध्य भए । उनले वि.सं. २०१७ सालमा पहिलो चोटि तीन महिना प्रवासमा बिताए । वि.सं. २०१८ सालदेखि २०१९ सालमा आठ महिना र २०२६ साल पुषदेखि वि.सं. २०३३ साल कार्तिकसम्म भारतका सीतामढी, पटना, बनारस, मधुवनी, पूर्णिमा, नक्सलवादी, रक्सौल, खर्साङ्ग, गोरखपुर जस्ता स्थलमा कष्टपूर्ण तरिकाले आफ्नो परिवारबाट अलग रहेर बसे । वि.सं. २०२५ साल भाद्रदेखि माघसम्म काठमाडौँ भ्यालीमा नजरबन्दमा पनि रहे । देश र जनताको भलो सोच्दा उनले कयौँ वर्ष प्रवासमा जीवन व्यतित गर्न बाध्य भएका थिए ।
समाज सेवा गर्दा गर्दै बिस्तारै उनी राजनीतिमा पनि सक्रिय भए । राणाका पालादेखि प्रजातन्त्र पञ्चायतकाल, पुनः प्रजातन्त्रकाल र गणतन्त्रकालसम्म नेपाली काङ्ग्रेस पार्टीको एउटा अनुशासित कार्यकर्ताको रूपमा गाउँ, इलाका, जिल्ला र केन्द्रमै प्रतिनिधित्व गरेर विभिन्न कालखण्डमा काम गरे । वि.सं. २००८ सालमा पार्टीको सदस्यता लिएर वि.सं. २००९ सालमै जनकपुरमा भएको नेपाली काङ्ग्रेस पार्टी महाधिवेशनको महाधिवेशन प्रतिनिधि भएर जनकपुर गएका थिए । वि.सं. २०१० सालमा पूर्व १ नं. जिल्ला कार्य समतिको सहसङ्गठन मन्त्री वि.सं. २०१२ सालमा वीरगञ्ज महाधिवेशनको प्रतिनिधि । वि.सं. २०१३ जेठ १५ सम्म पूर्व एक नम्बर जिल्ला कार्य समितिको सङ्गठन मन्त्री भएर काम गरेका थिए । वि.सं. २०१६ सालमा काठमाडौँ अधिवशेनमा महाधिवेशन प्रतिनिधि, वि.सं. २०१७ सालदेखि वि.सं. २०२६ सालसम्म प्रतिबन्धित अवस्थामा लगातार जिल्ला कार्य समिति काभ्रेको उपसभापति भएर पार्टीको सेवा गरेका थिए ।
वि.सं. २०२६ सालदेखि वि.सं. २०३८ सालसम्म सर्लाही जिल्लामा जिल्ला कार्य समिति सर्लाहीको सदस्य, वि.सं. २०३८ देखि वि.सं. २०४५ सालसम्म जिल्ला कार्य समिति सर्लाहीको सभापति भएर जिल्लाको नेतृत्व सम्हालेका थिए । सर्लाहीमा सुस्त भएको पार्टीलाई ९९ गाउँपालिका पैदल हिँडेर कार्यकर्तामा सकारात्मक उर्जा भर्दै पार्टीलाई चुस्त बनाएर जिल्ला भरी उनले सङ्गठन विस्तार गरेका थिए ।
त्यस्तै नेपाल किसान सङ्घको केन्द्रीय उपसभापति, किसान सङ्घको केन्द्रीय सभापति, ज्येष्ठ राजनीतिक सभाको उपसभापतिसमेत भएर पार्टीलाई जीवन्तता प्रदान गर्न योगदान पु¥याएका थिए । यसरी सामाजिक र पार्टीका विभिन्न पदमा बसी सेवा गरे पनि लाभको पदमा भने उनी कहिल्यै गएनन् । नेपालभरिका पार्टीका साथीहरूसँग उनको राम्रो सम्बन्ध थियो । साथीभाइहरूका पत्रको जवाफ दिन उनलाई भ्याइनभ्याई हुन्थ्यो । घरमै पनि घेटघाटमा आउने नेता, कार्यकर्ताहरूको भिडभाड लाग्थ्यो ।
उनी सामाजिक काम र पार्टी भनेपछि हुरुक्कै हुन्थे । पार्टीको काम, पार्टीप्रतिको आफ्नो कर्तव्य दिलो ज्यान दिएर गर्थे । पार्टीको काम भनेपछि आफ्नो घर परिवार व्यवहारलाई मतलव गर्देनथे । पार्टीको काम, आफ्नो जिम्मेवारी र कर्तव्यप्रति सचेत र संवेदनशील भएकै कारण उनी आफ्नो एक्लो छोरा निरजको विवाहमा समेत उपस्थित हुन सकेनन् । यता चितवनमा पार्टी महासचिव बैठक थियो उता दार्जिलिङमा छोराको विवाह । छोराको विवाहमा जानुपर्ने उनी पार्टी महासमितिको बैठक छाडेर विहेमा गएनन् । उनले छोराको विवाहलाई भन्दा पार्टीको बैठकलाई मान्यता र प्राथमिकता दिएका थिए । यस्ता त्यागी निष्ठावान कार्यकर्ता कहाँँ पाउनु अहिले पार्टीले ।
आफूमा चेतना भएदेखि नै उनी अरुको लागि केही गरौँ भनेर हिँडे । पढ्ने, कमाउने, सम्पत्ति जोड्ने पदमा जाने, मान सम्मान लिने, देशदेशावर घुम्ने, प्रशस्त मौका, प्रलोभन, अवसर पाउँदा पनि कोइराला त्यसतिर लागेनन् । सधैँ जागरण, क्रान्ति, समाज सुधार भनेर चेतना जगाउने बाटोमा एक चित्त भएर लागि रहे । उनले रोजेको बाटोमा सधैँ अभाव, दुःखकष्ट, जेलनेल, प्रवास, रोग, भोक थियो तर पनि उनको ब्रह्मले त्यही ठीक देख्यो र त्यही बाटोमा अनवरत हिँडिरहे । त्यो अप्ठेरो मार्गमा हिँड्दा कयौँ पटक जेल नेल भोग्न बाध्य भए तर पनि जेल जीवनलाई सहज रूपमा स्वीकारी समाज र देशलाई जगाउने कार्य गरिरहे ।
जेल जीवनको कुरा गर्दा सर्वप्रथम उनी वि.सं. २०१४ सालमा भद्र अवज्ञा आन्दोलनमा सरिक हुँदा डिल्लीबजार काठमाडौँमा पाँच दिन प्रहरी हिरासतमा बसे । त्यसपछि उनको जेल जीवनले निरन्तरता पाउन थाल्यो । वि.सं. २०१७ सालमा महेन्द्रको शासनका कर्तुतहरू विरुद्ध जागरण ल्याउने क्रममा शान्ति सुरक्षा कानुनअन्तर्गत वि.सं. २०१७ साल चैत्रदेखि वि.सं. २०१८ साल मङ्सिरसम्म धुलिखेल र चौतारा जेलमा नौ महिना थुनिएर बसे । जेलबाट छुटेपछि पुनः उनलाई पक्राउ गर्ने वारेन्ट जारी भयो । महेन्द्रको तत्कालीन सरकारले उनको टाउकाकोे मोल रु ५०,००० तोकेको थियो ।
उनी पुनः सशस्त्र क्रान्तिमा लागे । काभ्रे र सिन्धुपाल्चोकको सिभिल इन्चार्ज भएर हतियारसहित क्रान्ति गर्न सिन्धुली आउँदा उनी वि.सं. २०१९ सालमा पक्राउ परे र वि.स.२०१९ साल श्रावण १३ गतेदेखि वि.सं. २०२५ साल श्रावण १४ गतेसम्म निरन्तर निसासिँदो तवरले ६ वर्ष अन्तर्राष्ट्रिय तत्त्वको मुद्दामा भद्रगोल जेलमा रहे । जेलमै रहँदा आफ्नी जन्म दिने आमाको मृत्यु भयो । तर उनले आफ्नी आमाको क्रिया बस्नसमेत पाएनन् ।
भद्रगोल जेलमा बस्दा पनि उनले शिक्षाको सेवा गरे । भद्रगोल जेलभित्र जनानी जेलमा बस्ने महिलाहरूलाई उनी पढाउँथे । जेलर मीनबहादुरले दिउँसो दुई घण्टा पढाउने व्यवस्था मिलाइदिएका थिए । ती महिलाहरूसँग बस्ने उनीहरूका छोराछोरीको दयनीय अवस्था देखेर बासुदेव कोइरालाले घरमा खबर गरी ती बच्चालाई आफ्नो घर र ससुराली लगेर पाल्ने र पढाउने व्यवस्था मिलाएका थिए । पछि उनले लाजिम्पाटमा स्कुल खोलेपछि ती बच्चाहरूलाई काठमाडौँ ल्याएका थिए । पटक पटक गरेर ११ जना बच्चा (कैदीका छोरा छोरी) काभे्र लगेर पढ्ने व्यवस्था उनले जेलमै बसेर मिलाएका थिए ।
वि.सं. २०२५ सालमा जेल मुक्त भएपछि उनी निर्वासनमा भारतमा बस्न थाले । वि.सं. २०३० सालमा सरोज कोइरालाको हत्यापछि सीमाभन्दा ५० कि.मि. दक्षिण बस्न भनेर सीमा नजिक राजनीतिक गतिविधि गर्न भारत सरकारले प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध अवज्ञा गरेको कारण बासुदेवशरण कोइरालालाई भारत सरकारले समातेर एक वर्ष मुज्जफरपुर जेलमा हाल्यो ।
त्यस्तै वी.पी.को मेलमिलाप नीतिअन्तर्गत स्वदेश फर्कने टोलीमा प्रथम पटक नेपाल आएका कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ गरी वि.सं. २०३३ साल कार्तिकदेखि वि.सं. २०३६ साल कार्तिकसम्म राजकाज मुद्दामा ३ वर्ष नख्खु जेलमा राखियो । उनी नख्खु जेलमा छँदै सी.पी. मैनालीहरू सुरुङ्ग खनेर जेलबाट भागेका थिए । उनी नख्खु जेल बस्दा कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल पनि नख्खु जेल परेका थिए । वि.सं. २०३६ सालमा जेल मुक्त भएपछि बहुदलको प्रचार प्रसारमा उनी सर्लाहीमा सक्रिय रहे । वि.सं. २०३८ सालमा सरकारले चुनाव गर्ने भयो । चुनाव वहिष्कारको क्रममा वि.सं. २०३८ सालमा उनी पक्राउ परी २ महिना मलंगवा जेलमा रहे । त्यस्तै वि.सं. २०४२ सालको सत्याग्रहमा सक्रिय रूपमा भाग लिएको आरोपमा २ महिना मलंगवा जेलमा उनी परे । वि.सं. २०४६ सालको जनआन्दोलनको क्रममा उनी पटक पटक पक्राउ परेका थिए । वि.सं. २०६२÷०६३ को जनआन्दोलनमा २९ पटकसम्म गिरफ्तारीमा परेर उनी थुनामा बसे ।
प्रवासमा रहँदा हातहतियार मुद्दामा राजनीतिक कारणले उनी सीतामढी डुमरा जेल, मुज्जफरपुर जेल, दार्जिलिङ्गका जेलहरूमा केही अवधि जेल परेका थिए । त्यस्तै पटक पटक मलंगवा, जलेश्वर, हनुमाननगर (सप्तरी) नेपालगञ्ज, धनगढी, हेटौँडाका जेलहरूको चिसो खोरहरूमा पनि थोरै थोरै समय कष्टपूर्ण तवरले बिताए । यसरी १४ वर्ष जति प्रजातन्त्र, लोकतन्त्रका लागि कष्टपूर्ण जेल जीवन बिताएका उनले कति दुःख, पीडा, अभाव सहे तर कुनै व्यक्ति, संस्था, सरकार र आफ्नो परिवारसँग समेत उनले हात थापेनन् ।
नौ दशक पार गरिसक्दा पनि उही अभाव ग्रस्त जीवन, सहानुभूति शून्य जीवन बाँच्न विवश कोइरालाको कसैप्रति गुनासो भने छैन । रिस पनि छैन । चिन्ता, दुखाइ छैन आफूले केही पाइनँ भनेर । सबैप्रति सन्तोष छ । सबैप्रति श्रद्धा र प्रेम छ । सबैप्रति समभाव छ । यो नौ दशक पार गर्दा उनले देश र समाजका लागि पर्याप्त गुण लगाएका छन् । उनले आफ्नो जवानी जागरण, प्रजातन्त्र, लोकतन्त्र प्राप्तिका खातिर समर्पण गरेर मात्र चित्त नबुझी मृत्युपर्यन्त पनि आफ्नो मृत शरीर कसैलाई काम लागोस् आफ्नो माटोमा मिल्ने शरीरबाट कसैले लाभ उठाओस् भनेर मृत्युपर्यन्त शरीर दान गरेका छन् । त्यस्तै तिलगंगा आँखा अस्पताललाई आँखा दान गरेका छन् । बाँचुन्जेल देशका लागि केही गरौँ र मरेपछि पनि खेर जाने शरीर कसैलाई काम लागोस् भनेर वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई शरीर दान गरेका छन् । जसबाट स्वास्थ्य विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूले उनको मृत शरीरबाट केही सिक्ने छन् । केही फाइदा लिने छन् । उनको मृत शरीरबाट अन्य जीवित व्यक्तिहरूमा पनि अति आवश्यक अङ्गहरू प्रत्यारोपण गर्ने सम्भावना पनि रहने छ । यसरी जीवन रहुन्जेल विभिन्न प्रकारका सेवा गर्दै मृत्युपर्यन्त पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुगोस् भनेर शरीर दान गर्ने कोइरालामा सेवाभाव प्रगाढ भएको पाइन्छ ।सेवालाई सर्वोपरि ठान्ने कोइरालाले विद्यालयहरू तथा पुस्तकालयहरू खोली आम नागरिकलाई शिक्षा लिने अवसर प्रदान गर्नुका साथै संस्कृतिको संरक्षण र सम्प्रवर्धन गर्न लोकगीत सङ्ग्रहमा पनि लागेका थिए । समाजमा हुने छुवाछुतलाई अन्त्य र न्यूनीकरण गर्न उनले सहभोजहरूको आयोजना पनि गरेको पाइन्छ । समाजमा स्वास्थ्य सेवा पु¥याउन परोपकार जस्ता संस्थाहरूको स्थापना गरी निःशुल्क उपचार र औषधी वितरणको व्यवस्था मिलाएका थिए । खोपासीमा रहँदा रुखबाट, भिरबाट लडेर अङ्गभङ्ग भएका व्यक्तिहरूलाई स्टेचरमा बोकेर काठमाडौँसम्म पु¥याउने र उपचार गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेलेका थिए । असिना पीडितहरूलाई राहत, किसानहरूलाई मल बिउको व्यवस्था गरेर किसानहरूको पनि सेवा गरेका थिए ।
सेवाअन्तर्गत विभिन्न सेवाहरू पर्दछन् । भगवान सेवा, मातापिताको सेवा, पतिपत्नीको सेवा, गौ सेवा, समाजसेवा एवम् राष्ट्रसेवा, प्रकृति सेवा, साहित्य सेवा, रोगी दीनदुःखीको सेवा आदि पर्दछन् । कोइरालाले यी सेवाहरूमध्ये समाजसेवा, राष्ट्रसेवा साहित्य सेवा, शिक्षा सेवा, स्वास्थ्य सेवा, दीनदुःखी असहायको सेवा आदि गरेको पाइन्छ । जेल जीवनमा पनि साहित्यको सेवा गर्दै दर्जनौँ कथा, कविता रचना गरेका थिए जुन रचनाहरू संरक्षणको अभाव र तत्कालीन व्यवस्थाका कारण जफत भएर विलिन भए भने जेलमै बस्दा पनि जेल परेका आमा र उनीहरूका बालबालिकाहरूलाई जेलरको अनुमतिमा शिक्षा दिने कार्य गरेका थिए । जीवनको उत्तरार्धमा आएर दीन दुःखी असहाय, अशक्तहरूको सेवा कार्यको व्यवस्थापनमा पनि उनी अहोरात्र जुटेका छन् ।
दीनदुःखीको सहायता र सेवाबाट कयौँ तीर्थयात्रा गरे बराबरको फल प्राप्त हुन्छ भनेर शास्त्रहरूले पनि बताएको पाइन्छ । महर्षि अगस्तले भनेका छन् — “जो व्यक्ति आफूलाई समुदायमा समर्पित गर्दछ, ऊ जहाँ बसे पनि कुरुक्षेत्र नौमिषारन्य तथा पुष्कर तीर्थ सरह हुन्छ ।”
निगृहीनेन्द्रियग्रामो यत्रैव च बसेन्नर ः
तत्र तस्य कुरुक्षेत्र, नौमिषं पुष्कराणि च ।।
(स्कन्द पुराण काशी, ३।४०)
तीर्थलाई परिभाषित गर्दै अगस्तले भनेका छन् कि सत्य, क्षमा, इन्द्रियनिग्रह सबै प्राणीप्रति दया, भाग, सरलता, दान, मनमा संयम, सन्तोष, ब्रह्मचर्य, धैर्य, आदि तीर्थ हुन् । अन्तष्करणको शुद्धि न सबैभन्दा ठुलो तीर्थ हो । यस्ता गुण भएका व्यक्तिको संसर्गमा जाने व्यक्तिले पनि मोक्ष प्राप्त गर्दछ भन्दै अगस्तले यसो भनेका छन् — यःस्नाति मानसे तीर्थ स यति परमां गतिम् । कोइराला अगस्तले भनेको बमोजिम तीर्थ हुन् । उनले सरलता, संयमता, सन्तोष, करुणा, सत्य, क्षमा, दीनदुःखीप्रतिको सेवाभाव जस्ता गुणका कारण उनको संसर्गमा जाँदा पनि आनन्द अनुभूति हुन्छ ।
गौतम बुद्धले पनि भनेका छन् “जसलाई मेरो सेवा गर्नु छ, उसले पीडितहरूको सेवा गरे त्यसैले होला कोइरालाले पीडितहरूको सेवा गरेको पाइन्छ । उनले सेवा बन्धुभावले भन्दा पनि आत्मभावले गरेको देखिन्छ । जुन सेवा सर्वोत्तम सेवा हो ।”
जो व्यक्ति दोस्रो व्यक्तिको कष्ट देख्दा स्वयम् आफूलाई पीडा भएको महसुस गर्छ, जो व्यक्ति बिना स्वार्थ अरुको भलाइलाई धर्म सम्झिन्छ त्यस्ता व्यक्ति अरुको भलाइको कार्य गर्दा आइलाग्ने लाञ्छना, निन्दा, उपहास सहन गर्न पनि पछि पर्दैन ।
ऋग्वेदको ऋचा (१।१४७।३) मा भनिएको छ — परोपकार गर्ने व्यक्तिले निन्दा, लाञ्छना, उपहास आदिको डर मान्नु हुँदैन । निश्चित भएर लोककल्याणमा लागिरहनुपर्दछ । कोइरालालाई पनि जीवनमा सानातिना लाञ्छना लाउने, उपहास र निन्दा गर्नेहरू पनि भेटिए । कसैले उनलाई भारतीय एजेन्ट भने, कसैले अरुको सम्पत्ति हिनामिना ग¥यो भने तर उनी त्यस्तो लाञ्छना र निन्दालाई सहन गर्दै सेवा कार्यमा दिनरात अविचलित रूपमा लागिरहेको पाइन्छ ।
मानव समाज एक अर्काको सहायतामा निर्भर रहने भएकाले जीवन जिउन र जीवनको अन्त्य अवस्थामा पनि मानिसलाई परस्पर सहयोगको आवश्यकता पर्दछ । सहयोग आदान प्रदान बिना जीवन चल्न असंभव जस्तै हुन्छ । तसर्थ, कसैको भलाइका लागि केही मूल्य र बदला नलिई सेवा गर्न सकियो भने त्यो अरुको उपकारमा गरिएको सेवा उच्च परोपकार हुने गर्दछ । मानिसले गर्ने समाज सेवा भनेको आफ्ना लागि बचत हो ।
जोसँग जिउनका लागि साधनको अभाव छ, जो शक्तिहीन छ, जो निर्बल छ, जसको हेरविचार गर्ने कोही छैन त्यस्तालाई सेवा सहयोग गर्ने व्यक्तिको जीवन धन्य हुने गर्दछ । व्यक्तिले आफूसँग रहेको सम्पत्ति भोगविलास गर्दै रमाउनुको सट्टा त्यो धन सम्पत्ति दीनदुःखीको सेवा र रक्षामा खर्च गर्न सक्नुपर्दछ । हामीले निराशालाई आशाको सञ्चार गराउन सक्नुपर्दछ । बाटो भुलेकालाई मार्ग दर्शन गराउन सक्नुपर्दछ । रोएकाको आँसु पुछ्न सक्नुपर्दछ । डुब्न लागेको व्यक्तिलाई उतार्न सक्नुपर्दछ । जसको कोही सहारा छैन उसको सहारा बन्न सक्नुपर्दछ । जीवनको सार वा सुखको रहस्य के हो भने अरुको कष्टमा सहायता गर्नु र उसलाई प्रसन्नता गराउनु नै हो भनेर शास्त्रहरूले बताएका छन् । बासुदेवशरण कोइराला यही विचारको मार्गमा हिँडेको पाइन्छ ।
पूर्वीय दर्शन र विभिन्न शास्त्रले बताएका यावत कुराहरूलाई मनन गर्दै बासुदेवशरण कोइरालाले मानवताको ज्वलन्त उदाहरण दिँदै कयौँ अनाथ, असहाय, दुःखी, गरिब, टुहुरा र सुस्त मनस्थितिका कयौँ महिला तथा पुरुषहरूलाई वृद्धसेवाश्रम खोली आश्रय दिने काम गरेका छन् । सेवाश्रममा खाने, लाउने र बस्ने प्रबन्ध मिलाएर उनले मानवसेवा गरेका छन् । उनले रोगीलाई औषधी र उपचार, माया नपाएकालाई स्नेह प्रदान गर्ने काम गरेका छन् भने मृत्युवरण गर्नेहरूको हकमा उनीहरूको संस्कृतिअनुरूपको अन्त्येष्टी कर्म पनि उनको वृद्ध सेवाश्रमले गराएको पाइन्छ ।
वास्तवमा सेवा मुक्तिको साक्षात् साधन हो । जसले आफ्नो लागि केही गर्न चाहँदैन उसले मात्र सेवा गर्न सक्दछ । सेवा गर्ने सामथ्र्य त्यस साधकलाई हुन्छ जो दुःखीलाई देखेर दुःखी हुन्छ र सुखीलाई देखेर प्रसन्न हुन्छ । महान् सन्त स्वामी श्री शरणानन्दजी महाराज भन्छन्, “सेवा गर्न धन, योग्यता र बल नभए पनि कसैेको सम्बन्धमा खराब नचिताउनू, कसैलाई नराम्रो नसोच्नू, कसैलाई खराब नसम्झनू पनि ठुलो सेवा हो । ममता, नम्रता र समता भयो भने मात्र त्यो सेवा हुन्छ ।”
यस्ता गुणहरू बासुदेवशरण कोइरालामा भएकाले उनी असल सेवक हुन् । निःस्वार्थ भावले उनले गरेको समाजसेवा, शिक्षा सेवा र मानव सेवा निकै उल्लेखनीय छ । सेवाकर्ममा निरन्तर लागि परेका कारण उनका कार्यहरूको उच्च मूल्याङ्कन समाज, सामाजिक संस्थाहरू र सरकारी निकायहरूले पनि गरिरहेका छन् । कोइराला र उनले स्थापना गरी संरक्षकत्व प्रदान गरिरहेको संस्थाले समय समयमा सम्मान र पुरस्कार पनि प्राप्त गरेको पाइन्छ । कर्म गर फलको आशा नगर भनेझैँ उनले निरन्तर मानवसेवाका कार्यमा फलको आशा नगरी पु¥याएको योगदानको कदर गर्दै विभिन्न संस्थाहरूले उनलाई धेरै पटक सम्मान र ठुलो राशिको नगद पुरस्कारले समेत पुरस्कृत गरेको पाइन्छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषद्, परोपकार संस्था, सुवर्ण स्मृति परिषद्, कोइराला सेवा समाज, श्रीमती कोइराला गुठी, रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोष, काभ्रे सेवा समाज, मुदगल स्मृति प्रतिष्ठान, आदि आदि संस्थाहरूले कोइरालालाई सम्मान र अभिनन्दन गर्दै ठुलो राशिको पुरस्कारले समेत पुरस्कृत गरेको पाइन्छ ।
सम्मान मागेर पाइँदैन, कमाउनुपर्दछ नबोले पनि व्यक्तिले निरन्तर गरेको समाजसेवाले जनताले उसलाई चिन्दछन् । उठ्नका लागि झुक्न जान्नुपर्दछ । आफू झुकेर अरुलाई झुकाउन सकिन्छ । साँचो समाज सेवा सदैव स्तूत्य हुन्छ र समाजसेवीहरू सधँै वन्दनीय हुन्छन् । समाजसेवा र समाजसेवी सगरमाथाभन्दा पनि उच्च स्थानमा रहन्छन् । मानव हित नै सबै धर्मको सार हो । तन, मन र धनले निष्काम समाज सेवामा लागेका निस्वार्थी व्यक्तिहरू माधवराज जोशी, तुलसी मेहरआवाज, बह्मचारी षडानन्द अधिकारी, कृष्णप्रसाद कोइराला, योगमाया, दयावीर सिंह कंसाकार, बासुदेवशरण कोइरालाहरू राष्ट्रका विभूति हुन् ।

कोइरालाको उत्तराद्र्धको दैनिकी
बासुदेवशरण कोइरालाका जीवनमा फरक फरक मोडहरू आए र उनले समयसापेक्ष आफूलाई रूपान्तरण गर्दै भिन्न काल खण्डमा भिन्न तरिकाले जीवनलाई अगाडि बढाएको पाइन्छ । जीवनको उत्तराद्र्ध अर्थात् नौ दशकको उमेर पार गरिसकेको समयमा पनि उनी ब्रह्ममुहूर्तमा उठ्ने र विभिन्न आसन रहेर कपाल भाती, अनुलोम विलोम जस्ता प्राणायामहरू गरेर ६ बजाउने गर्दछन् । बिहान ६ बजेदेखि स्नान र पूजापाठ जस्ता नित्यकर्म गरेर बिहान सात बजाउँछन् । सात बजे नास्ता पानी लिँदै रेसिगयो सुनेर उनी आठ बजाउँछन् । रेडियो सुनेर त्यसपछि बहलिने उनको बानी छ । नौदेखि दश बजेभित्र सेवाश्रममा बस्ने सबै आश्रमिकहरूको साथमा बसेर उनी खाना खाने गर्दछन् ।
खाना खाएपछि पहिले पहिले बाहिर जाने काम हुँदा उनी बाहिर जाने गर्थे तर नब्बे वर्ष कटेपछि भने बाहिर हिँड्न शरीरले साथ दिन छाडेकाले पुस्तकहरू पढ्ने, भेटघाटमा आएका मासिनहरू भेट्ने, उनीहरूसँग कुराकानी गर्ने गरेर मध्याह्नको समय बिताउँछन् । दिउँसो एक दुई बजेतिर चिया नास्ता लिएपछि श्रीमद्भागवत वाचन गरेर आश्रमका वृद्धवृद्धाहरूलाई उनी सुनाउने काम गर्दछन् । बाँकी रहेको समय पत्रपत्रिका हेर्ने र पुस्तकहरू पढेर दिन बिताउने काम गर्दछन् ।
आश्रममा पाँच बजेदेखि नै खाना खाने र खुवाउने कार्य सुरु हुने भएकाले पाँच बजेतिर उनी साँझको खाना खाई आराम गर्दै रेडियो सुन्ने गर्दछन् । पौने नौै बजे बिबिसी समाचार सुनेर सुत्ने उनको बानी छ ।
उनी पहिले पहिले माछा मासु खाने गर्थे । खोपासीमा उनका नेवार साथीहरू थिए । माछा, मासु र अण्डा खान ती नेवार साथीहरूले उनलाई सिकाएका थिए । बिस्तारै उनीहरूले बासुदेवशरणलाई रक्सी पिउन पनि सिकाए । १८÷२० वर्षको उमेर भएपछि मात्र उनले माछामासु खाएका थिए । जीवनको केही समय माछामासु खाए पनि उनले आजभन्दा करिब ३५÷४० वर्ष अगाडि नै माछामासु परित्याग गरिसकेका थिए । हाल उनी पूर्णतः शाकाहारी खाना सेवन गर्दछन् । उनी छुवाछुत मान्दैनन् ।
उनलाई ४०/४५ वर्षको हुँदा ६०÷६५ वर्षभन्दा बढी बाँच्नु हुँदैन भन्ने जस्तो लाग्थ्यो तर ६०÷७० वर्ष पुगेपछि भने अरु समय बाँच्नुपर्छ, संसार हेर्नुपर्छ भन्ने लाग्न थालेको छ । उनी हाल ९१ वर्षका भए ।
उनी हाल प्रोस्टेड र प्रेसरको औषधी सेवन गर्दछन् । अमृताबल्ली (गुर्जोको रसको काँडा) बिहान खाली पेटमा लिन्छन्, चिया हर्लिस खाने उनको बानी छैन । शाकाहारी भोजन मानव जीवनको उत्तम भोजन हो भन्ने कुरामा उनी विश्वास गर्दछन् । म सादा जीवन र उच्च विचार भएका कोइरालाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु ।
सोधमा आधारित यो जीवनी हामीलाई उपलब्ध गराएर प्रकाशनको अवसर प्रदान गर्नुभएकोमा बासुदेशरण कोईरालाको नौ दशक ९जीवनी०का शोधकर्ता लेख,सामाजिक अध्यता,अन्वेषक, सर्जक श्री देवराज पौडेल प्रति हामी आभारी छौं । पुस्तककै प्रकाश भइसकेको यश जीवनी एउटै पटक प्रकाशनमा ल्याउदा पाठकलाई पढ्न पट्यार नलागोस भन्ने हेतुले हामीले यश सामग्रीलाई खण्ड ( खण्ड गरेर चियोचर्चो खबर डटकम मार्फत प्रकाश गरेका हौ । तपाईंले पढ्दै गर्दा कुनै भागहरू छुटेको भए यश अघि प्रकाशन भएका प्रथम भागबाटै पढ्न सकुनुहुने छ । अन्तमा चियोचर्चो खबरलाई माया गर्नुहुने तपाई सम्पूर्णमा आभार व्यक्त गर्दै तपाईंसंग पनि यस्ता सामग्री छन् भने हामीलाई उपलब्ध गराएर देशका सवै क्षेत्र र विदेशमा रहेका नेपाली माझ पुर्‍याउने हाम्रो प्रयासमा साथ दिन आग्रह गर्दछौं । हामीले प्रकाश गरेका सामग्रीहरू चासो दिएर पढिदिनुभएकोमा धन्यवाद ।